bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 15
Leviticus 15
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 16 →
1
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
2
“इस्राएलीहरूलाई भन्: कुनै पुरुषलाई धातुको रोग भयो भने, त्यो धातु अशुद्ध हुन्छ।
3
त्यसको शरीरबाट धातु बगे अथवा थामिए पनि त्यसले मानिसलाई अशुद्धै पार्छ। यसरी त्यस धातुले मानिसमा अशुद्धि ल्याउँछ:
4
“‘धातुको रोग लागेको त्यो मानिस बसेको हरेक कुरो अशुद्ध हुनेछ।
5
जसले त्यसको ओछ्यान छुन्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ, र आफै पनि पानीमा नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
6
धातुको रोग लागेको मानिस बसेको कुनै कुरामा जो बस्छ त्यसले आफ्ना लुगा धुनुपर्छ, र आफै पनि पानीमा नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
7
“‘जसले धातुको रोग लागेको मानिसलाई छुन्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
8
“‘त्यस रोगी मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यसले आफ्ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
9
“‘जुन काठीमा त्यो रोगी मानिस चढ्छ, त्यो अशुद्ध हुनेछ।
10
जसले त्यसको मुनि कुनै कुरा छुन्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ। जसले ती कुराहरू उठाउँछ, त्यसले आफ्ना लुगा धुनुपर्छ, र नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
11
“‘त्यस रोगी मानिसले आफ्ना हात पानीमा नपखालीकन कसैलाई छोयो भने, त्यस व्यक्तिले आफ्ना लुगा धुनुपर्छ, र पानीमा नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
12
“‘त्यस रोगी मानिसले कुनै माटोको भाँड़ा छोयो भने त्यो फोरिओस्, तर काठको हरेक भाँड़ा पानीले माझिओस्।
13
“‘त्यो मानिस जब आफ्नो रोगबाट निको हुन्छ, तब त्यसले आफ्नो शुद्धिको लागि सात दिन गनोस्, र आफ्ना लुगा धोएर आफ्नो जीउ ताजा पानीले नुहाओस्, अनि त्यो शुद्ध हुनेछ।
14
आठौँ दिनमा त्यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु ल्याओस्, र पूजाहारीलाई ती देओस्।
15
तब पूजाहारीले तीमध्ये एउटा पापबलि र अर्को होमबलिको लागि चढ़ाऊन्। यसरी पूजाहारीले परमप्रभुको सामुन्ने त्यसका धातुको रोगको निम्ति प्रायश्चित गर्नेछन्।
16
“‘फेरि कुनै पुरुषको वीर्य त्यसबाट त्यसै निस्क्यो भने, त्यसले आफ्नो जम्मै जीउ नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
17
जुन लुगा वा छालामा त्यो वीर्य पर्ला त्यो पानीले धोइओस्, र साँझसम्म अशुद्ध होस्।
18
कुनै पुरुषले स्त्रीसँग सहवास गर्दा वीर्य पर्यो भने, ती दुवैले नुहाउनुपर्छ, र साँझसम्म ती अशुद्ध रहनेछन्।
19
“‘कुनै स्त्रीको रगत निस्कन लाग्यो र त्यो रजस्वला हो भने, उनका रजस्वलाको अशुद्धि सात दिनसम्म रहन्छ। जसले उनलाई छुन्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ।
20
“‘त्यसको रजस्वलाका दिनसम्म जे-जे कुरामा त्यो सुत्छे, ती अशुद्ध हुनेछन्। अनि जे-जे कुरामा त्यो बस्छे, ती पनि अशुद्ध हुनेछन्।
21
जसले त्यसको ओछ्यान छुन्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ, र आफू पनि नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
22
जसले त्यो बसेको कुनै कुरा छुन्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
23
चाहे ओछ्यान होस् वा त्यो बसेको कुनै कुरा होस् कसैले छोयो भने, त्यो साँझसम्म अशुद्ध रहनेछ।
24
“‘कुनै पुरुष उनीसँग सुत्यो र उनको अशुद्ध कुरो त्यसलाई लाग्यो भने, त्यो सात दिनसम्म अशुद्ध रहनेछ, र त्यो सुतेको कुनै पनि ओछ्यान अशुद्ध हुनेछ।
25
“‘कुनै स्त्रीका रजस्वलाको समयमा बाहेक धेरै दिनसम्म रगत बग्यो अथवा आफ्नो रजस्वलाको समयभन्दा बढ़ी दिन रगत बग्यो भने, रगत बगुञ्जेल तिनी अशुद्ध रहनेछे। रजस्वलाका दिनहरूमा जस्तै तिनी अशुद्ध हुन्छे।
26
तिनको रगत बगेका सबै दिन तिनी सुतेको कुनै ओछ्यान रजस्वलाका बेलाको ओछ्यानजस्तै ठहरिओस्। जुन-जुन कुरामा तिनी बस्छे, ती पनि रजस्वलाकै दिनजस्तै अशुद्ध रहून्।
27
ती कुराहरू छुने अशुद्ध हुनेछ। तिनले आफ्ना लुगाफाटा धुनुपर्छ, र आफू पनि नुहाउनुपर्छ र साँझसम्मै तिनी अशुद्ध रहनेछिन्।
28
“‘तिनको रजस्वला बन्द भएपछि तिनले सात दिन गनोस्, र त्यसपछि तिनी शुद्ध हुनेछ।
29
आठौँ दिनमा तिनले आफूसँग दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा लिएर भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्।
30
तब पूजाहारीले एउटाचाहिँ पापबलिको निम्ति र अर्कोचाहिँ होमबलिको निम्ति चढ़ाऊन्। यसरी पूजाहारीले तिनको बगेको रगतको अशुद्धिको निम्ति परमप्रभुको सामुन्ने प्रायश्चित गर्नेछन्।’
31
“यसरी तिमीहरूले इस्राएलीहरूलाई अशुद्ध पार्ने कुराबाट अलग्गै राख, नत्रता तिनीहरूका बीचमा रहेको मेरो वासस्थान तिनीहरूले दूषित पार्दा तिनीहरू आफ्नो अशुद्धिमा मर्लान्।”
32
जसलाई धातुको रोग छ, र जसको वीर्य पतन हुन्छ र त्यसदेखि अशुद्ध भएको छ,
33
अनि रजस्वला हुने स्त्री, धातुको रोग लागेको पुरुष वा स्त्री, अनि अशुद्ध भएकीसँग सहवास गर्ने पुरुष ती सबै विषयका विधिहरू यी नै हुन्।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27