bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 16
Leviticus 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 17 →
1
हारूनका दुई छोराहरू परमप्रभुको नजिक गएर मरेपछि परमप्रभुले मोशासित कुरा गर्नुभयो।
2
परमप्रभुले मोशालाई भन्नुभयो, तेरो दाजु हारूनलाई सन्दूकमाथि भएको कृपा-आसनको सामुन्ने पर्दाभित्र महा-पवित्रस्थानमा मनपरी नआओस् भन्। नत्रता त्यो मर्ला, किनभने म कृपा-आसनमाथि बादलमा देखा पर्छु।
3
“हारून पवित्रस्थानमा यसरी बस्नुपर्छ: त्यो पापबलिको निम्ति एउटा साँढ़े र होमबलिको निम्ति एउटा भेड़ा लिएर आओस्।
4
सूती कपड़ाको पवित्र लबेदा, सूती कपड़ाको भित्री वस्त्र, सूती कपड़ाको पटुका, र सूती कपड़ाको फेटा पहिरेर आओस्। ती पवित्र लुगा हुन्। यसकारण त्यसले पानीमा नुहाएर मात्र ती लगाओस्।
5
त्यसले इस्राएलीहरूको समुदायबाट पापबलिको निम्ति दुई वटा बोका र होमबलिको निम्ति एउटा भेड़ा ल्याओस्।
6
“त्यसपछि हारूनले आफ्नो पापबलिको निम्ति साँढ़े चढ़ाओस्, र आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गरोस्।
7
तब त्यसले ती दुवै बोकाहरू लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु राखिदेओस्।
8
त्यसपछि हारूनले दुवै बोकामा चिट्ठा हालोस्, एउटा परमप्रभुको निम्ति र अर्कोचाहिँ छाड़ा छोडिने बोकाको निम्ति।
9
चिट्ठामा परमप्रभुको भागमा परेको बोकाचाहिँ हारूनले नजिक ल्याएर पापबलिको निम्ति त्यो चढ़ाओस्।
10
तर चिट्ठामा छाड़ा छोड्ने बोकाको भागमा परेको बोकाचाहिँ जिउँदै परमप्रभुको सामुन्ने ल्याइओस्, र त्यसपछि त्यो प्रायश्चित गर्नलाई छाड़ा हुन उजाड़-स्थानमा पठाइओस्।
11
“हारूनले आफ्नो पापबलिको साँढ़े ल्याओस्, अनि आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गरोस्। त्यसले आफ्नो पापबलिको निम्ति साँढ़े मारोस्।
12
त्यसले परमप्रभुको सामुन्नेको वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको धुपौरो र मसिनो गरी कुटेको सुगन्धित धूप मुट्ठीभरि लिएर पर्दाभित्र ल्याओस्।
13
त्यसले परमप्रभुको सामुन्नेको आगोमा धूप हालोस्, र धूपको धूवाँले गवाहीको सन्दूकमाथि भएको कृपा-आसनलाई छोपोस्, नत्रता त्यो मर्नेछ।
14
त्यसपछि त्यसले साँढ़ेको रगतबाट केही लिएर आफ्नो औँलाले कृपा-आसनमाथि छर्कोस्, अनि कृपा-आसनको सामुन्ने आफ्नो औँलाले त्यो रगत सात पल्ट छर्कोस्।
15
“तब त्यसले मानिसहरूका निम्ति पापबलिको बोका मारोस्, र त्यसको रगत पर्दाभित्र ल्याएर साँढ़ेको रगतजस्तै कृपा-आसनमाथि र कृपा-आसनको सामुन्ने छर्कोस्।
16
यसरी इस्राएलीहरूका अशुद्धि, अपराध र तिनीहरूका जम्मै पापको कारणले महा-पवित्रस्थानका निम्ति त्यसले प्रायश्चित गरोस्। तिनीहरूका अशुद्धिको बीचमा भएको भेट हुने पालको निम्ति पनि त्यसले त्यसै गरोस्।
17
जब हारून प्रायश्चित गर्नलाई महा-पवित्रस्थानमा पस्छ, त्यसले आफ्नो निम्ति, आफ्नो घरानाको निम्ति र इस्राएलको जम्मै समुदायको निम्ति प्रायश्चित गरेर नफर्कुञ्जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्।
18
“तब त्यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुन्ने त्यसको निम्ति प्रायश्चित गरोस्। अनि साँढ़े र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सीङहरूमा लगाओस्।
19
रगतबाट आफ्नो औँलाले सात पल्ट त्यसमाथि छर्केर इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस्।
20
“जब हारूनले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्चित गरिसकेको छ, तब त्यसले जिउँदो बोकाचाहिँ ल्याओस्।
21
अनि हारूनले आफ्ना दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस्, र इस्राएलीहरूका सारा अधर्म, अपराध र पाप स्वीकार गरेर बोकाको टाउकोमाथि राखिदेओस्। त्यसले ती पापहरू बोकाको टाउकोमा राखेर त्यसलाई अघिबाट खटाइराखेको मानिसको साथ उजाड़-स्थानमा पठाइदेओस्।
22
यसरी त्यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्, र त्यस मानिसले त्यस बोकालाई उजाड़-स्थानमा छोड़िदेओस्।
23
“त्यसपछि हारून भेट हुने पालमा गएर महा-पवित्रस्थानमा जाँदा त्यसले लाएका सूती लुगाहरू फुकालेर त्यहीँ छोड़ोस्।
24
त्यसले आफ्नो शरीर कहीँ चोखो ठाउँमा पानीमा नुहाओस्, र आफ्ना निज लुगाहरू लाएर आओस्। अनि आफ्नै लागि र मानिसहरूका लागि होमबलि चढ़ाईकन प्रायश्चित गरोस्।
25
पापबलिको बोसो पनि त्यसले वेदीमा जलाओस्।
26
“छाड़ा हुने बोकालाई छोड्न जानेले आफ्ना लुगा धोएर आफ्नो शरीर नुहाओस्, र त्यसपछि त्यो छाउनीमा आओस्।
27
रगतद्वारा प्रायश्चित गर्नलाई महा-पवित्रस्थानमा ल्याइएका पापबलिका साँढ़े र बोका दुवैलाई छाउनीदेखि बाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर आगोमा जलाइदिनू।
28
ती जलाउनेले आफ्नो लुगा धोएर आफ्नो शरीर नुहाओस्, र त्यसपछि त्यो छाउनीमा आओस्।
29
“तिमीहरूका निम्ति यो अनन्तको विधि होस्। सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफू-आफूलाई इन्कार गर्नू चाहे घरमा जन्मेको होस्, चाहे तिमीहरूका बीचमा वास गर्ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू,
30
किनभने त्यसै दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्चित गरिन्छ। तब परमप्रभुको सामुन्ने सबै पापबाट तिमीहरू शुद्ध हुनेछौ।
31
यो तिमीहरूका निम्ति विश्रामको शबाथ हो। तिमीहरूले आफू-आफूलाई इन्कार गर्नू। यो सदाको लागि एउटा आदेश हो।
32
अभिषेक भएको र बुबाचाहिँको सट्टामा प्रधान पूजाहारी हुनलाई जो नियुक्त भएको छ, त्यसैले प्रायश्चित गरोस्, र त्यसले पवित्र सूती लुगाहरू लगाओस्।
33
त्यसले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्चित गरोस्। अनि त्यसले पूजाहारीहरू र समुदायका सबै मानिसहरूका निम्ति पनि प्रायश्चित गरोस्।
34
“यो तिनीहरूका निम्ति अनन्तको विधि होस्: वर्षको एक पल्ट इस्राएलीहरूका सारा पापका निम्ति प्रायश्चित गरिओस्।” अनि परमप्रभुले मोशालाई आज्ञा दिनुभएझैँ त्यसरी नै गरियो।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27