bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 9
Leviticus 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 10 →
1
आठौँ दिनमा मोशाले हारून, उनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए।
2
अनि तिनले हारूनलाई भने, “आफ्नो निम्ति पापबलिको लागि एउटा निष्खोट बाछा र होमबलिको लागि एउटा निष्खोट भेड़ा लिएर परमप्रभुको सामु बलि चढ़ाऊ।
3
अनि इस्राएलीहरूलाई यसो भन, ‘तिमीहरूले पापबलिको लागि एउटा बोका र होमबलिको लागि एक वर्षे एउटा निष्खोट बाछो र निष्खोट थुमा ल्याओ।
4
परमप्रभुको सामु बलिदान गर्नलाई मेलबलिको लागि एउटा साँढ़े र एउटा भेड़ा, र तेलमा मुछेको एउटा अन्नबलि पनि ल्याओ। किनकि परमप्रभुले आज तिमीहरूलाई दर्शन दिनुहुनेछ’।”
5
मोशाले आज्ञा गरेबमोजिम तिनीहरूले सबै कुरा भेट हुने पालको सामुन्ने ल्याए, अनि सारा समुदाय परमप्रभुको नजिक आएर उभियो।
6
अनि मोशाले भने, “परमप्रभुले आज्ञा गर्नुभएको तिमीहरूले गर्नुपर्ने काम यही हो, र यसरी परमप्रभुको महिमा तिमीहरूकहाँ देखा पर्नेछ।”
7
मोशाले हारूनलाई भने, “वेदीको नजिक आएर आफ्नो पापबलि र होमबलि चढ़ाऊ, अनि आफ्नो निम्ति र मानिसहरूका निम्ति प्रायश्चित गर। परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मानिसहरूले ल्याएका बलि चढ़ाएर तिनीहरूका निम्ति प्रायश्चित गर।”
8
तब वेदीको नजिक आएर हारूनले आफ्नै निम्ति पापबलिको बाछा मारे।
9
हारूनका छोराहरूले रगत उनीकहाँ ल्याइदिए। उनले आफ्नो औँला रगतमा चोपेर वेदीका सीङहरूमा लगाए, र बाँकी रगतचाहिँ वेदीको आधारमा खन्याइदिए।
10
पापबलिको बोसो, मिर्गौला, र कलेजो ढाक्ने मासु उनले वेदीमा जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
11
तर मासु र छालाचाहिँ उनले छाउनीबाहिर आगोमा जलाइदिए।
12
तब हारूनले होमबलि मारे, र उनका छोराहरूले रगत उनीकहाँ ल्याइदिए, र उनले वेदीको वरिपरि त्यो छर्के।
13
तिनीहरूले होमबलि टुक्रा-टुक्रा पारेर टाउकैसमेत उनीकहाँ ल्याइदिए, र उनले त्यो वेदीमा जलाइदिए।
14
उनले आन्द्रा-भुँड़ी र खुट्टा पखालेर वेदीको होमबलिमा जलाइदिए।
15
त्यसपछि मानिसहरूका निम्ति बलि ल्याएर तिनीहरूका पापबलिको बोका हारूनले मारे, र पहिलेको जस्तै पापबलिको लागि त्यो चढ़ाए।
16
त्यसपछि उनले होमबलि लिएर विधिपूर्वक त्यो चढ़ाए।
17
अनि अन्नबलि लिएर त्यसबाट मुट्ठीभरि वेदीमा बिहानको होमबलिबाहेक त्यो पनि चढ़ाए।
18
मानिसहरूका निम्ति मेलबलिको साँढ़े र भेड़ा पनि हारूनले मारे। उनका छोराहरूले रगत लिएर उनलाई दिए, अनि उनले त्यो वेदीको वरिपरि छर्के।
19
तर साँढ़े र भेड़ाको बोसो— बोसे-पुच्छर, आन्द्रा-भुँड़ी ढाक्ने बोसो, मिर्गौलाहरू र कलेजो ढाक्ने मासु—
20
तिनीहरूले ह्याकुलाहरूमाथि राखे, अनि उनले बोसोचाहिँ वेदीमा जलाए।
21
ह्याकुलाहरूसमेत दाहिने साँप्रोचाहिँ मोशाले अह्राएबमोजिम हारूनले डोलाइने बलिको लागि परमप्रभुको सामु डोलाए।
22
तब हारूनले आफ्ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढ़ाएर उनी तल ओर्ले।
23
तब मोशा र हारून भेट हुने पालभित्र प्रवेश गरे, अनि निस्केर मानिसहरूलाई आशीर्वाद दिए। अनि परमप्रभुको महिमा सबै मानिसहरूमा देखा पर्यो।
24
परमप्रभुको सामुन्नेबाट आगो निस्केर वेदीमा रहेको होमबलि र बोसोलाई भस्म पार्यो। जब मानिसहरूले यो देखे, तब तिनीहरू खुशीले कराएर घोप्टो परेर लोटे।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27