bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 27
Leviticus 27
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“इस्राएलीहरूलाई भन्: ‘कुनै मानिसले भाकल गर्दा मान्छेको भाकल परमप्रभुलाई चढ़ायो भने, तिमीहरूको मूल्याङ्कनअनुसार
3
बीसदेखि साठी वर्षसम्मको पुरुषलाई पवित्रस्थानका शेकेलबमोजिम चाँदीका पचास शेकेल तोकिदिनू।
4
अनि स्त्रीलाई चाहिँ चाँदीका तीस शेकेल तोकिदिनू।
5
पाँचदेखि बीस वर्षसम्मको पुरुषलाई चाँदीका बीस र स्त्रीलाई दश शेकेल तोकिदिनू।
6
महिना दिनदेखि पाँच वर्षसम्मको केटालाई चाँदीका पाँच र केटीलाई तीन शेकेल तोकिदिनू।
7
साठी वर्षभन्दा माथिको पुरुषलाई चाँदीका पन्ध्र र स्त्रीलाई दश शेकेल तोकिदिनू।
8
तोकेको मोल तिर्न नसक्ने कोही गरीब छ भने त्यसले उसलाई पूजाहारीकहाँ ल्याउनू, र पूजाहारीले नै भाकल गर्ने मानिसको औकातअनुसार उसको मोल ठहराऊन्।
9
“‘यदि परमप्रभुको निम्ति चढ़ाइने बलि ग्रहणयोग्य पशु छ भने बलिको पशु पवित्र हुन्छ।
10
त्यसले असलको निम्ति कमसल पशु वा कमसलको निम्ति असल साट्नुहुँदैन। त्यसले पशुको सट्टा पशु नै साट्छ भने साटेका दुवै पशु पवित्र हुन्छन्।
11
त्यो बलि नचढ़ाइने अशुद्ध पशु हो भने त्यसले त्यस पशुलाई पूजाहारीको सामुन्ने ल्याओस्।
12
असल भए पनि कमसल भए पनि पूजाहारीले त्यसको मोल तोकून्। अनि पूजाहारीले जे दाम तोक्छन् त्यहीबमोजिम हुनेछ।
13
त्यस मानिसले मोल तिरेर पशुलाई छुटाउने हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर देओस्।
14
“‘कसैले परमप्रभुलाई आफ्नो घर अर्पण गर्छ भने पूजाहारीले त्यो घर राम्रो कि नराम्रो छ सो हेरेर त्यसको मोल तोकिदेऊन्। पूजाहारीले जति तोक्छन् त्यसको मोल त्यति नै होस्।
15
तर अर्पण गर्नेले मोल तिरेर त्यो छुटाउने इच्छा गर्छ भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्यसले देओस्, र त्यो घर त्यही मानिसको हुनेछ।
16
“‘कसैले आफ्नो खेतको कुनै भाग परमप्रभुको निम्ति अर्पण गर्छ भने त्यसमा जाने बीउको अड़कल गरेर तिमीहरूले मोल तोक्नू। एक मुरीका बीस शेकेल चाँदीको दरले खेतमा कति मुरी जौको बीउ जान्छ त्यसले मोल तोकोस्।
17
पुनर्स्थापनको वर्षदेखि त्यसले आफ्नो खेत अर्पण गर्ने हो भने त्यसको दाम तोकिएबमोजिम होस्।
18
तर त्यसले आफ्नो जमिन पुनर्स्थापनको वर्षपछि अर्पण गर्ने हो भने, पुनर्स्थापनको वर्ष आउनलाई कति बाँकी छ पूजाहारीले हिसाब गरून्, र तोकेको मोल त्यसबाट घटाएर त्यसले देओस्।
19
त्यो खेत अर्पण गर्नेले नै मोल तिरेर लिने हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्यसले देओस्, र त्यो त्यसकै हुनेछ।
20
तर त्यसले त्यो जमिन मोल तिरेर छुटाउँदैन भने वा त्यसले अर्को मानिसलाई त्यो खेत बेचेको छ भने, त्यसले दाम तिरेर त्यो कहिले पनि छुटाउन सक्नेछैन।
21
त्यो खेत पुनर्स्थापनको वर्षमा छुट्दा, अर्पण गरेको खेतझैँ त्यो परमप्रभुको निम्ति पवित्र हुनेछ, र त्यसको अधिकार पूजाहारीको हुनेछ।
22
“‘यदि कुनै मानिसले हकले पाएको होइन तर किनेको खेत परमप्रभुलाई अर्पण गर्छ भने,
23
पूजाहारीले पुनर्स्थापनका वर्षको हिसाब गरेर त्यसको जति मोल तोक्छन् त्यसले परमप्रभुको निम्ति पवित्र ठानेर त्यसै दिन देओस्।
24
पुनर्स्थापनको वर्षमा त्यो खेत जसबाट किनेको हो, अर्थात् जसको अधिकारमा त्यो खेत थियो, त्यसलाई नै फिर्ता गरिओस्।
25
तोकिने मोल सबै पवित्रस्थानका चाँदीका शेकेलबमोजिम होस्— बीस गेराको एक शेकेल हो।
26
“‘पशुहरूले बियाएको पहिलो बच्चा, साँढ़ेको होस् वा भेड़ाको होस्, ती अघिदेखि परमप्रभुकै हुन्— त्यसलाई चाहिँ अर्पण नगर्नू।
27
यदि त्यो अशुद्ध पशुको हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्यो छुटाइओस्, तर मोल तिरेर छुटाउने होइन भने तोकेको मोलमा त्यो बेचिओस्।
28
“‘तर परमप्रभुको निम्ति अर्पण गरेको मानिस, पशु वा आफ्नो जग्गाजमिन बिक्री गर्न सकिँदैन र छुटाउन पनि सकिँदैन। अर्पण गरिएको हरेक कुरो परमप्रभुको निम्ति अति पवित्र हो।
29
“‘मानिसहरूमध्ये जो नाशको निम्ति अर्पण गरिएको छ, त्यसलाई मोल तिरेर नछुटाओस्। त्यसलाई मार्नैपर्छ।
30
“‘रूखहरूका फल वा जमिनका बीउको होस्, भूमिका उब्जनीको दशांश परमप्रभुकै हो, र ती परमप्रभुको निम्ति पवित्र हुन्।
31
कसैले आफ्नो दशांश मोल तिरेर छुटाउँछ भने, त्यसमा पाँचौँ भाग थपेर त्यसले देओस्।
32
गन्ती गर्ने लहुरोको मुनि छिरेर जाने पशुमा, गाईबस्तु वा भेड़ाबाख्रा जे होस्, दशांशचाहिँ परमप्रभुको निम्ति पवित्र हुनेछ।
33
असल वा कमसल पशु त्यसले नछुटाओस् र नसाटोस्। साट्ने नै हो भने, साटेको दुवै पशु पवित्र हुनेछन्, र मोल तिरेर तिनीहरूको छुटकारा हुन सक्नेछैन’।”
34
परमप्रभुले इस्राएलीहरूका निम्ति सीनै पर्वतमा मोशालाई दिनुभएका आज्ञाहरू यी नै हुन्।
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27