bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 7
Leviticus 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 8 →
1
“‘दोषबलिका विधि यी नै हुन्: यो अति पवित्र छ।
2
जुन ठाउँमा होमबलि मारिन्छ, त्यही ठाउँमा दोषबलि पनि मारिओस्। त्यसको रगत वेदीमा वरिपरि छर्किओस्।
3
त्यसको सबै बोसो, अर्थात् बोसे-पुच्छर र आन्द्रा-भुँड़ी ढाक्ने बोसो,
4
दुवै मिर्गौला र तीमाथिको र कम्मरनेरको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्ने मासु झिकेर चढ़ाइऊन्।
5
पूजाहारीले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिकै रूपमा ती वेदीमा जलाऊन्। यो दोषबलि हो।
6
पूजाहारीका घरानाको कुनै पनि पुरुषले त्यो खान सक्छ। तर यो चोखो ठाउँमा खाइओस्। यो अति पवित्र छ।
7
“‘पापबलि जस्तो हो, दोषबलि पनि त्यस्तै हो। तिनका निम्ति एउटै व्यवस्था छ। जुन पूजाहारीले त्यो चढ़ाएर प्रायश्चित गर्छन्, त्यो तिनैको होस्।
8
जुन पूजाहारीले कुनै मानिसले ल्याएको होमबलि चढ़ाउँछन्, त्यस होमबलिको छाला ती नै पूजाहारीको होस्।
9
चुलोमा पकाइएका, र ताई-ताप्के र ताउमा बनाइएका सबै अन्नबलि ती चढ़ाउने पूजाहारीका होऊन्।
10
अनि तेलमा मुछेका वा फुका सबै अन्नबलि हारूनका सबै छोराहरूले बराबर गरी पाऊन्।
11
“‘परमप्रभुको निम्ति चढ़ाइने मेलबलिका विधि यी नै हुन्:
12
“‘यदि त्यो धन्यवाद दिनका निम्ति कसैले चढ़ायो भने, त्यसले धन्यवादबलिसित तेलमा मुछेको खमिर नहालेको फुरौला, तेल दलेको खमिर नहालेको बाबर र तेलमा भिजाएको मसिनो पीठोको फुरौला चढ़ाओस्।
13
त्यसले आफ्नो धन्यवादको मेलबलिसित खमिर हालेको रोटी पनि चढ़ाओस्।
14
तीबाट एउटा-एउटा गरी परमप्रभुको निम्ति बलिको लागि त्यसले चढ़ाओस्। मेलबलिको रगत जुन पूजाहारीले छर्कन्छन् त्यो तिनैको होस्।
15
धन्यवादका मेलबलिको मासु त्यो चढ़ाएकै दिनमा खाइओस्, बिहानसम्म त्यसले केही नराखोस्।
16
“‘तर चढ़ाइने बलिदान भाकलको अथवा राजीखुशीको बलिदान भए त्यसले बलिदान चढ़ाएकै दिन त्यो खाओस्, र बाँकी रहेको चाहिँ भोलिपल्ट खाइओस्।
17
पर्सिपल्टसम्म बाँकी रहेको बलिदानको मासुचाहिँ आगोमा जलाइओस्।
18
मेलबलिको मासुबाट पर्सिपल्ट कसैले खायो भने त्यो मासु ग्रहणयोग्य हुनेछैन, न त त्यो चढ़ाउनेको निम्ति चढ़ाइएको गनिनेछ, तर त्यो अशुद्ध ठहरिनेछ, र त्यो खाने व्यक्ति आफू दोषी बन्नेछ।
19
“‘कुनै अशुद्ध कुराले छोएको मासु नखानू। त्यो आगोमा जलाइओस्। अरू मासुचाहिँ, जति जना शुद्ध छन् तिनीहरूले त्यो खान सक्छन्।
20
तर आफू अशुद्ध भएर परमप्रभुका मेलबलिको मासु कसैले खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरिओस्।
21
कसैले मानिस वा अशुद्ध पशुको अशुद्धि वा अन्य कुनै घृणित कुरो छोएर परमप्रभुका मेलबलिको मासु खायो भने, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरिओस्’।”
22
फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
23
“इस्राएलीहरूलाई भन्: ‘तिमीहरूले साँढ़े कि भेड़ा वा बोकाको बोसो केही नखानू।
24
आफै मरेको र कुनै जङ्गली पशुहरूले फहराएर मारेको केही बस्तुभाउको बोसो अरू काममा प्रयोग गरे हुन्छ, तर कुनै रीतिले पनि तिमीहरूले त्यो नखानू।
25
परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिको पशुको बोसो जुन मानिसले खाला त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरिओस्।
26
तिमीहरूले बसोबास गर्ने कुनै पनि ठाउँमा कुनै पक्षी वा पशुको रगत नखानू।
27
रगत खाने जोसुकै भए पनि त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नू’।”
28
परमप्रभुले मोशालाई भन्नुभयो,
29
“इस्राएलीहरूलाई भन्: ‘परमप्रभुको निम्ति मेलबलि चढ़ाउनेले मेलबलिको एक भाग बलिदानको रूपमा परमप्रभुकहाँ ल्याओस्।
30
त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाउने बलि आफ्नो हातले ल्याओस्। त्यसले बोसो, ह्याकुलोसमेत ल्याओस्, र ह्याकुलो परमप्रभुको सामु डोलाइने बलिको निम्ति डोलाओस्।
31
पूजाहारीले बोसोचाहिँ वेदीमा जलाऊन्, तर ह्याकुलोचाहिँ हारून र तिनका छोराहरूको हुनेछ।
32
दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट भेटीको रूपमा पूजाहारीलाई दिनू।
33
हारूनका छोराहरूमध्ये जसले मेलबलिको रगत र बोसो चढ़ाउँछ, दाहिने फिला त्यसको भाग हुनेछ।
34
किनकि इस्राएलीहरूका मेलबलिबाट डोलाएको ह्याकुलो र उठाएको फिला मैले तिमीहरूबाट लिएर हारून पूजाहारी र तिनका छोराहरूलाई इस्राएलीहरूका तर्फबाट सदाको विधि स्वरूप दिएको छु’।”
35
हारून र तिनका छोराहरू जुन दिन पूजाहारी पदमा परमप्रभुका सेवाको निम्ति हाजिर गरिएका थिए, त्यसै दिन परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट यो तिनीहरूको भाग ठहराइएको हो।
36
जुन दिन उहाँले तिनीहरूलाई अभिषेक गर्नुभयो त्यही दिन तिनीहरूका निम्ति इस्राएलीहरूबाट यो भाग तिनीहरूले पाउने परमप्रभुले आज्ञा दिनुभयो। तिनीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो सदाको भाग हुनेछ।
37
यी नै होमबलि, अन्नबलि, पापबलि, दोषबलि, अर्पणबलि र मेलबलिका विधि हुन्,
38
जो परमप्रभुले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो, जुन दिन सीनैको मरुभूमिमा परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका भेटी उहाँकहाँ ल्याउने आज्ञा गर्नुभएको थियो।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27