bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 18
Leviticus 18
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 19 →
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“इस्राएलीहरूलाई भन्: ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
3
तिमीहरूले प्रवास गरेको मिश्रीका रीतिथिति नमान्नू। अनि अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु, यसकारण त्यहाँका रीतिथिति र विधिहरू पनि नमान्नू।
4
तिमीहरूले मेरा विधान र विधिहरू पालन गरेर त्यसअनुसार चल्नुपर्छ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
5
तिमीहरूले मेरा यी विधिविधानहरू पालन गर्नू, किनभने ती पालन गर्ने मानिस तीद्वारा जीवित रहनेछ। म परमप्रभु हुँ।
6
“‘तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको साइनो पर्नेसित सहवास नगरोस्। म परमप्रभु हुँ।
7
“‘तेरी आमासित सहवास गरेर आफ्ना बुबालाई शर्ममा नपार्। त्यो तेरी आमा हो। त्यससित तैंले सहवास नगर्।
8
“‘तैंले आफ्ना बुबाकी पत्नीसित सहवास नगर्। त्यसो गर्नाले तैंले आफ्ना बुबाको अपमान गर्छस्।
9
“‘तैंले आफ्नी साक्खै दिदी-बहिनी अथवा आफ्ना आमा वा बुबापट्टिकी झट्केली छोरीसित सहवास नगर्— त्यो आफ्नै घरमा होस् कि बाहिर जन्मेर बढ़ेकी होस्।
10
“‘आफ्नो छोरापट्टिकी होस् कि छोरीपट्टिकी होस्, तैंले आफ्नी नातिनीसित सहवास नगर्। त्यसबाट तैंले आफ्नै अपमान गर्नेछस्।
11
“‘तैंले आफ्नी सौतिनी आमापट्टिकी छोरीसित सहवास नगर्। त्यो तेरी बहिनी हो।
12
“‘तैंले आफ्नी फुपूसित सहवास नगर्। त्यो तेरा बुबाकी नजिककी नातेदार हो।
13
“‘तैंले आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर्। त्यो तेरी आमाकी नजिककी नातेदार हो।
14
“‘तैंले तेरी बड़ी-आमा कि काकीसित सहवास गरेर आफ्ना बुबाका दाजुभाइको अपमान नगर्। त्यो तेरी बड़ी-आमा अथवा काकी हो।
15
“‘तैंले आफ्नी बुहारीसित सहवास नगर्। त्यो तेरो छोराकी पत्नी हो। तैंले त्यससित सहवास नगर्।
16
“‘तैंले आफ्नी भाउजू वा भाइबुहारीसित सहवास गरेर आफ्नो दाजुभाइको अपमान नगर्।
17
“‘कुनै स्त्री र त्यसकी छोरी दुवैसित तैंले सहवास नगर्। अनि त्यसको छोरा अथवा छोरीपट्टिकी नातिनीसित पनि सहवास नगर्। तिनीहरू नजिकका नातेदार हुन्। त्यसो गर्नु दुष्टता हो।
18
“‘तैंले आफ्नी पत्नीकै जीवनकालमा त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर सहवास नगर्।
19
“‘कुनै स्त्रीका रजस्वलाको समयमा त्यससित सहवास नगर्।
20
“‘तैंले परस्त्रीसित सहवास नगर्। त्यसरी तैंले आफूलाई अशुद्ध नपार्।
21
“‘आफ्ना छोराछोरी मोलोखको निम्ति आगोमा चढ़ाएर आफ्ना परमेश्वरको नाउँ अपवित्र नपार्। म नै परमप्रभु हुँ।
22
“‘स्त्रीहरूसँगझैँ पुरुषसँग सम्भोग नगर्। त्यो घृणित कार्य हो।
23
“‘कुनै पशु-प्राणीसित सम्भोग गरेर तैंले आफूलाई अशुद्ध नगर्। स्त्री पनि सम्भोग गर्नलाई पशु-प्राणीसित नसुतोस्। त्यो अस्वाभाविक दुराचरण हो।
24
“‘यस्ता सबै कामहरूद्वारा तिमीहरू आफैलाई अशुद्ध नपार। म तिमीहरूका सामुन्नेबाट जुन जातिहरूलाई निकाल्दैछु तिनीहरू यी सबै कुरामा नै अशुद्ध भएका छन्।
25
त्यसरी नै त्यो देश अशुद्ध भएको हो। अनि मैले त्यसमाथि त्यसका अधर्मको दण्ड उठाएँ, र देशले आफ्ना बासिन्दाहरूलाई उकेलेर फ्याँकिदियो।
26
तर चाहे स्वदेशी होस्, चाहे तिमीहरूका बीचमा प्रवास गर्ने परदेशी होस्, तिमीहरूले मेरा विधिविधानहरू पालन गर्नू, र यस्ता घिनलाग्दा कामहरू नगर्नू।
27
किनभने यस्तै सबै घिनलाग्दा कामहरू त्यस देशका पूर्वबासिन्दाहरूले गरे, र त्यो देश अशुद्ध भयो।
28
मेरा विधिविधान पालन नगरेर यदि तिमीहरूले त्यस देशलाई अशुद्ध पार्यो भने त्यसका पूर्वबासिन्दालाई झैँ तिमीहरूलाई पनि त्यसले उकेलेर फ्याँकिदिनेछ।
29
“‘कसैले यीमध्ये कुनै घृणित काम गर्यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्।
30
यसकारण अघि-अघिकाहरूले गरिआएका घृणित काम तिमीहरूले चाहिँ नगर्नू र आफैलाई अशुद्ध नगर्नू भनी मैले दिएका आदेश पालन गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’।”
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27