bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 14
John 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 15 →
1
येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू दु:ख नमान। तिमीहरूले आफ्नो भरोसा परमेश्वरमाथि राख र ममाथि पनि राख।
2
मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन् र म तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदै छु। त्यस्तो नभए मैले तिमीहरूलाई यस्तो कुरा भन्ने नै थिइनँ।
3
तिमीहरूको लागि ठाउँ तयार पारिसकेपछि म फर्केर आउनेछु र तिमीहरूलाई म भएकै ठाउँमा लैजानेछु अनि तिमीहरू मसँगै रहनेछौ।
4
म जान लागेको ठाउँको बाटो त तिमीहरूलाई थाहै छ।”
5
थोमाले भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, त्यो हामीलाई थाहा छैन अनि तपाईं जाने ठाउँको बाटो हामीलाई झन् कसरी थाहा हुन्छ र?”
6
येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कुनै मानिस पनि पिताकहाँ पुग्न सक्दैन।
7
तिमीहरूले मलाई साँचो रूपमा चिनेको भए मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि तिमीहरूले मेरा पितालाई चिन्नेछौ किनभने तिमीहरूले उहाँलाई देखिसकेका छौ।”
8
फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ।”
9
येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीहरूसँगै छु र पनि तिमीले मलाई चिन्दैनौ? मलाई देख्नेले पितालाई देखिसकेको छ। मलाई देखेर पनि तिमीले मलाई किन पिता देखाइदिनुहोस् भन्छौ?
10
के तिमी ‘म पितामा छु र पिता ममा हुनुहुन्छ’ भन्ने कुरालाई विश्वास गर्दैनौ? तिमीहरूलाई भनेका कुरा मैले आफ्नै तर्फबाट भनेको होइनँ। ममा हुनुहुने पिताले नै आफ्नो काम मबाट गर्दै हुनुहुन्छ।
11
म पितामा छु र पिता ममा हुनुहुन्छ भन्ने कुरालाई विश्वास गर। नभए मैले गरेका काम हेरेर ममा विश्वास गर।
12
“साँच्चै म तिमीहरूलाई भन्छु, ममा विश्वास गर्नेले मैले गरेका जस्ता कामहरू गर्नेछ र अझै त्योभन्दा ठूला-ठूला कामहरू पनि गर्नेछ किनभने म पिताकहाँ जाँदै छु।
13
तिमीहरूले मेरो नाउँमा जे मागे पनि मबाट पिताको महिमा होस् भनेर म तिमीहरूले मागेको कुरा पूरा गरिदिनेछु।
14
तिमीहरूले कुनै कुरो मेरो नाउँमा माग्यौ भने म त्यो दिनेछु।
15
“यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मैले दिएको आज्ञा मान्छौ।
16
म पितासँग माग्नेछु र उहाँले तिमीहरूलाई मेरो सट्टामा अर्का एक जना सहायक पठाइदिनुहुनेछ र उहाँचाहिँ सधैँभरि तिमीहरूसँगै रहिरहनुहुनेछ।
17
उहाँ सत्यका आत्मा हुनुहुन्छ। तर संसारले उहाँलाई पाउन सक्दैन किनभने संसारले उहाँलाई न देख्छ नता चिन्छ। तर तिमीहरूले उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँगै रहनुहुन्छ र उहाँ तिमीहरूमा बास गर्नुहुनेछ।
18
म तिमीहरूलाई टुहुराजस्तै पारेर छोड्दिनँ, म फेरि तिमीहरूकहाँ आउनेछु।
19
अलि बेरपछि संसारले मलाई फेरि देख्नेछैन, तर तिमीहरूले भने मलाई देख्नेछौ। म फेरि जिउँदो भएको हुनाले तिमीहरू पनि जिउनेछौ।
20
त्यस दिन ‘म मेरा पितामा छु अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु’ भन्ने कुरा तिमीहरूले बुझ्नेछौ।
21
मेरो आज्ञालाई सुनेर पालन गर्ने नै मलाई प्रेम गर्ने मानिस हो। मलाई प्रेम गर्नेलाई पिताले पनि प्रेम गर्नुहुनेछ र म पनि उसलाई प्रेम गर्नेछु र उसकहाँ देखापर्नेछु।”
22
यहूदा इस्करियोतचाहिँ होइन, तर अर्कै यहूदा भन्ने चेलाले येशूलाई भने, “प्रभु, किन तपाईं हामीकहाँ मात्र आफैंलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ चाहिँ गर्नुहुन्न?”
23
येशूले जवाफ दिनुभयो, “मलाई प्रेम गर्नेहरूले मैले भनेका कुरा मान्दछन्। मेरा पिताले उनीहरूलाई प्रेम गर्नुहुनेछ अनि पिता र म उनीहरूकहाँ आएर उनीहरूसँगै बस्नेछौं।
24
तर मलाई प्रेम नगर्नेहरूले मैले भनेका कुरा मान्दैनन्। तिमीहरूले सुनेका यो वचन मेरो तर्फबाट आएको होइन, तर मलाई पठाउनुहुने पिताको तर्फबाट नै आएको हो।
25
“तिमीहरूसँगै रहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु।
26
पिताले मेरो नाउँमा सहायता गर्न पठाउनुहुने पवित्र आत्माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले भनेका सबै कुराको सम्झना गराउनुहुनेछ।
27
“म तिमीहरूलाई शान्ति दिएर जान्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु र यो संसारले दिनेजस्तो शान्ति होइन। आफ्नो मनलाई विचलित हुन नदेओ र नडराओ।
28
‘म यहाँबाट जाँदै छु र फेरि तिमीहरूकहाँ फर्केर आउनेछु’ भनेर मैले भनेको कुरा त तिमीहरूले सुनिहाल्यौ। तिमीहरूले मलाई साँचो रूपले प्रेम गरेको भए त म पिताकहाँ जान लाग्दा तिमीहरू खुसी हुनेथियौ किनभने मभन्दा त पिता नै ठूलो हुनुहुन्छ।
29
यी सबै कुरा हुनुभन्दा अघि नै मैले तिमीहरूलाई भनिसकेको छु र यी कुरा पूरा हुँदा तिमीहरूले विश्वास गर्नेछौ।
30
अब त मैले तिमीहरूसँग अरू धेरै कुरा गर्न पाउँदिनँ किनभने यस संसारको राजा आउँदै छ। वास्तवमा त्यसले मलाई केही गर्न सक्दैन।
31
तर सबै मानिसहरूले म पितालाई प्रेम गर्छु भनी जान्न सकून् भनेर म पिताको आज्ञालाई पालन गर्दै छु। उठ, अब हामी यस ठाउँबाट जाऔं।”
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21