bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 6
Leviticus 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 7 →
1
फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
2
“यदि कसैले यी अपराधहरू गरेर परमप्रभुको विरुद्धमा पाप र विश्वासघात गर्यो भने, जस्तो कि— कसैले राख्न दिएको कुरा, बन्धकमा राखेको कुरा वा चोरीको कुरामा छिमेकीसँग झूट बोल्यो भने,
3
अथवा छिमेकीबाट केही हरण गर्यो वा हराएको कुरा पाएर पनि झूट बोल्यो, अथवा झूटो शपथ खायो भने, अथवा मानिसहरूले गरिरहने यस्ता पापहरूमध्ये कुनै एउटा पाप गर्यो भने—
4
जब त्यसले यसरी पाप गरेर दोषी भएको छ, तब त्यसले चोरेको, हरण गरेको, पचाएर राखेको माल अथवा हराएर पाएको थोक,
5
अथवा जुनसुकै कुरा जसको बारेमा त्यसले झूटा शपथ खाएको छ, त्यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ हिस्सा थपेर पूरा फर्काइदिनुपर्छ। त्यसले दोषबलि चढ़ाउने दिनैमा त्यो माल जसको हो, उसैलाई त्यसले दिनुपर्छ।
6
अनि त्यसले पूजाहारीकहाँ, अर्थात् परमप्रभुकहाँ ठीक मोलबमोजिम एउटा निष्खोट भेड़ा आफ्नो दोषबलिको निम्ति ल्याओस्।
7
यसरी पूजाहारीले त्यसको निम्ति परमप्रभुको सामु प्रायश्चित गर्नेछन्, र जुन कुराको कारणले त्यो दोषी ठहरिएको हो, त्यो त्यसलाई क्षमा हुनेछ।”
8
परमप्रभुले मोशालाई भन्नुभयो,
9
“हारून र त्यसका छोराहरूलाई यस्तो आज्ञा दे: ‘होमबलिका विधि यी नै हुन्: होमबलि दाउरामाथि रातभरि बिहानसम्मै वेदीमा रहोस्, र वेदीको आगो त्यसमा जली नै रहोस्।
10
पूजाहारीले आफ्ना सूती कपड़ाका लुगा, सूती कपड़ाको भित्री वस्त्रसमेत आफ्नो शरीरमा लगाउनेछन्, र आगोले भस्म पारेको होमबलिको खरानीचाहिँ तिनले झिकेर वेदीनेर राख्नेछन्।
11
तब तिनले यी वस्त्र फुकालेर अर्को वस्त्र लगाई छाउनीदेखि बाहिर एउटा चोखो ठाउँमा त्यो खरानी बोकेर लैजाऊन्।
12
वेदीको आगो जली नै रहोस् र त्यो निभ्न नपाओस्। हरेक बिहान पूजाहारीले त्यसमा दाउरा थपून्, र होमबलि आगोमा मिलाएर त्यसमाथि मेलबलिको बोसो जलाऊन्।
13
वेदीमा आगो निरन्तर जली नै रहोस्, त्यो कहिल्यै निभ्न नपाओस्।
14
“‘अन्नबलिका विधि यी नै हुन्: हारूनका छोराहरूले परमप्रभुको सामु वेदीको अगिल्तिर त्यो ल्याऊन्।
15
पूजाहारीले मुट्ठीभरि मसिनो पीठो र तेल र अन्नबलिको जम्मै धूप लिएर सम्झना स्वरूप भाग परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई वेदीमा जलाऊन्।
16
बाँकी रहेको चाहिँ हारून र तिनका छोराहरूले खाऊन्। तर एउटा पवित्र ठाउँमा खमिरविना त्यो खाइओस्। भेट हुने पालको चोकमा तिनीहरूले त्यो खाऊन्।
17
त्यो खमिरसित पकाउनुहुँदैन। आगोद्वारा चढ़ाइएका मेरा बलिहरूबाट तिनीहरूका भागको रूपमा मैले त्यो तिनीहरूलाई दिएको छु। पापबलि र दोषबलिझैँ त्यो पनि अति पवित्र हो।
18
हारूनका सन्तानमा कुनै पनि पुरुषले त्यो खान सक्छ। परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिहरूबाट तिनीहरूका सारा पुस्ताभरि यो तिनीहरूको हिस्सा होस्। त्यसलाई छोएको सबै थोक पवित्र हुन्छ’।”
19
फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
20
“हारून अभिषेक भएको दिनमा तिनले र तिनका छोराहरूले परमप्रभुमा चढ़ाउनुपर्ने बलि यही हो, अर्थात् निरन्तर अन्नबलिको निम्ति आधा पाथी मसिनो पीठो, बिहान आधा, बेलुका आधा।
21
ताउमा तेलसित त्यो बनिओस्, र राम्ररी मिसाएर परमप्रभुको निम्ति मीठो बास्नाको रूपमा टुक्रा-टुक्रा पारी अन्नबलि चढ़ाउनू।
22
तिनका छोराहरूमध्ये जो तिनको ठाउँमा पूजाहारी अभिषेक हुन्छ, त्यसैले यो चढ़ाओस्। यो परमप्रभुको सधैँको भाग हो, र यो जम्मै जलाइओस्।
23
पूजाहारीको हरेक अन्नबलि जम्मै जलाइओस्। यो खानुहुँदैन।”
24
परमप्रभुले मोशालाई भन्नुभयो,
25
“हारून र त्यसका छोराहरूलाई यसो भन्: ‘पापबलिका विधि यी नै हुन्: जुन ठाउँमा होमबलि मारिन्छ, त्यसै ठाउँमा परमप्रभुको सामुन्ने पापबलि मारिओस्। यो अति पवित्र हो।
26
यो चढ़ाउने पूजाहारीले यो खाऊन्। चोखो ठाउँमा, भेट हुने पालको चोकमा यो खाइओस्।
27
जुन चीजले त्यो मासु छुन्छ, त्यो पवित्र हुनेछ। त्यसको रगतबाट केही छिर्का कुनै लुगामा पर्यो भने तिमीहरूले त्यो छिर्का परेको लुगा कहीँ चोखो ठाउँमा धुनुपर्छ।
28
जुन माटोको भाँड़ामा यो उसिनिन्छ, त्यो फुटाइनुपर्छ। यदि यो काँसाको भाँड़ामा उसिनिएको छ भने, त्यो माझेर पानीले पखालिओस्।
29
पूजाहारीका घरानाको कुनै पनि पुरुषले यो खान सक्छ। यो अति पवित्र छ।
30
तर जुन पापबलि, जसको रगत पवित्रस्थानमा प्रायश्चित गर्नका निम्ति भेट हुने पालभित्र ल्याइन्छ, त्योचाहिँ खानुहुँदैन। यो आगोमा जलाइनैपर्छ।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27