bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 16
John 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 17 →
1
“तिमीहरूको विश्वास नघटोस् भनेर मैले यी सबै कुरा भनेको हुँ।
2
तिमीहरू यहूदी सभाघरबाट निकालिनेछौ। यस्तो समय पनि आउनेछ, जब तिमीहरूलाई मार्नेले ‘परमेश्वरको सेवा गर्दै छु’ भनी ठान्नेछ।
3
पितालाई र मलाई नचिनेको हुनाले नै मानिसहरूले तिमीहरूलाई यसो गर्नेछन्।
4
यी सबै कुरा हुन आउने बेलामा तिमीहरूले ‘हामीलाई सबै कुरा उहाँले अघिबाट नै भन्नुभएको थियो!’ भनी सम्झनेछौ। त्यसैले नै म तिमीहरूलाई यी कुराहरू भन्दै छु। “म अहिलेसम्म तिमीहरूसँग भएकोले तिमीहरूलाई यी कुराहरू भनेको थिइनँ।
5
अहिलेचाहिँ म मलाई पठाउनुहुनेकहाँ जाँदै छु। तर ‘तपाईं कहाँ जाँदै हुनुहुन्छ?’ भनेर तिमीहरू कसैले पनि सोध्दैनौ।
6
मैले यी सबै कुरा भनेका हुनाले तिमीहरूको मन दु:ख र पीरले भरिएको छ।
7
तर साँच्चै म तिमीहरूलाई भन्छु, म यहाँबाट जानु नै तिमीहरूका लागि फाइदा हुन्छ किनभने म गइनँ भने सहायता गर्नुहुने पवित्र आत्मा तिमीहरूकहाँ आउनुहुनेछैन। तर म गएँ भने उहाँलाई तिमीहरूकहाँ पठाउनेछु।
8
उहाँ आउनुभएपछि संसारका मानिसहरूलाई पाप, सत्यता र परमेश्वरको न्यायबारे तिनीहरूले भुल गरिरहेका छन् भनी देखाउनुहुनेछ।
9
ममा विश्वास नगर्नु नै पाप हो भनी उहाँले तिनीहरूलाई देखाई दिनुहुनेछ।
10
उहाँले परमेश्वरको अगाडि केचाहिँ ठीक छ, त्यही देखाइदिनुहुन्छ किनभने म पिताकहाँ जाँदै छु र फेरि तिमीहरूले मलाई देख्नेछैनौ।
11
उहाँले तिनीहरूलाई परमेश्वरको न्याय के हो, देखाइदिनुहुनेछ किनभने यस संसारको राजा अघि नै दोषी ठहरिसकेको छ।”
12
“मैले तिमीहरूलाई भन्नुपर्ने कुरा त धेरै थिए, तर अहिले योभन्दा बढी तिमीहरूले बुझ्न सक्दैनौ।
13
तर सत्यका आत्मा आउनुभएपछि उहाँले नै सत्य के हो भन्ने कुरा तिमीहरूलाई बुझाइदिनुहुनेछ। उहाँले आफ्नै तर्फबाट कुरा गर्नुहुनेछैन। उहाँले जे सुन्नुहुनेछ, त्यही नै तिमीहरूलाई भन्नुहुनेछ अनि पछि हुन आउने कुराहरू पनि बताइदिनुहुनेछ।
14
मैले भनेका कुराहरू तिमीहरूलाई बताइदिएर उहाँले मेरो महिमा गर्नुहुनेछ।
15
पितासँग भएका सबै कुरा मेरा हुन्। त्यसैकारण मैले ‘सत्यको आत्माले तिमीहरूकहाँ मेरा कुराहरू प्रकट गरिदिनुहुनेछ’ भनेको हुँ।”
16
“थोरै समयपछि तिमीहरूले मलाई देख्नेछैनौ अनि केही समयपछि फेरि तिमीहरूले मलाई देख्नेछौ।”
17
“उहाँले ‘थोरै समयपछि मलाई देख्ने छैनौ, फेरि केही समयपछि मलाई देख्नेछौ, फेरि म पिताकहाँ जाँदै छु’ पनि भन्दै हुनुहुन्छ, “यो के भनेको?” भन्दै उहाँका चेलाहरूले आपसमा सोधे।
18
यो थोरै समयपछि भनेको के हो? उहाँले केको बारेमा भन्दै हुनुहुन्छ, हामीहरूले त बुझेनौं,” भनेर तिनीहरू अलमल्ल परे।
19
तिनीहरूले यो कुराको बारेमा सोध्न चाहन्छन् भन्ने जानेर येशूले तिनीहरूलाई भन्नुभयो, “मैले भने ‘थोरै समयपछि तिमीहरूले मलाई देख्नेछैनौ अनि केही समयपछि फेरि देख्नेछौ।’ के यही कुराबारे तिमीहरूले आपसमा सोधपुछ गरेका होइनौ?
20
साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू रुने र कराउनेछौ, तर दुनियाँचाहिँ खुसी हुनेछ। तिमीहरू दु:खी हुनेछौ, तर तिमीहरूको दु:ख र पीर आनन्दमा फेरिनेछ।
21
नानी पाउन आँट्दा आमा कष्टले छटपटिन्छिन्, तर नानी पाउनेबित्तिकै ‘संसारमा एउटा बालकको जन्म भएको छ’ भन्ने हर्षले तिनी सबै दु:ख बिर्सेर खुसी हुन्छिन्।
22
तिमीहरूलाई पनि त्यस्तै हुँदै छ। अहिले तिमीहरू शोक गर्छौ, तर म तिमीहरूलाई फेरि भेट्न आउँदा तिमीहरूको हृदय आनन्दले भरिनेछ र यस्तो खालको आनन्द तिमीहरूबाट कसैले पनि खोसेर लैजान सक्नेछैन।
23
त्यति बेला तिमीहरूले मसँग केही पनि सोध्नेछैनौ। म साँच्चै भन्छु, मेरो नाउँमा जे मागे तापनि पिताले तिमीहरूलाई दिनुहुनेछ।
24
अहिलेसम्म त तिमीहरूले मेरो नाउँमा केही पनि मागेका छैनौ। माग त तिमीहरूले पाउनेछौ अनि तिमीहरूको आनन्द पूरा हुनेछ।
25
“अहिलेचाहिँ म तिमीहरूलाई दृष्टान्तको कथा दिएर कुरा गर्दै छु, तर पछि भने मैले तिमीहरूलाई पिताको बारेमा दृष्टान्त नदिई छर्लङ्ग हुने गरी भन्नेछु।
26
त्यस बेला तिमीहरू आफैंले मेरो नाउँमा माग्नेछौ, मैले तिमीहरूको लागि पितासँग मागिदिनु पर्नेछैन।
27
पिता आफैंले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनभने तिमीहरूले मलाई प्रेम गरेका छौ र म परमेश्वरबाट आएको हुँ भनेर विश्वास गरेका छौ।
28
म पिताबाटै संसारमा आएको हुँ र अहिले संसारलाई छोडेर फेरि पिताकहाँ नै फर्किंदै छु।”
29
तब चेलाहरूले येशूलाई भने, “अहिले पो तपाईं दृष्टान्त नदिई हामीलाई सोझै भन्दै हुनुहुन्छ।
30
अब हामी जान्दछौ, तपाईं सबै कुरा जान्नुहुन्छ। तपाईंलाई अब कसैले प्रश्न गर्नुपर्दैन। त्यसैले तपाईं परमेश्वरबाट नै आउनुभएको हो भनेर हामी विश्वास गर्छौं।”
31
येशूले जवाफ दिनुभयो, “अहिले त तिमीहरू विश्वास गर्छौ।
32
तर समय आउँदै छ र नजिकै आइसक्यो, त्यति बेला तिमीहरू सबै तितरबितर हुनेछौ। तिमीहरू आ-आफ्ना घरमा जानेछौ र मलाई एक्लै छोड्नेछौ। तर हेर, म एक्लै हुनेछैनँ किनभने मसँग मेरा पिता हुनुहुन्छ।
33
“तिमीहरू ममा रहेर शान्ति पाउन सक भनेर नै मैले तिमीहरूलाई यी सबै कुरा भनेको हुँ। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहसिलो होओ किनभने मैले संसारलाई जितिसकेको छु।”
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21