bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 5
Leviticus 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 6 →
1
“‘यदि कोही मानिसले यस्तो किसिमको पाप गर्यो, कि साक्षी भईकन जनसाधारणअगि बोल्नुपर्दा पनि आफूले देखेको र जानेको कुरो त्यसले बोल्दैन भने, त्यो त्यसको लागि दोषी हुनेछ।
2
“‘कसैले कुनै अशुद्ध कुरो, अर्थात् अशुद्ध वन-पशु कि पाल्तु-पशु कि अशुद्ध घस्रने जन्तुको सिनु छोयो भने, त्यो कुरो त्यसलाई थाहा नभए तापनि त्यो अशुद्ध भएको हुन्छ, र दोषी ठहरिनेछ।
3
“‘त्यसले मानिसको अशुद्धि वा अशुद्ध बनाउने कुनै कुरा छोयो भने, त्यो कुरो त्यसलाई थाहा नभए तापनि त्यो दोषी ठहरिनेछ।
4
“‘कसैले विचार नगरी कुनै असल वा खराब कुरा गर्न मुखले शपथ खायो भने— जुनसुकै कुरामा मानिसले सोच-विचार नगरी शपथ खान्छ— त्यसबाट त्यो कुरो छिपे तापनि त्यसले त्यो थाहा पाएपछि त्यस्तो कुरामा त्यो दोषी ठहरिनेछ।
5
“‘जब कुनै मानिस त्यस्ता कुरामध्ये एउटामा दोषी ठहरिन्छ, तब आफूले गरेको पाप त्यसले स्वीकार गर्नुपर्छ।
6
त्यसले गरेको त्यस पापको दण्डको निम्ति परमप्रभुको सामु बगालबाट भेड़ा अथवा बाख्राकी पाठी पापबलि स्वरूप त्यसले ल्याउनुपर्छ। पूजाहारीले त्यसको पापको लागि प्रायश्चित गर्नेछन्।
7
“‘पाठी ल्याउने त्यसको औकात पुग्दैन भने, त्यसले आफूले गरेको त्यस पापको दण्डको निम्ति दुई वटा ढुकुर कि परेवाका दुई वटा बचेरा परमप्रभुकहाँ ल्याओस्— एउटा पापबलि र अर्को होमबलिको निम्ति।
8
त्यसले पूजाहारीकहाँ ती ल्याओस्। तिनले एउटाचाहिँ पापबलिको निम्ति पहिले चढ़ाउनेछन्। त्यसले त्यसको घाँटीमा समातेर टाउको निमोठोस्, तर त्यसलाई चुँड़ाइ नहालोस्।
9
अनि वेदीको पाटामा पापबलिको रगतबाट पूजाहारीले केही छर्कून्, र बाँकी रगतचाहिँ वेदीको आधारमा निथारिओस्। यो पापबलि हो।
10
त्यसपछि पूजाहारीले अर्कोचाहिँ होमबलिको निम्ति विधिपूर्वक चढ़ाउनेछन्। त्यसले गरेको पापको निम्ति यसरी पूजाहारीले प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ।
11
“‘तर दुई वटा ढुकुर कि परेवाका दुई वटा बचेरा ल्याउने पनि त्यसको औकात पुग्दैन भने, त्यसले जे कुरामा पाप गरेको हो, त्यसको निम्ति आफ्नो भेटी स्वरूप आधा पाथी मसिनो पीठो पापबलिको लागि ल्याओस्। त्यसले त्यसमा तेल वा धूप राख्नुहुँदैन, किनभने यो पापबलि हो।
12
त्यसले त्यो पूजाहारीकहाँ ल्याओस्। अनि पूजाहारीले त्यसबाट सम्झना स्वरूप एक मुट्ठी लिएर परमप्रभुको निम्ति अग्निहोममाथि वेदीमा जलाऊन्। यो पापबलि हो।
13
त्यसले ती कुरामध्ये जुनसुकै पनि विषयमा पाप गरेको छ, पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ। बाँकी रहेको भेटीचाहिँ अन्नबलिझैँ पूजाहारीको हुनेछ’।”
14
फेरि परमप्रभुले मोशालाई यसो भन्नुभयो,
15
“जब कसैले अपराध गरेर परमप्रभुका पवित्र कुराहरूका विषयमा अजानमा पाप गर्छ, तब त्यसले परमप्रभुकहाँ पवित्रस्थानको शेकेलको हिसाबले चाँदीको ठीक दाममा बगालबाट निष्खोट भेड़ा आफ्नो दण्डको निम्ति ल्याओस्। यो दोषबलि हो।
16
त्यसले पवित्र कुरामा जे चुकेको छ त्यसको भर्ना दिनुपर्छ, र त्यसको पाँचौँ भाग अझै थप्नुपर्छ, र पूजाहारीलाई त्यो सबै दिनुपर्छ। पूजाहारीले दोषबलिको भेड़ाद्वारा त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ।
17
“कसैले परमप्रभुबाट मनाही भएको कुनै कुरा गरेर पाप गर्यो भने, त्यसलाई सो थाहा नभए तापनि त्यो दोषी हुन्छ, र त्यो त्यसको लागि दोषी हुनेछ।
18
ठीक मोलबमोजिम त्यसको बगालबाट एउटा निष्खोट भेड़ा आफ्नो दोषबलिको निम्ति पूजाहारीकहाँ ल्याओस्। त्यसले थाहा नपाई अजानमा गरेको त्यसको अपराधको लागि यसरी पूजाहारीले प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ।
19
यो दोषबलि हो। परमप्रभुको विरुद्धमा अपराध गरेकोले त्यो दोषी छ।”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27