bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 25
Leviticus 25
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 26 →
1
परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्नुभयो,
2
“इस्राएलीहरूलाई यसो भन्: ‘मैले तिमीहरूलाई दिने देशमा तिमीहरू पुगेपछि भूमिले पनि परमप्रभुको निम्ति एउटा शबाथ मनाओस्।
3
छ वर्ष आफ्नो खेत रोप्नू। छ वर्ष आफ्ना दाखबारीहरू छिँवल्नू, र तिनका फलहरू बटुल्नू।
4
तर सातौँ वर्षमा भूमिलाई विशेष शबाथ होस्— परमप्रभुको निम्ति एउटा शबाथ। सातौँ वर्षमा तिमीहरूले खेत नरोप्नू, दाखबारी नछिँवल्नू,
5
तिमीहरूको फसलमा आफै उम्रेको उब्जनी नकाट्नू, नछिँवलेको बोटका दाखहरू जम्मा नगर्नू। भूमिलाई त्यो विशेष विश्रामको वर्ष होस्।
6
त्यस भूमिले विश्रामको वर्षमा दिएको उब्जनी नै तिमीहरूका निम्ति, तिमीहरूका दास-दासी, नोकर-चाकर, तिमीहरूसँग बसोबास गर्ने परदेशी,
7
तिमीहरूका गाईबस्तु, र देशका पशुपक्षीका लागि खाना हुनेछ। त्यस वर्षमा देशको सबै उब्जनी खाए पनि हुन्छ।
8
“‘तिमीहरूले आफ्नो लागि सात शबाथका वर्षहरू, अर्थात् सात गुणा सात वर्ष गन्नू। तब सात शबाथका वर्ष, अर्थात् उनन्चास वर्ष हुनेछ।
9
अनि सातौँ महिनाको दशौँ दिन चर्को बज्ने तुरही बजाउन लगाउनू। प्रायश्चितको दिनमा तिमीहरूको देशभरि त्यो तुरही बजाउन लगाउनू।
10
पचासौँ वर्षलाई पवित्र मान्नू, र सारा देशका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। त्यो तिमीहरूका लागि पुनर्स्थापनको वर्ष होस्, र हरेक मानिस आफ्नो जग्गाजमिन र आफ्नो परिवारमा फर्कोस्।
11
त्यो पचासौँ वर्ष तिमीहरूको निम्ति पुनर्स्थापनको वर्ष हुनेछ। त्यो वर्ष तिमीहरूले केही नरोप्नू, अनि आफै उम्रेका अन्न-बालीहरूको कटनी नगर्नू, नछिँवलेका लहराहरूबाट दाखहरू जम्मा नगर्नू।
12
किनभने यो पुनर्स्थापनको वर्ष हो। त्यो तिमीहरूका लागि पवित्र होस्। खेतमा आफै उम्रेको उब्जनी तिमीहरूले त्यस वर्ष खानेछौ।
13
“‘त्यस पुनर्स्थापनको वर्षमा हरेक मानिस आफ्नो जग्गाजमिनमा फर्कोस्।
14
“‘आफ्नो छिमेकीसित जमिनको किनबेच गर्दा एक-अर्कालाई अन्याय नगर्नू।
15
पुनर्स्थापनको वर्षको पछिका वर्षहरू हिसाब गरेर तिमीहरूले छिमेकीसित किन्नू, र बाँकी वर्षका उब्जनीको हिसाब गरेर त्यसले तिमीहरूलाई बेचोस्।
16
जति धेरै वर्ष बाँकी रहन्छ त्यति दाम तिमीहरूले बढ़ाउनू, र जति थोरै वर्ष बाँकी रहन्छ त्यति नै तिमीहरूले घटाउनू, किनभने उब्जनीको हिसाबअनुसार त्यो जमिन त्यसले तिमीहरूलाई बेचेको हो।
17
तिमीहरूले एक-अर्काबाट फाइदा नउठाउनु। तर तिमीहरूले आफ्ना परमेश्वरको भय मान्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
18
“‘तिमीहरूले मेरा विधिविधानहरू पालन गरेर ती पूरा गर। तब तिमीहरू त्यस देशमा सुरक्षित रहनेछौ।
19
भूमिले आफ्नो उब्जनी दिनेछ, र खानु-पिउनुमा तिमीहरूलाई दु:ख हुनेछैन, अनि तिमीहरू देशमा निर्धक्क बस्न पाउनेछौ।
20
“बाली नलगाई, फसल नउठाई सातौँ वर्षमा चाहिँ हामीले के खाने?” भनी तिमीहरू भन्छौ भने,
21
छैटौँ वर्षमा म आफ्नो आशिष् तिमीहरूलाई दिनेछु, र भूमिले तीन वर्षको फसल उब्जाउनेछ।
22
तिमीहरूले आठौँ वर्षमा रोपाइँ गर्दा, पुरानै उब्जनी खाँदैरहनू। नवौँ वर्षमा बाली नलागेसम्म तिमीहरूले त्यो पुरानै अन्न खाँदैरहनू।
23
“‘जमिन सधैँको निम्ति नबेच्नू। किनभने जमिनचाहिँ मेरो हो। तिमीहरू त परदेशी र प्रवासी भई मसित बसेका छौ।
24
तिमीहरूको अधिकारमा आएको जग्गाजमिन फेरि निखन्न दिनू।
25
“‘यदि गरीबीले गर्दा छिमेकीहरूमध्ये कसैले आफ्नो जग्गाजमिनको कुनै हिस्सा बेच्नुपर्यो भने, त्यसको नजिकको आफन्त आएर त्यो निखनोस्।
26
तर कसैको यसरी निखनिदिने कोही छैन र त्यो आफै पछि धनी भएर निखन्न सक्छ भने,
27
त्यसले त्यो बेचेको वर्षहरू गनोस्, र जसलाई बेचेको हो त्यस बाँकी वर्षका उब्जनीको दाम फर्काइदेओस्। अनि त्यो आफ्नो जमिनमा फर्कोस्।
28
तर आफैले उकास्ने त्यसको औकात पुगेन भने पुनर्स्थापनको वर्षसम्म किन्नेकै हातमा त्यो जमिन रहनेछ। अनि पुनर्स्थापनको वर्षमा त्यो फिर्ता गरिओस्। त्यसपछि त्यो मानिसचाहिँ आफ्नो जग्गाजमिनमा जान सक्छ।
29
कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्नो घर बेच्यो भने, बेचेको एक वर्षभित्र त्यो निखन्न पाउनेछ। त्यसलाई यो अधिकार एक वर्षसम्म हुन्छ।
30
तर एक वर्षभित्रमा त्यो निखन्न सकेन भने किन्ने र त्यसका भावी सन्तानका निम्ति त्यो घर स्थायी सम्पत्ति बनोस्। पुनर्स्थापनको वर्षमा पनि त्यो फिर्ता हुनेछैन।
31
तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ देशका अन्य जग्गाजमिनजस्तै ठान्नू। तीचाहिँ निखन्न सकिन्छ, अनि पुनर्स्थापनको वर्षमा फिर्ता गर्न सकिन्छ।
32
“‘लेवी कुलको अधिकारका आफ्नै सहरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनै बेला पनि निखन्न सक्छन्।
33
लेवी कुलको अधिकारमा भएका सहरहरूमा कुनै लेवीले आफैले बेचेको घर फिर्ता लिन सकेन भने पुनर्स्थापनको वर्षमा त्यो त्यसलाई फिर्ता गरिओस्, किनभने लेवीका सहरमा भएका घरहरूचाहिँ इस्राएलमा तिनीहरूको पैतृक-सम्पत्ति हुन्।
34
तर तिनीहरूका सहरबाहिरका चरनहरू बेच्न पाइँदैन, किनभने ती तिनीहरूका स्थायी सम्पत्ति हुन्।
35
“‘यदि तिमीहरूका इस्राएली दाजुभाइमध्ये कोही अति गरीब भएर आफ्नो देखभाल गर्न सकेन भने, तिमीहरूले नै परदेशी पाहुनालाई जस्तै गरी त्यसलाई सहायता दिनू, कि त्यो तिमीहरूसित बसिरहन सकोस्।
36
त्यसलाई ऋण दिँदा ब्याज वा नाफा नलिनू। तिमीहरूले आफ्ना परमेश्वरको भय मान्नू, र तिमीहरूको दाजुभाइ तिमीहरूसितै बसिरहोस्।
37
त्यसलाई तिमीहरूले ब्याजमा रुपियाँ नदिनू। खानेकुरो पनि त्यसलाई नाफा नगरी दिनू।
38
तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्वर हुनलाई मिश्रबाट तिमीहरूलाई निकालेर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
39
“‘यदि तिमीहरूको कोही इस्राएली दाजुभाइले अति गरीब भएको कारण आफैलाई तिमीहरूको हातमा बेच्यो भने कमारालाई जस्तो त्यसलाई काममा नलगाउनू।
40
त्यो तिमीहरूसँग नोकर कि परदेशी पाहुनाजस्तै भएर बसोस्, र पुनर्स्थापनको वर्षसम्म तिमीहरूसँग बसी त्यसले तिमीहरूको चाकरी गरोस्।
41
त्यसपछि त्यो र त्यसका बालबच्चा तिमीहरूबाट छुटेर आफ्नो परिवार र जायजेथामा फर्कोस्।
42
किनकि मैले मिश्रबाट निकालेर ल्याएका ती मेरै दास-दासीहरू हुन्। तिनीहरू कमारा-कमारीहरूजस्तै नबेचिऊन्।
43
तिमीहरूले तिनीहरूमाथि कठोर व्यवहारले शासन नगर्नू, तर तिमीहरूका परमेश्वरको भय मान्नू।
44
“‘तिमीहरूका कमारा-कमारीचाहिँ वरिपरिका जातिहरूबाटै किनेर ल्याउनू।
45
तिमीहरूसँग बस्ने परदेशी र तिमीहरूको देशमा जन्मेका तिनीहरूका सन्तानहरूलाई पनि तिमीहरूले किनेर आफ्नो बनाउन सक्छौ।
46
आफ्ना भावी सन्तानको अधिकार र निज धन तुल्याउनलाई पनि तिनीहरूबाटै कमारा-कमारीहरू ल्याए हुन्छ, तर इस्राएली दाजुभाइहरूमाथि कठोर व्यवहारले शासन नगर्नू।
47
“तिमीहरूकै कोही गरीब दाजुभाइले तिमीहरूका बीचमा वास गर्ने धनी भएको परदेशी वा प्रवासीको वा त्यसको परिवारको हातमा आफैलाई बेच्यो भने,
48
त्यो बेचिएपछि निखन्न सकिन्छ। त्यसकै दाजुभाइमध्येको कसैले त्यसलाई निखन्न सक्छ।
49
त्यसकै काका, दाजुभाइ, अर्थात् कोही नजिकको साइनो पर्ने कसैले त्यसलाई निखनोस्। अथवा पछि त्यसको औकात पुग्यो भने त्यसले आफैलाई निखनोस्।
50
त्यस मानिस मालिककहाँ बेचिएको वर्षदेखि पुनर्स्थापनको वर्षसम्म जोड़ेर त्यति सालसम्मको ज्यालादारको मोलअनुसार त्यसले तिरोस् र आफ्नो मालिकसँग आफैलाई निखनोस्।
51
पुनर्स्थापनको वर्ष आउनलाई धेरै वर्ष बाँकी छ भने, आफू किनिएको जम्मा मोलबाट हिसाब गरेर त्यसले छुटकाराको निम्ति बढ्ता दाम फर्काइदेओस्।
52
यदि पुनर्स्थापनको वर्ष आउनलाई थोरै मात्र बाँकी छ भने, त्यसले त्यसअनुसार हिसाब गरेर आफ्नो छुटकाराको दाम फिर्ता देओस्।
53
ज्यालादारी नोकरजस्तै भएर प्रवासी मालिकसँग त्यो बसोस्, र उसले त्यसमाथि कठोर व्यवहारले शासन नगरोस् भनी तिमीहरूले ख्याल राख्नू।
54
“‘यी उपायहरूबाट पनि त्यसको छुटकारा भएन भने, त्यो त्यसका छोराछोरीहरूसँगै पुनर्स्थापनको वर्षमा निस्केर जाऊन्।
55
किनभने इस्राएलीहरू मेरै दास-दासीहरू हुन्। मैले नै मिश्रबाट तिनीहरूलाई निकालेर ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27