bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 21
Leviticus 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 22 →
1
परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनका छोराहरू, पूजाहारीहरूलाई यसो भन्: ‘तिमीहरूका आफन्त कोही मर्दा तिमीहरू कसैले मुर्दा छोएर आफूलाई अशुद्ध नपार्नू,
2
केवल आफ्नो साक्खै पर्नेहरू, अर्थात् आफ्नी आमा, बुबा, छोराछोरी, दाजुभाइ,
3
अथवा आफ्नी साक्खै कन्या दिदी-बहिनीको निम्ति मात्र त्यसले आफूलाई अशुद्ध तुल्याओस्।
4
विवाहद्वारा नाता जोड़िएका कसैको निम्ति पनि त्यसले आफैलाई अशुद्ध गरेर अपवित्र नपार्नू।
5
“‘पूजाहारीहरूले शोकमा आफ्नो कपाल नखौरून्, दाह्रीका कुनाहरू नछाँटून् र आफ्नो शरीरमा कुनै चोट नपारून्।
6
आफ्ना परमेश्वरको निम्ति तिनीहरू पवित्र रहून्, अनि आफ्ना परमेश्वरको नाउँ अपवित्र नगरून्, किनकि तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलि, अर्थात् परमेश्वरको भोजन चढ़ाउने गर्दछन्। यसकारण तिनीहरू पवित्रै रहून्।
7
“‘तिनीहरूले कुनै वेश्या वा बिग्रेकी स्त्री अथवा पतिले त्यागेकी स्त्रीलाई नल्याऊन्, किनभने पूजाहारीहरू आफ्ना परमेश्वरको निम्ति पवित्र छन्।
8
तिमीहरूले पूजाहारीहरूलाई पवित्र मान, किनकि तिनीहरूले आफ्ना परमेश्वरको भोजन चढ़ाउने गर्दछन्। तिनीहरू तिमीहरूका निम्ति पवित्र होऊन्, किनकि तिमीहरूलाई पवित्र बनाउने म, परमप्रभु, पवित्र छु।
9
“‘कुनै पूजाहारीकी छोरीले वेश्या काम गरेर आफूलाई अशुद्ध गरी भने, त्यसले आफ्ना बुबाको अपमान गर्छे। त्यो आगोमा जलाइओस्।
10
“‘जो आफ्ना दाजुभाइमा प्रधान पूजाहारी भएको छ, र जसको शिरमा अभिषेकको तेल खन्याइसकेको छ, अनि जो पूजाहारी पदको वस्त्र लगाउनलाई अलग गरिएको छ, त्यसले आफ्नो शिरको कपाल शोकमा नफुकाओस्, अनि आफ्नो लुगा नच्यातोस्।
11
कुनै लाश भएको ठाउँ गएर त्यसले आफैलाई अशुद्ध नपारोस्— चाहे त्यो आफ्नै बुबा वा आमाको लाश होस्।
12
त्यो पवित्रस्थानबाट बाहिर ननिस्किओस्, र त्यसले आफ्ना परमेश्वरको पवित्रस्थान अपवित्र नपारोस्, किनभने परमेश्वरका अभिषेकको तेलले त्यसलाई चोख्याएको छ। म परमप्रभु हुँ।
13
“‘त्यसले कन्ये-केटीलाई विवाह गरोस्।
14
त्यसले विधवा, विवाहविच्छेद भएकी स्त्री, बिग्रेकी स्त्री वा वेश्यालाई नल्याओस्, तर आफ्नो कुलकै कन्ये-केटीलाई त्यसले विवाह गरोस्,
15
र त्यसले आफ्ना मानिसहरूका बीचमा आफ्नो वंशलाई अशुद्ध नतुल्याओस्। त्यसलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ’।”
16
परमप्रभुले मोशालाई भन्नुभयो,
17
“हारूनलाई भन्: ‘तेरो कुलका सबै पुस्तामा खोट हुने जोसुकै होस्, आफ्ना परमेश्वरको भोजन चढ़ाउनलाई त्यो नजिक नआओस्।
18
खोट भएको जुनसुकै मानिस होस्, अन्धा वा लङ्गड़ा, रूप वा अङ्ग बिग्रेको,
19
खुट्टा कि हात बाङ्गिएको,
20
कुप्रे, बाउन्ने, आँखाको रोग भएको, पाकेको घाउ भएको, अण्डमा चोट लागेको कोही पनि नजिक नआओस्।
21
हारून पूजाहारीका वंशमध्येको खोट भएको कोही पनि परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनलाई नजिक नआओस्। त्यसमा खोट छ। त्यो आफ्ना परमेश्वरको भोजन चढ़ाउनलाई नजिक आउनुहुँदैन।
22
आफ्ना परमेश्वरको पवित्र र महापवित्र भोजन त्यसले खान सक्छ।
23
तर त्यसमा खोट भएकोले त्यसले पर्दा र वेदीको नजिक आएर मेरो पवित्रस्थान अपवित्र नपारोस्। तिनीहरूलाई पवित्र पार्ने परमप्रभु म नै हुँ’।”
24
तब मोशाले हारून, उनका छोराहरू र सारा इस्राएलीहरूलाई यी कुरा सुनाए।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27