bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 11
John 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 12 →
1
बेथानिया गाउँमा लाजरस नाउँ भएका मानिस बिरामी भएका थिए। त्यही गाउँमा मरियम र उनकी दिदी मार्था बसेका थिए।
2
यिनै मरियमले एकपल्ट येशूको पाउमा अत्तर खन्याएर आफ्नो कपालले पुछेकी थिइन् र बिरामी भएका लाजरसचाहिँ ती दुई दिदी-बहिनीका भाइ थिए।
3
मार्था र मरियमले “प्रभु, जसलाई तपाईं माया गर्नुहुन्छ, तिनी बिरामी छन्,” भन्ने खबर येशूकहाँ पठाए।
4
यो खबर सुनेर येशूले भन्नुभयो, “लाजरस बिरामी छन्, तर अन्तमा उनी मर्नेछैनन्। उनी बिरामी भएको त परमेश्वरको महिमाको निम्ति हो र यसैद्वारा मानिसहरूले परमेश्वरको पुत्रको पनि महिमा गर्नेछन्।”
5
येशूले मार्था, मरियम र लाजरसलाई धेरै माया गर्नुहुन्थ्यो।
6
तैपनि बिरामी भएको खबर सुनेपछि उहाँ आफू हुनुभएको ठाउँमा अझै दुई दिन बस्नुभयो।
7
त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “अब हामी फेरि यहूदिया क्षेत्रमा जाऔं।”
8
चेलाहरूले भने, “गुरुज्यू, केही दिनअघि मात्र त्यहाँ यहूदी अगुवाहरूले तपाईंलाई ढुङ्गाले हानेर मार्न खोजेका थिए। फेरि तपाईं त्यही ठाउँमा जान खोज्दै हुनुहुन्छ?”
9
येशूले भन्नुभयो, “दिनमा बाह्र घण्टा हुन्छ, होइन र? दिउँसो हिँड्ने मानिसलाई चाहिँ ठेस लाग्दैन किनभने उसले घामको उज्यालो पाएको हुन्छ।
10
तर रातमा हिँड्नेलाई ठेस लाग्छ किनभने रातमा त ऊसँग उज्यालो हुँदैन।”
11
त्यसपछि येशूले भन्नुभयो, “हाम्रा साथी लाजरस निद्रामा परेका छन्। अब म उनलाई बिउँझाउन जान्छु।”
12
चेलाहरूले भने, “प्रभु, यदि उनी निदाएका छन् भने त निको हुनेछन्!”
13
येशूको भनाइको अर्थचाहिँ ‘लाजरस मरिसके’ भन्ने थियो। तर चेलाहरूले चाहिँ लाजरस साँच्चै निदाएका मात्रै छन् भन्ने सम्झेका थिए।
14
त्यसकारण येशूले सिधै भन्नुभयो, “लाजरस मरिसकेका छन्।
15
तर तिमीहरूको विश्वास बढोस् भनेर नै म त्यहाँ तुरुन्तै नगएको हो। त्यसैले मलाई खुसी लागेको छ। अब हिँड, हामी उनीकहाँ जाऔं।”
16
येशूका चेलाहरूमध्ये दिदुमस भन्ने थोमाले आफ्ना साथीहरूलाई भने, “गुरुज्यूसँगै जाऔं र मर्नुपरे पनि मरौं।”
17
येशू बेथानियामा आइपुग्नुहुँदा लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको थियो।
18
बेथानिया यरूशलेम सहरबाट तीन किलो मिटर जति टाढा पर्थ्यो।
19
यहूदिया क्षेत्रबाट धेरै मानिसहरू मार्था र मरियमलाई भाइ मरेको दु:खमा सान्त्वना दिन आएका थिए।
20
येशू आउँदै हुनुहुन्छ भनेको सुनेर मार्था उहाँलाई बाटैमा भेट्न गइन्, तर मरियमचाहिँ घरमै बसिन्।
21
येशूलाई भेटेर मार्थाले भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्ने थिएन।
22
तर अहिले पनि म जान्दछु, तपाईंले जे मागे पनि परमेश्वरले तपाईंलाई दिनुहुन्छ।”
23
येशूले मार्थालाई भन्नुभयो, “तिम्रो भाइ फेरि बिउँतनेछ।”
24
मार्थाले भनिन्, “हुन त हो प्रभु, संसारको आखिर दिनमा मरेकाहरू सबै बिउँतदा ऊ पनि बिउँतनेछ भन्ने मलाई थाहा छ।”
25
येशूले भन्नुभयो, “मरेकाहरूलाई बिउँताउने र जीवन दिने म नै हुँ। मलाई विश्वास गर्ने जोसुकै होस्, मरे पनि बाँच्नेछ!
26
मलाई विश्वास गरेर बाँचेपछि ऊ फेरि कहिल्यै पनि मर्नेछैन। के तिमी यो कुरा विश्वास गर्छ्यौ?”
27
मार्थाले भनिन्, “ज्यू प्रभु, तपाईं संसारमा आउनुहुने परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ भनेर म विश्वास गर्छु।”
28
यति भनेर मार्था गइन् र मरियमलाई सुटुक्क बोलाएर भनिन्, “गुरुज्यू आइपुग्नुभयो र तिमीलाई बोलाउँदै हुनुहुन्छ।”
29
यो कुरा सुन्नेबित्तिकै मरियम उहाँलाई भेट्न उठेर गइहालिन्।
30
त्यति बेलासम्म येशू गाउँमा आइपुग्नुभएको थिएन। उहाँ मार्थाले भेटेको ठाउँमा नै हुनुहुन्थ्यो।
31
भाइ मरेको शोकमा सान्त्वना दिन आएका मानिसहरूले मरियमलाई हतारिएर गएकी देखे। भाइको चिहानमा रुन गएकी हुन् कि भन्ने सम्झेर तिनीहरू उनको पछि-पछि लागे।
32
येशू भएको ठाउँमा पुग्दाखेरि मरियमले उहाँको पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो त मेरो भाइ मर्ने थिएन।”
33
मरियम रोइरहेकी थिइन् र तिनीसँग आएका मानिसहरू पनि रोइरहेका थिए। यो देखेर येशू हृदयदेखि नै दु:खी हुनुभयो
34
र सोध्नुभयो, “तिमीहरूले लाजरसलाई कुन चिहानमा राख्यौ?” तिनीहरूले भने, “प्रभु, आएर हेर्नुहोस्।”
35
त्यति बेला येशू पनि रुनुभयो।
36
यो देखेर भेला भएका मानिसहरूले एक-अर्कासँग भने, “हेर, उहाँले लाजरसलाई कति धेरै माया गर्नुहुन्थ्यो!”
37
तर कसै-कसैले भने, “के अन्धालाई आँखा देख्ने बनाउने यिनै होइनन् र? के यिनले लाजरसलाई मर्नदेखि बचाउन सक्दैनथे र?”
38
येशू फेरि हृदयदेखि नै दु:खी हुनुभयो र चिहानतिर जानुभयो। त्यो एउटा गुफा थियो र त्यसको मुख ठूलो ढुङ्गाले ढाकिएको थियो।
39
“येशूले भन्नुभयो, त्यस ढुङ्गालाई हटाइदेओ।” लाजरसकी दिदी मार्थाले भनिन्, “प्रभु, उसलाई चिहानमा राखेको त आज चार दिन भयो, यति बेलासम्म त गनाइसक्यो होला।”
40
येशूले तिनलाई भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महान् शक्ति देख्नेछ्यौ भनेर मैले भनेको होइनँ र?”
41
तिनीहरूले चिहानको मुखबाट ढुङ्गा हटाए अनि येशूले स्वर्गतिर हेरेर भन्नुभयो, “धन्यवाद छ पिता, तपाईंले मेरो बिन्ती सुन्नुभयो।
42
तपाईंले मेरो कुरा सधैँ सुन्नुहुन्छ, त्यो मलाई थाहा छ। तपाईंले मलाई संसारमा पठाउनुभएको हो भन्ने कुरा यहाँ भएका मानिसहरूले विश्वास गरून् भनेर म तपाईंलाई यो बिन्ती चढाउँदै छु।”
43
यति भनिसकेपछि येशूले ठूलो सोरमा बोलाउनुभयो, “हे लाजरस, बाहिर आऊ।”
44
तब मरेको लाजरस उठेर बाहिर आए। उनी टाउकोदेखि खुट्टासम्मै कात्रोले बेरिएका थिए। येशूले मानिसहरूलाई भन्नुभयो, “कात्रो फुकाएर उनलाई जान देओ।”
45
येशूले गर्नुभएको यो काम देखेर मरियमलाई भेट्न आएका धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे।
46
तर कतिले चाहिँ फरिसीहरूकहाँ गएर येशूले गर्नुभएको कामको बारेमा सुनाइदिए।
47
त्यति बेला मुख्य पूजाहारी र फरिसीहरूले यहूदी महासभा बोलाएर सल्लाह गर्दै भने, “अब हामीले के गरौं? त्यो मानिसले त धेरै अचम्मका कामहरू गर्दै छ।
48
यदि हामीले त्यसलाई यसो गर्न दिइरह्यौं भने सबै मानिसहरूले त्यसलाई विश्वास गर्नेछन् अनि रोमी सेनाहरू आएर हाम्रो मन्दिरलाई भत्काउनेछन् र हामी यहूदी जातिलाई पनि नाश गर्नेछन्।”
49
तिनीहरूमध्ये एक जना कैयाफा नाउँ गरेका मानिस थिए। उनी नै त्यस वर्षका प्रधान पूजाहारी थिए। उनले भने, “तिमीहरू बुझ्दैबुझ्दैनौ।
50
पूरा जाति नाश हुनुभन्दा त जनताको लागि एक जना मात्रै मर्नु बेस हो भन्ने कुरा तिमीहरूलाई थाहा छैन?”
51
यो कुरा उनले आफ्नै तर्फबाट भनेका थिएनन्, तर उनी त्यस वर्षको प्रधान पूजाहारी भएको हुनाले येशू यहूदी जातिका लागि मर्नुहुनेछ भन्ने कुरा उनले भविष्यवाणी गरेका थिए।
52
यहूदीहरूका लागि मात्र होइन, तर तित्तर-बित्तर भएका परमेश्वरका सन्तानहरूलाई ल्याएर एकैसाथ जम्मा गर्न येशू मर्नुहुनेछ भनेका थिए।
53
त्यसै दिनदेखि यहूदी अगुवाहरूले येशूलाई मार्न जाल रच्न थाले।
54
यसो हुँदा येशू त्यस दिनदेखि यहूदियामा खुल्लमखुल्ला हिँड्नुभएन। उहाँ उजाड-स्थानको नजिकै पर्ने एफ्राइम सहरमा जानुभयो र आफ्ना चेलाहरूसँग त्यहीँ नै बस्नुभयो।
55
यहूदीहरूको निस्तार भन्ने चाड आउनै लागेको थियो। त्यसैले गाउँ-गाउँका धेरै मानिसहरू चाड आउनुभन्दा अगाडि नै आ-आफूलाई चोखो बनाउन यरूशलेममा आइपुगे।
56
तिनीहरूले ‘येशू आउनुहुन्छ कि?’ भनेर बाटो हेरिरहेका थिए। मन्दिरमा भेला हुँदा तिनीहरूले आपसमा यसो भने, “तिम्रो के विचार छ हँ? ऊ चाडमा नआउने हो की?”
57
मुख्य पूजाहारी र फरिसीहरूले येशूलाई पक्रिन चाहन्थे। त्यसकारण तिनीहरूले ‘येशू कहाँ हुनुहुन्थ्यो भनी थाहा पाउनेहरूलाई खबर ल्याउनू’ भनेर अह्राएका थिए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21