bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 19
Leviticus 19
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 20 →
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“सबै इस्राएली समुदायलाई भन्: तिमीहरू पवित्र होओ, किनभने म, परमप्रभु तिमीहरूका परमेश्वर, पवित्र छु।
3
“‘तिमीहरू हरेकले आफ्ना आमा-बुबाको सम्मान गर्नू, र मेरो शबाथ पालन गर्नू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
4
“‘मूर्तिहरू पुज्नतिर तिमीहरू नलाग, अनि तिमीहरूले ढलौटे देवताहरू पनि नबनाओ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
5
“‘तिमीहरूले मेलबलि चढ़ाउँदा आफू ग्रहणयोग्य हुने गरी चढ़ाओ।
6
तिमीहरूले चढ़ाएकै दिन वा भोलिपल्टसम्म त्यो खाइओस्। तर पर्सिपल्ट केही उब्र्यो भने त्यो आगोमा जलाइओस्।
7
पर्सिपल्टसम्म त त्यो खाइएको भए त्यो अशुद्ध हुन्छ। त्यो ग्रहणयोग्य हुनेछैन।
8
त्यो खाने हरेक आफ्नो अधर्मको लागि आफै जिम्मेवार हुनेछ, किनभने त्यसले परमप्रभुको पवित्र कुरो अपवित्र पार्यो। अनि त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्।
9
“‘जब तिमीहरू आफ्नो बाली काट्छौ, तब तिमीहरूले खेतको छेउसम्मै नकाट्नू। कटनीको शिला-बाला नबटुल्नू।
10
तिमीहरूले आफ्नो दाखबारीका फल निखारीकन नटिप्नू, अनि दाखबारीमा झरेका फलहरू नबटुल्नू। तीचाहिँ गरीब र परदेशीहरूका निम्ति छोड़िदेओ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
11
“‘तिमीहरूले चोरी नगर्नू। “‘छल नगर्नू।” “‘एक-अर्कासित झूट नबोल्नू।
12
“‘तिमीहरूले मेरो नाउँमा झूटा शपथ नखानू। त्यसो गर्नाले तिमीहरूले आफ्ना परमेश्वरको नाउँ अपवित्र पार्नेछौ। म परमप्रभु हुँ।
13
“‘तिमीहरूले आफ्नो छिमेकीलाई थिचोमिचो नगर्नू, र त्यसलाई नलुट्नू। “‘ज्यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्।
14
“‘बहिरालाई नसराप। अन्धाको अगाड़ि ठोकर लाग्ने कुरो नराख, तर आफ्ना परमेश्वरको भय मान। म परमप्रभु हुँ।
15
“‘तिमीहरूले अन्याय नगर। ठूलो होस् वा सानो होस्, मान्छे हेरेर होइन, तर सबै मान्छेको उचित न्याय गर।
16
“‘मानिसहरूका बीचमा निन्दा नफैलाओ। “‘तिमीहरूले आफ्नो छिमेकीको जीवन जोखिममा नपार। म परमप्रभु हुँ।
17
“‘आफ्नो भाइबन्धुसित दुश्मनी नराख। आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काओ, नत्रता तँ पनि त्यसको अपराधमा साझेदारी होलास्।
18
“‘आफ्ना आफन्तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
19
“‘तिमीहरूले मेरा नियमहरू पालन गर। “‘दुई भिन्न-भिन्न जातका पशुहरूलाई मिसिन नदेओ। “‘आफ्नो खेतमा दुई किसिमका बीउहरू नछर। “‘तिमीहरूले दुई किसिमका धागो मिसिएको लुगा नलगाओ।
20
“‘मगनी भएकी तर छुटकारा नपाएकी तथा स्वतन्त्र नभएकी कमारीसित कसैले सहवास गर्यो भने, त्यसबारे जाँचपड़ताल गरिओस्। तिनीहरूलाई मार्नुचाहिँ हुँदैन, किनभने त्यो फुक्का थिइन।
21
तर त्यस पुरुषले भेट हुने पालको ढोकामा आफ्नो दोषबलिको निम्ति एउटा भेड़ा परमप्रभुलाई चढ़ाउन ल्याओस्।
22
अनि त्यस पापको निम्ति दोषबलिको भेड़ाद्वारा पूजाहारीले परमप्रभुको सामु प्रायश्चित गरून्, र त्यसको पाप त्यसलाई क्षमा गरिनेछ।
23
“‘तिमीहरूले त्यस देशमा पुगेर कुनै प्रकारको खानु हुने फलको बिरुवा लगाएपछि तीन वर्षसम्म त्यसको फल खानु निषेध छ।
24
चौथो वर्षमा चाहिँ सबै फल पवित्र हुनेछन्, र परमप्रभुमा प्रशंसाको भेटी हुनेछन्।
25
तर पाँचौँ वर्षमा त्यसको फल तिमीहरूले खानु हुन्छ, र त्यसको उत्पादन बढ़ेर जानेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
26
“‘तिमीहरूले कुनै पशु-पक्षी त्यसको रगतैसमेत नखानू। “‘तिमीहरूले शकून-अपशकून नमान्नू र टुनामुना नगर्नू।
27
“‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, अनि आफ्नो दाह्रीका कुना-कुना नछाँट्नू।
28
“‘मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।
29
“‘तिमीहरूका छोरीहरूलाई वेश्या तुल्याएर अशुद्ध नपार्नू, नत्रता देश वेश्यागमनतिर लाग्ला, र देश दुष्टताले भरिएला।
30
“‘तिमीहरूले मेरो शबाथ पालन गर्नू र मेरो पवित्रस्थानको आदर गर्नू। म परमप्रभु हुँ।
31
“‘तिमीहरू झाँक्री, बोक्सी र जादू-मन्त्र गर्नेतिर नलाग्नू। तिनीहरूसित सल्लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
32
“‘बुढापाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्वरको भय मान। म परमप्रभु हुँ।
33
“‘तिमीहरूसित वास गर्ने परदेशीसँग दुर्व्यवहार नगर्नू।
34
तिमीहरूले त्यसलाई आफ्नै देशमा जन्मेको जस्तै ठान्नू। तिमीहरूले त्यसलाई आफूलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
35
“‘तिमीहरूले नाप्दा, जोख्दा र भर्दा छल नगर्नू।
36
तिमीहरूसँग ठीक-ठीक तराजू र ढक, र ठीक-ठीक नाप र तौलहरू राख्नू। तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
37
“‘तिमीहरूले मेरा सबै विधिविधानहरू पालन गर। म परमप्रभु हुँ’।”
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27