bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 3
Leviticus 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 4 →
1
“‘कसैको भेटी मेलबलि भए, र त्यसले गाई-गोरुमध्येको एउटा चढ़ाउँछ भने, त्यसले त्यो परमप्रभुको सामुन्ने निष्खोट साँढ़े कि गाई चढ़ाओस्।
2
त्यसले आफ्नो हात आफ्नो बलिको टाउकोमा राखेर त्यसलाई भेट हुने पालको ढोकामा काटेर मारोस्। तब हारूनका छोराहरू, अर्थात् पूजाहारीहरूले त्यसको रगत वेदीमा वरिपरि छर्कून्।
3
मेलबलिबाट त्यसले परमप्रभुको निम्ति आगोद्वारा बलिदान चढ़ाओस्: अर्थात्, आन्द्रा-भुँड़ी ढाक्ने बोसो र आन्द्रामाथिको बोसो सबै,
4
दुवै मिर्गौला र तीमाथि र कम्मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्ने मासु त्यसले झिकोस्।
5
तब हारूनका छोराहरूले त्यसलाई वेदीमा आगोको दाउरामाथि भएको होमबलिमा जलाऊन्। यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि हो।
6
“‘यदि त्यसले परमप्रभुको निम्ति मेलबलिको लागि भेड़ाबाख्राहरूमध्येबाट एउटा चढ़ाउँछ भने, त्यसले निष्खोट भाले कि पोथी चढ़ाओस्।
7
यदि त्यसले आफ्नो बलिको लागि भेड़ाका पाठा चढ़ाउने भए त्यो परमप्रभुको सामु चढ़ाओस्।
8
त्यसले आफ्नो बलिको टाउकोमा आफ्नो हात राखोस्, र भेट हुने पालको सामुन्नेमा त्यसलाई मारोस्। हारूनका छोराहरूले त्यसको रगत वेदीमा वरिपरि छर्कून्।
9
त्यसले मेलबलिबाट परमप्रभुको निम्ति आगोद्वारा बलिदान चढ़ाओस्: अर्थात्, त्यसको बोसो र जम्मै बोसे-पुच्छर डँड़ाल्नुदेखि त्यसले छुट्ट्याओस्, अनि आन्द्रा-भुँड़ी ढाक्ने बोसो र आन्द्रामाथिको जम्मै बोसो,
10
दुवै मिर्गौला र तीमाथि र कम्मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजो ढाक्ने मासु त्यसले झिकोस्।
11
पूजाहारीले ती परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्वरूप जलाऊन्।
12
“‘यदि त्यसको बलि बाख्रा हो भने, त्यसले त्यो परमप्रभुको सामु चढ़ाओस्।
13
त्यसले आफ्नो हात त्यसको टाउकोमा राखोस्, र भेट हुने पालको सामुन्ने त्यसलाई मारोस्। अनि हारूनका छोराहरूले वेदीमा वरिपरि त्यसको रगत छर्कून्।
14
त्यसले त्यसबाट आफ्नो भेटी परमप्रभुको निम्ति आगोद्वारा चढ़ाओस्: आन्द्रा-भुँड़ी ढाक्ने बोसो र आन्द्रामाथिको सबै बोसो,
15
दुवै मिर्गौला र तीमाथि र कम्मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्ने मासु त्यसले झिकोस्।
16
पूजाहारीले ती मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्वरूप जलाऊन्। बोसोजति सबै परमप्रभुको हो।
17
“‘तिमीहरूले बोसो र रगत नखाओ। यो तिमीहरूका पुस्तौँ-पुस्तौँका निम्ति तिमीहरू जहीँ बसे तापनि अनन्तको विधि होस्’।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27