bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 17
Leviticus 17
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 18 →
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“हारून, त्यसका छोराहरू र सबै इस्राएलीहरूलाई भन्: ‘परमप्रभुले आज्ञा गर्नुभएको यही हो:
3
इस्राएलीहरूमा जसले छाउनीभित्र वा बाहिर साँढ़े, भेड़ाका पाठा कि बाख्रा जे मार्ला,
4
र भेट हुने पालको ढोकामा परमप्रभुका पवित्र वासस्थानको सामुन्ने बलि चढ़ाउनलाई ल्याउँदैन, त्यस मानिसलाई रगतको दोष लागोस्। त्यसले रगत बगाएको छ। त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत होस्।
5
यो आज्ञा यस हेतुले दिइएको हो, कि इस्राएलीहरूले आफ्ना बलि बाहिर मैदान हुँदो नचढ़ाऊन्। तिनीहरूले पूजाहारीकहाँ भेट हुने पालमै ल्याएर ती परमप्रभुकहाँ मेलबलिको रूपमा चढ़ाउनुपर्छ।
6
पूजाहारीले त्यो रगतचाहिँ भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्कून्, र बोसोचाहिँ परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई जलाऊन्।
7
तिनीहरूले अब बाख्रारूपी मूर्तिहरूलाई पुजेर आफ्ना बलिदानले आफैलाई वेश्या नबनाऊन्। तिनीहरू र तिनीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्।’
8
“तैंले तिनीहरूलाई भन्: ‘इस्राएलीहरू अथवा तिनीहरूसँग वास गर्ने परदेशीहरूले होमबलि वा बलिदान चढ़ाउँदा
9
जसले त्यो परमप्रभुको निम्ति चढ़ाउन भेट हुने पालको ढोकामा ल्याउँदैन, त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्।
10
“‘इस्राएलीहरू वा तिनीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले रगत खायो भने, त्यो रगत खानेको म विरोध गर्नेछु, र त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिदिनेछु,
11
किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगतचाहिँ वेदीमा तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसका जीवनको निम्ति प्रायश्चित गरिन्छ।
12
यसकारण तिमीहरू अथवा तिमीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले पनि रगत नखानू भनी मैले इस्राएलीहरूलाई भनेको हुँ।
13
“‘इस्राएलीहरू वा तिमीहरूसँग वास गर्ने परदेशीहरूमध्ये जसले शिकार खेलेर खानु हुने कुनै पशु कि पक्षी समात्छ, त्यसले त्यसको सबै रगत निथारेर माटोले ढाकिदेओस्।
14
किनभने सबै जीवधारीको प्राण तिनीहरूको रगतमा हुन्छ। यसैकारण मैले इस्राएलीहरूलाई भनेको छु: “कुनै जीवधारीको रगत तिमीहरूले नखानू, किनभने सबै जीवधारीको प्राण तिनीहरूको रगतमा हुन्छ। त्यो खाने जोसुकै पनि बहिष्कार गरिनेछ।”
15
“‘स्वदेशी होस् वा परदेशी होस् जसले आफै मरेको वा जङ्गली जनावरले फहराएको पशुको मासु खान्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ र आफै पानीमा नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसपछि त्यो शुद्ध हुनेछ।
16
तर त्यसले लुगा धोएन र आफै पनि नुहाएन भने त्यसको लागि त्यो आफै उत्तरदायी हुनेछ’।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27