bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 26
Leviticus 26
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 27 →
1
“‘तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाओ। अनि आफ्ना निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खड़ा नगर, र खोपिएका ढुङ्गाहरू आफ्नो देशमा ठड़्याएर ती पुज्नलाई घोप्टो नपर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
2
“‘तिमीहरूले मेरो शबाथ पालन गर, र मेरो पवित्रस्थानको आदर गर। म परमप्रभु हुँ।
3
“‘मेरा नियमअनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्यौ भने
4
म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्नेछन्।
5
दाख बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ, र रोपाइँको समयसम्मै दाख बटुल्नेछौ। तिमीहरूलाई खानु-पिउनुमा दु:ख हुनेछैन, र देशमा तिमीहरू निर्धक्क हुनेछौ।
6
“‘म देशमा शान्ति दिनेछु। तिमीहरू ढल्केर निदाउनेछौ, र तिमीहरूलाई कसैले तर्साउनेछैन। म देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु, अनि तिमीहरूको देशमा लड़ाइँ हुनेछैन।
7
तिमीहरूले आफ्ना शत्रुहरूलाई खेदेर तरवारले सोतर पार्नेछौ।
8
तिमीहरूका पाँच जनाले सय जनालाई र सय जनाले दश हजार जनालाई खेद्नेछन्। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले सोतर हुनेछन्।
9
“‘म तिमीहरूमाथि निगाह राख्नेछु, र तिमीहरूलाई फल्दो-फुल्दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु, र मेरो करार तिमीहरूसित स्थिर गर्नेछु।
10
तिमीहरूले सञ्चय गरेर राखेको पुरानै फसलको अन्न खाँदाखाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्नचाहिँ हटाउनुपर्नेछ।
11
तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा वास गर्नेछु।
12
म तिमीहरूका बीचमा हिँड़डुल गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ।
13
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू मिश्रीहरूका कमारा नहोओ भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाड़ो गरी हिँड्ने तुल्याएको छु।
14
“‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ, र यी सबै आज्ञा पालन गरेनौ,
15
र मेरा विधिहरूलाई घृणा गरेर इन्कार गर्यौ भने, अनि मेरा सम्पूर्ण आज्ञा नमानेर मेरो करार भङ्ग गर्यौ भने,
16
म तिमीहरूका बीचमा आतङ्क फैलाउनेछु, अनि शरीर नष्ट पार्दैजाने, आँखालाई विनाश गर्ने र प्राणलाई शिथिल गराउँदैलाने भयङ्कर रोगहरू पठाउनेछु। तिमीहरूले रोपेका बीउहरू खेर जानेछन्, किनकि तिमीहरूका शत्रुहरूले फसल खाइदिनेछन्।
17
म तिमीहरूको विरोध गर्नेछु, र तिमीहरू शत्रुका हातबाट परास्त हुनेछौ। तिमीहरूलाई हेला गर्नेहरूले तिमीहरूमाथि प्रभुत्व गर्नेछन्, र कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ।
18
“‘तिमीहरूले अझै पनि मलाई टेरेनौ भने तिमीहरूका पापको सात गुणा बढ़ी सजाय म तिमीहरूलाई दिनेछु।
19
म तिमीहरूको अभिमान र जिद्दी चूर गर्नेछु। तिमीहरूमाथिको आकाश फलामजस्तै र तिमीहरूमुनिको जमिन काँसोझैँ म तुल्याउनेछु।
20
तिमीहरूको शक्ति खेर जानेछ, किनकि तिमीहरूको जमिनले उब्जनी दिनेछैन, र देशका रूखहरूले फल दिनेछैनन्।
21
“‘तिमीहरू मेरो विरुद्धमा हिँड़ेर मलाई अझै टेरेनौ भने म फेरि तिमीहरूका पाप सुहाउँदो सात गुणा बढ़ी विपत्तिहरू तिमीहरूमाथि ल्याउनेछु।
22
म तिमीहरूका बीचमा जङ्गली जनावरहरू पठाइदिनेछु, जसले तिमीहरूका नानीहरूलाई खाइदिनेछन्, र तिमीहरूका गाईबस्तुहरूलाई नाश गर्नेछन्, अनि तिमीहरूको संख्या यति थोरै बनाउनेछन् कि तिमीहरूका बाटो सूनसान हुनेछन्।
23
“‘यी सब भएर पनि तिमीहरू मतर्फ फर्केनौ र मेरो विरुद्धमा हिँड़िरह्यौ भने,
24
म पनि तिमीहरूका विरुद्धमा हुनेछु, र तिमीहरूका पापका लागि म सात गुणा तिमीहरूलाई प्रहार गर्नेछु।
25
म तिमीहरूमाथि युद्धहरू ल्याउनेछु, र मेरो करार भङ्ग गरेको बदला म चुकाउनेछु। तिमीहरू आ-आफ्नो सहरमा जम्मा हुनेछौ, म त्यहाँ पनि तिमीहरूका बीचमा रूढ़ी पठाउनेछु, अनि तिमीहरू आफ्ना शत्रुहरूका हातमा पर्नेछौ।
26
म तिमीहरूको अन्न यति साह्रो घटाइदिनेछु कि एउटै घरको चुलोमा दश घरका आइमाईहरूले पकाउनेछन्, अनि पकाएर भाग लगाउँदा यति थोरै हुनेछ कि कसैलाई पनि पुग्नेछैन।
27
“‘यी सब भएर पनि तिमीहरूले मेरा कुरा सुनेनौ र मेरो विरुद्धमा हिँड़िरह्यौ भने,
28
मेरो क्रोधमा म तिमीहरूका विरुद्ध जानेछु, र तिमीहरूका पापको लागि म तिमीहरूलाई सात गुणा दण्ड दिनेछु।
29
तिमीहरूले आफ्नै छोराछोरीहरूको मासु खानुपर्नेछ।
30
म तिमीहरूका डाँड़ाका थानहरू नाश गर्नेछु, म तिमीहरूका धूपका वेदीहरू भत्काउनेछु, र तिमीहरूका लाशहरू आफ्ना मृत मूर्तिहरूमाथि फालिदिनेछु, र म तिमीहरूलाई तिरस्कार गर्नेछु।
31
म तिमीहरूका सहरहरू उजाड़ पार्नेछु, र तिमीहरूका धर्म-स्थलहरू शून्य पारिदिनेछु, अनि म तिमीहरूका भेटीका मीठो बास्ना ग्रहण गर्नेछैनँ।
32
म देशलाई नष्ट पार्नेछु। यी सब देखेर त्यहाँ बस्ने तिमीहरूका शत्रुहरू अवाक् हुनेछन्।
33
मचाहिँ तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु, र नाङ्गो तरवार लिएर तिमीहरूलाई खेद्नेछु। तिमीहरूको देश सूनसान र तिमीहरूका सहरहरू उजाड़ हुनेछन्।
34
सूनसान हुँदा देशले आफ्ना शबाथहरू भोग गर्न पाउनेछ र तिमीहरूचाहिँ आफ्ना शत्रुहरूका देशमा हुनेछौ, तब त्यसै समय देशले विश्राम लिएर आफ्ना शबाथहरू मनाउनेछ।
35
जति दिन त्यो सूनसान रहन्छ भूमिले विश्राम पाउनेछ। तिमीहरू त्यहाँ रहँदा शबाथहरूमा नपाएको विश्राम त्यसले पाउनेछ।
36
“‘शत्रुको देशमा हुने बाँकी मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्दा पनि तिनीहरू शत्रुले खेदेझैँ भाग्नेछन् र विनाकारण लोट्नेछन्।
37
कसैले नखेद्दा पनि तरवारदेखि भागेझैँ तिनीहरू भाग्नेछन् र एक-अर्कामाथि ठक्कर खाँदै लोट्नेछन्। यसकारण तिमीहरूका शत्रुहरूका सामुन्ने खड़ा हुन सक्नेछैनौ।
38
तिमीहरू अन्यजातिहरूका बीचमा नष्ट हुनेछौ, र तिमीहरूका शत्रुहरूको देशले तिमीहरूलाई निल्नेछ।
39
बाँकी रहेका चाहिँ शत्रुहरूको देशमा आफ्नै र आफ्ना पुर्खाहरूका अधर्मले गर्दा खतम हुँदैजानेछ।
40
“‘तर यदि तिनीहरूले आफ्नै र आफ्ना पिता-पुर्खाका पाप, र मेरो विरुद्धमा तिनीहरूले विश्वासघात गरेको अधर्म र मप्रति देखाएको शत्रुता स्वीकार गरे भने—
41
जसले गर्दा म तिनीहरूको शत्रु भएँ, र मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूको देशमा पठाएँ— यदि आफ्ना दुष्ट हृदय नम्र तुल्याई आफ्ना पापका लागि सजाय भोगे भने,
42
याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको साथै त्यो देशलाई पनि म सम्झनेछु।
43
त्यो देश तिनीहरूले त्याग्नेछन्, र तिनीहरूविना उजाड़ रहँदा देशले आफ्ना शबाथहरू भोग गर्नेछ। अनि तिनीहरूले आफ्नो अधर्मको सजाय भोग्नेछन्, जुन सजाय मेरो विधान लत्त्याउँदा र मेरा विधिलाई तिरस्कार गर्दा मैले तिनीहरूलाई दिएको थिएँ।
44
यी सब गरे तापनि जब तिनीहरू शत्रुको देशमा हुन्छन् तब म मेरो तिरस्कार र घृणामा तिनीहरूलाई सखापै त पार्नेछैनँ, र मेरो करार पनि तोड्नेछैनँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
45
तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसँग गरेको करार सम्झनेछु। मैले तिनीहरूका परमेश्वर हुनलाई तिनीहरूका पुर्खाहरूलाई अन्यजातिहरूकै सामुन्ने मिश्रबाट निकालेर ल्याएको थिएँ। म परमप्रभु हुँ’।”
46
सीनै पर्वतमा आफू र इस्राएलीहरूका बीचमा परमप्रभुले मोशाद्वारा ठहराउनुभएका विधिविधान र नियमहरू यी नै हुन्।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27