bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 24
Leviticus 24
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 25 →
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“इस्राएलीहरूलाई आज्ञा दे: ‘बत्ती निरन्तर बलिरहनलाई तिमीहरूले प्रकाशको लागि कुटेको भद्राक्षको चोखो तेल ल्याउनू’।
3
भेट हुने पालमा गवाहीको पर्दादेखि बाहिर परमप्रभुको सामु साँझदेखि बिहानसम्म हारूनले ती बत्तीहरू निरन्तर रेखदेख गरोस्। यो तिमीहरूका पुस्तौँ-पुस्तौँका लागि अनन्तको विधि होस्।
4
त्यसले परमप्रभुको सामुन्ने निरन्तर निखुर सुनको पानसमा भएका बत्तीहरू रेखदेख गरोस्।
5
“मसिनो पीठो लिएर तैंले बाह्र वटा रोटी पकाउनू। प्रत्येक रोटीमा एक पाथी पीठो होस्।
6
छ-छ वटाको लहर गरी दुई ताँती परमप्रभुको सामु निखुर सुनको टेबिलमा राख्नू।
7
एक-एक ताँतीमा चोखो धूप राख्नू, र त्यो रोटीको सम्झना स्वरूप आगोद्वारा परमप्रभुलाई चढ़ाइएको भेटी होस्।
8
हरेक शबाथ परमप्रभुको सामुन्ने त्यो रोटी बारम्बार राखिओस्। इस्राएलीहरूका निम्ति यो अनन्तको करार होस्।
9
हारून र त्यसका छोराहरूका निम्ति त्यो हो, र तिनीहरूले पवित्र ठाउँमा त्यो खाऊन्, किनकि परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएका बलिहरूमध्ये यो तिनीहरूका सदाको भाग अति पवित्र हो।”
10
एक जना मिश्री बुबा र इस्राएली आमाको छोरो इस्राएलीहरूका माझमा गएको थियो। त्यस इस्राएली स्त्रीको छोरो र एक जना इस्राएली पुरुष छाउनीभित्र आपसमा झगड़ा गरे।
11
त्यस इस्राएली स्त्रीको छोराले पवित्र नाउँको निन्दा गरेर सराप्न लाग्यो, र मानिसहरूले त्यसलाई मोशाकहाँ ल्याए। त्यसकी आमाको नाउँ शलोमीत थियो। त्यो दानका कुलको दिब्रीकी छोरी थिई।
12
परमप्रभुको इच्छा तिनीहरूले थाहा नपाएसम्म त्यसलाई थुनामा राखे।
13
तब परमप्रभुले मोशालाई भन्नुभयो,
14
“त्यस सराप बक्नेलाई छाउनीदेखि बाहिर लैजा, र त्यसले भनेका कुरा सुन्नेहरू सबैले आ-आफ्ना हात त्यसको टाउकोमा राखून्। त्यसपछि जम्मै समुदायले त्यसलाई ढुङ्गा हानेर मारून्।
15
तैंले इस्राएलीहरूलाई यसो भन्: ‘जसले आफ्ना परमेश्वरलाई सराप्छ, यसको निम्ति त्यो उत्तरदायी हुनेछ।
16
परमप्रभुका नाउँको निन्दा गर्नेलाई सारा समुदायले ढुङ्गा हानेर मार्नुपर्छ। स्वदेशी अथवा परदेशी जोसुकै होस्, त्यसले परमप्रभुका नाउँको निन्दा गर्यो भने त्यसलाई मार्नैपर्छ।
17
“‘कसैलाई मर्ने गरी हिर्काउनेलाई मार्नैपर्छ।
18
पशुलाई मर्ने गरी हिर्काउनेले त्यसको भर्ना देओस्— पशुको साटो पशु।
19
कुनै मानिसले आफ्नो छिमेकीको कुनै अङ्गको नोक्सान गरिदियो भने, त्यसले जसो गरेको छ त्यसलाई त्यसै गरिओस्।
20
चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत, जसरी त्यसले कसैको अङ्गको नोक्सान गरिदियो त्यसलाई पनि त्यसरी नै गर्नू।
21
पशु मार्नेले त्यसको भर्ना गरोस्। तर ज्यानमाराचाहिँ मारिनैपर्छ।
22
स्वदेशीको निम्ति र परदेशीको निम्ति एउटै किसिमको ऐन होस्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’।”
23
मोशाले इस्राएलीहरूलाई यो कुरा बताएपछि तिनीहरूले त्यस सराप्नेलाई छाउनीबाहिर लगेर ढुङ्गाले हानेर मारे। यसरी परमप्रभुले मोशालाई आज्ञा दिनुभएबमोजिम इस्राएलीहरूले गरे।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27