bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 4
Leviticus 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 5 →
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“इस्राएलीहरूलाई यसो भन्: ‘जब परमप्रभुले मनाही गर्नुभएका कुनै कुरामा कसैले अजानमा पाप गर्छ—
3
“‘यदि कुनै अभिषेक भएका पूजाहारीले पाप गरेर मानिसहरूमा दोष ल्याए भने तिनले गरेको त्यस पापको निम्ति एउटा निष्खोट साँढ़े परमप्रभुअगि पापबलि चढ़ाऊन्।
4
तिनले त्यस साँढ़ेलाई भेट हुने पालको ढोकानेर परमप्रभुकहाँ ल्याएर त्यसको टाउकोमा आफ्नो हात राखी त्यसलाई परमप्रभुको सामु मारून्।
5
अनि अभिषेक भएका पूजाहारीले साँढ़ेको रगत लिएर भेट हुने पालमा ल्याऊन्।
6
पूजाहारीले आफ्नो औँला रगतमा चोपेर त्यस रगतबाट केही पवित्रस्थानको पर्दाको अगिल्तिर परमप्रभुको सामु सात पल्ट छर्कून्।
7
त्यसपछि पूजाहारीले भेट हुने पालभित्र रहेको सुगन्धित धूपको वेदीका सीङहरूमा परमप्रभुको सामु त्यस रगतबाट केही लगाऊन्, र साँढ़ेको बाँकी रगत भेट हुने पालको ढोकामा होमबलिका वेदीको आधारमा खन्याऊन्।
8
पापबलिका साँढ़ेको बोसोजति सबै तिनले त्यसबाट झिकून्, आन्द्रा-भुँड़ी ढाक्ने बोसो र आन्द्रामाथिको बोसो,
9
दुवै मिर्गौला र तीमाथि र कम्मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्ने मासु तिनले झिकून्।
10
मेलबलिको बलिदानमा चढ़ाइने साँढ़ेको बोसो झिकेझैँ पूजाहारीले ती होमबलिको वेदीमा जलाऊन्,
11
तर साँढ़ेको छाला, त्यसका जम्मै मासु, त्यसका टाउको, खुट्टा र आन्द्रा-भुँड़ी गोबरसमेत,
12
अर्थात् सिङ्गै साँढ़े छाउनीदेखि बाहिर फ्याँक्ने चोखो ठाउँमा लगेर दाउरामाथि राखेर आगोमा जलाऊन्— जहाँ खरानी फ्याँकिन्छ, त्यहीँ नै त्यो जलाऊन्।
13
“‘यदि इस्राएलको जम्मै समुदायले अजानमा पाप गरेको छ र परमप्रभुले मनाही गर्नुभएको कुनै कुरा गरेको छ भने, त्यो कुरोचाहिँ त्यस समुदायको नजरबाट छिपे तापनि यिनीहरू दोषी हुन्छन्।
14
यिनीहरूले गरेको त्यो पाप प्रकट हुँदा समुदायले पापबलि स्वरूप साँढ़े ल्याई भेट हुने पालको अगि चढ़ाउनुपर्छ।
15
समुदायका धर्म-गुरुहरूले साँढ़ेको टाउकोमाथि आ-आफ्ना हात परमप्रभुको सामु राखून्। त्यो साँढ़े परमप्रभुको सामु मारिओस्।
16
त्यसपछि अभिषेक भएका पूजाहारीले त्यस साँढ़ेको रगतबाट केही लिएर भेट हुने पालमा ल्याऊन्।
17
पूजाहारीले आफ्नो औँला रगतमा चोपेर त्यस रगत पर्दाको अगिल्तिर परमप्रभुको सामु सात पल्ट छर्कून्।
18
त्यसपछि भेट हुने पालभित्र रहेको वेदीका सीङहरूमा तिनले परमप्रभुको सामु त्यस रगतबाट केही लगाऊन्, र सबै बाँकी रगतचाहिँ भेट हुने पालको ढोकामा होमबलिका वेदीको आधारमा खन्याऊन्।
19
त्यसको जम्मै बोसो तिनले त्यसबाट झिकेर वेदीमा जलाऊन्।
20
पापबलिको साँढ़ेलाई तिनले जसो गरेका थिए यस साँढ़ेलाई पनि त्यसै गरून्। यसरी पूजाहारीले तिनीहरूका निम्ति प्रायश्चित गर्नेछन्, र तिनीहरूलाई क्षमा हुनेछ।
21
तिनले त्यस साँढ़ेलाई छाउनीबाहिर लगेर पहिलालाई जलाएझैँ जलाऊन्। यो समुदायको निम्ति पापबलि हो।
22
“‘जब कुनै नायकले अजानमा पाप गर्छन् र परमप्रभु तिनका परमेश्वरले मनाही गर्नुभएका कुरामध्ये कुनै कुरो गर्छन्, तब तिनी दोषी हुन्छन्।
23
तिनले गरेको पाप तिनलाई प्रकट हुँदा, तिनले एउटा निष्खोट बोका आफ्नो भेटीको निम्ति ल्याउनुपर्छ।
24
तिनले बोकाको टाउकोमा आफ्नो हात राखून्, र जहाँ परमप्रभुको सामु होमबलिको पशु मारिन्छ, त्यहीँ नै त्यसलाई मारून्। योचाहिँ पापबलि हो।
25
त्यसपछि पूजाहारीले आफ्नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, अनि बाँकी रगत वेदीको आधारमा खन्याऊन्।
26
त्यसको सबै बोसो पनि मेलबलिको बोसोझैँ वेदीमा तिनले जलाऊन्। यसरी पूजाहारीले ती मानिसको पापको लागि प्रायश्चित गर्नेछन्, र तिनलाई क्षमा हुनेछ।
27
“‘यदि समुदायका मानिसहरूमध्ये कसैले अजानमा पाप गर्छ र परमप्रभुले मनाही गर्नुभएका कुराहरूमध्ये कुनै कुरो गर्छ भने, त्यो दोषी हुन्छ।
28
त्यसले गरेको त्यो पाप त्यसलाई प्रकट हुँदा, आफूले गरेको पापको निम्ति आफ्नो भेटी स्वरूप निष्खोट बाख्री त्यसले ल्याउनुपर्छ।
29
त्यसले पापबलिको टाउकोमा आफ्नो हात राखोस्, र होमबलिको ठाउँमा त्यो पापबलि मारोस्।
30
त्यसपछि पूजाहारीले आफ्नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, र त्यसको बाँकी रगत वेदीको आधारमा खन्याऊन्।
31
त्यसको सबै बोसो मेलबलिका बलिदानको बोसोझैँ त्यसले झिकोस्, अनि पूजाहारीले परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई त्यो वेदीमा जलाऊन्। यसरी पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ।
32
“‘यदि त्यसले पापबलिको निम्ति भेड़ाका पाठा आफ्नो भेटी स्वरूप ल्यायो भने निष्खोट पाठी ल्याओस्।
33
त्यसले पापबलिको टाउकोमा आफ्नो हात राखोस्, र जहाँ होमबलिको पशु मारिन्छ, त्यहीँ नै पापबलिको निम्ति त्यसलाई मारोस्।
34
त्यसपछि पूजाहारीले आफ्नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, र त्यसको बाँकी रगतचाहिँ वेदीको आधारमा खन्याऊन्।
35
त्यसको सबै बोसो मेलबलिका पाठाको बोसोझैँ त्यसले झिकोस्, र पूजाहारीले त्यो परमप्रभुको निम्ति अग्नि-होममाथि वेदीमा जलाऊन्। यसरी त्यसले गरेको पापको निम्ति पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ’।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27