bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 8
John 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 9 →
1
येशू जैतुन डाँडामा जानुभयो।
2
भोलिपल्ट बिहानै येशू मन्दिरमा फर्कनुभयो। सबै मानिसहरू उहाँको वरिपरि भेला भए। येशू बस्नुभयो र मानिसहरूलाई शिक्षा दिन लाग्नुभयो।
3
धर्म-गुरु र फरिसीहरूले व्यभिचार गर्दा फेला परेकी स्त्रीलाई ल्याएर सबैको अगाडि उभ्याए। तिनीहरूले येशूलाई भने,
4
“गुरु, यो स्त्री त व्यभिचार गर्दागर्दै पक्राउमा परी।
5
हाम्रो व्यवस्थामा मोशाले यस्ती स्त्रीलाई ढुङ्गाले हानेर मार्नुपर्छ भन्ने आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्नुहुन्छ त?”
6
तिनीहरूले उहाँलाई दोष लगाउने मौका पाउँछौं कि भनेर यो प्रश्न गरेका थिए। तर येशूले निहुरेर भूइँमा औँलाले लेख्नुभयो।
7
तिनीहरूले उहाँलाई घरीघरी सोधिरहे। त्यसैले येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “जसले कहिल्यै पाप गरेको छैन, त्यसले नै सबैभन्दा पहिले यो स्त्रीलाई ढुङ्गाले हानोस्।”
8
त्यसपछि येशूले फेरि घोप्टिएर भूइँमा लेख्नुभयो।
9
यो कुरा सुनेर तिनीहरू एक-एक गर्दै त्यहाँबाट हिँडे। पहिले बुढापाकाहरू गए। आखिरमा येशू मात्र छोडिनुभयो अनि त्यो स्त्री येशूको सामुन्ने उभिइरहेकी थिई।
10
येशूले त्यसलाई हेरेर भन्नुभयो, “खोइ त, तिमीलाई दोष लाउनेहरू? कसैले पनि तिमीलाई दण्ड दिएनन्?”
11
त्यस स्त्रीले भनी, “दिएनन् हजुर।” येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दण्ड दिन्नँ। अब तिमी जाऊ, तर फेरि पाप नगर!”]
12
फेरि येशूले मानिसहरूलाई सिकाउँदै भन्नुभयो, “संसारको ज्योति मै हुँ। मेरो पछि लाग्नेले कहिल्यै पनि अँध्यारोमा हिँड्नुपर्नेछैन कारण उसले जीवन दिने उज्यालो पाउनेछ।”
13
यो सुनेर फरिसीहरूले उहाँलाई भने, “तपाईं त आफ्नै बारेमा गवाही दिनुहुन्छ अनि तपाईंको साक्षी साँचो छैन।”
14
येशूले भन्नुभयो, “मैले मेरो बारेमा साक्षी दिए पनि मैले भनेको कुरा साँचो छ किनभने म कहाँबाट आएको हुँ अनि कहाँ जाँदै छु, त्यो मलाई थाहा छ। तर तिमीहरूलाई चाहिँ यो कुरा थाहा छैन।
15
तिमीहरूले त मानिसको सोचाइअनुसार मलाई दोष लगाउँछौ। तर म त कसैलाई दोष लगाउँदिनँ।
16
यदि कतै लगाउनुपर्यो भने पनि मैले लगाएको दोषचाहिँ सत्य ठहरिन्छ किनभने म एक्लै छैनँ तर मलाई पठाउनुहुने पिता मसँग हुनुहुन्छ।
17
तिमीहरूका व्यवस्थाअनुसार, ‘दुई जना साक्षीको कुरा मिल्यो भने त्यो कुरा साँचो ठहर्छ।’
18
अब मेरो बारेमा साक्षी दिने एक जनाचाहिँ म नै हुँ र अर्कोचाहिँ मलाई पठाउनुहुने पिता हुनुहुन्छ।”
19
त्यतिखेर तिनीहरूले सोधे, “तपाईंका पिता कहाँ हुनुहुन्छ त?” येशूले भन्नुभयो, “तिमीहरू न मलाई नता मेरो पितालाई नै चिन्दछौ। यदि तिमीहरूले मलाई चिनेको भए मेरो पितालाई पनि चिन्नेथियौ।”
20
यी सबै कुरा येशूले मन्दिरको भेटी उठाउने बाकसहरू भएको ठाउँमा सिकाउनुहुँदा भन्नुभयो। तर कसैले पनि उहाँलाई पक्रेन किनभने उहाँको बेला आएको थिएन।
21
फेरि पनि येशूले तिनीहरूलाई भन्नुभयो, “म यहाँबाट गइहाल्नेछु। तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरू आफ्नै पापमा मर्नेछौ किनभने म जाने ठाउँमा तिमीहरू आउन सक्दैनौ।”
22
यो सुनेर यहूदी अगुवाहरूले आपसमा भने, “यो के भनेको हो? ऊ जहाँ जान्छ, त्यहाँ हामी पुग्न सक्दैनौं भन्छ! यसले आत्महत्या गर्न आँटेको हो कि क्या हो?”
23
येशूले भन्नुभयो, “तिमीहरू त यहाँ तलका हौ, मचाहिँ माथिबाट आएको हुँ। तिमीहरू यसै संसारका हौ, तर म यस संसारको होइनँ।
24
त्यसैले मैले ‘तिमीहरू आफ्नै पापमा मर्नेछौ’ भनेको हुँ। यदि तिमीहरूले ‘म जो हुँ त्यही हुँ’ भनी मलाई विश्वास गरेनौ भने तिमीहरू आफ्नै पापमा नाश हुनेछौ।”
25
तिनीहरूले येशूलाई सोधे, “तपाईं को हुनुहुन्छ त?” येशूले जवाफ दिनुभयो, “त्यो त मैले तिमीहरूलाई सुरुदेखि नै भनिरहेको छु।
26
तिमीहरूको बारेमा मैले भन्नुपर्ने र न्याय गर्नुपर्ने कुरा त धेरै छन् तर मलाई पठाउनुहुने सत्य हुनुहुन्छ। उहाँबाट सुनेको कुरा मात्रै म संसारलाई सुनाउन चाहन्छु।”
27
येशूले स्वर्गमा बस्नुहुने पिताको बारेमा भन्दै हुनुहुन्छ भनेर तिनीहरूले बुझेनन्।
28
त्यति बेला येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले म मानव पुत्रलाई काठमा टाँगेर उचालेपछि ‘म जो हुँ त्यही नै हुँ’ भन्ने तिमीहरूले थाहा पाउनेछौ। म आफ्नै खुसीले केही पनि गर्दिनँ, तर पिताले मलाई सिकाउनुभएका कुराहरू मात्र गर्छु भन्ने कुरा पनि तिमीहरूले जान्नेछौ।
29
मलाई पठाउनुहुने मसँगै हुनुहुन्छ, उहाँले मलाई एक्लै छोड्नुभएको छैन किनभने म जहिले पनि उहाँलाई खुसी तुल्याउने काम मात्रै गर्छु।”
30
येशूले भन्नुभएका यी कुराहरू सुनेर धेरैले उहाँमाथि विश्वास गरे।
31
येशूले उहाँमाथि विश्वास गर्ने यहूदी अगुवाहरूलाई भन्नुभयो, “मेरो शिक्षालाई मानिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ
32
अनि तिमीहरूले सत्य चिन्नेछौ सत्यले तिमीहरूलाई छुट्कारा दिनेछ।”
33
उनीहरूले भने, “हामी अब्राहामका सन्तान हौं, हामी त कहिल्यै पनि कसैको कमारा भएका छैनौं। तब हामीलाई छुट्कारा दिनेछ भनेको अर्थचाहिँ के हो?”
34
येशूले भन्नुभयो “साँच्चै, म तिमीहरूलाई भन्छु, पाप गर्नेचाहिँ पापको कमारा हो।
35
अब कमारा त सधैँभरि घर-जहानको हुँदैन, तर घरको छोराचाहिँ सधैँभरि घर-जहानको हुन्छ।
36
त्यसै गरी परमेश्वरको पुत्रले तिमीहरूलाई छुट्कारा दियौ भने तिमीहरूले साँच्चै छुट्कारा पाउनेछौ।
37
तिमीहरू अब्राहामका सन्तान हौ भन्ने मलाई थाहा छ। तैपनि तिमीहरूले मैले भनेका कुराहरू सहन नसकेर मलाई मार्न खोज्छौ।
38
मचाहिँ मेरो पितासँग रहँदा देखेका कुराहरूको बारेमा बोल्दछु अनि तिमीहरूचाहिँ तिमीहरूकै पिताबाट सुनेका कुराहरू गर्दछौ।”
39
तिनीहरूले भने, “हाम्रा पिता त अब्राहाम नै हुन्!” येशूले भन्नुभयो, “साँच्चै अब्राहामका सन्तान हुँदा हौ त तिमीहरूले अब्राहामले गरेजस्तै काम गर्ने थियौ।
40
तर मैले तिमीहरूलाई परमेश्वरबाटै सुनेका सत्य कुराहरू सुनाउँदा त तिमीहरू मलाई मार्न खोज्छौ। यस्तो काम त अब्राहामले गरेनन्!
41
तिमीहरू जसका छोराहरू हौ, त्यस्तै काम गर्दै छौ।” तिनीहरूले भने, “हामीचाहिँ व्यभिचारबाट जन्मेका होइनौं। परमेश्वर नै हाम्रा एक मात्र पिता हुनुहुन्छ।”
42
येशूले भन्नुभयो, “साँच्चै तिमीहरूका पिता परमेश्वर हुनुभएको भए तिमीहरूले मलाई प्रेम गर्नेथियौ किनभने म परमेश्वरको तर्फबाट आएको हुँ। म आफ्नै तर्फबाट आएको होइनँ, परमेश्वरले नै मलाई पठाउनुभएको हो।
43
मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनभने तिमीहरूले मैले भनेको वचन सुन्न सक्दैनौ।
44
तिमीहरू आफ्नै बुबा शैतानका सन्तान हौ र तिमीहरू आफ्ना पिताले भनेअनुसार गर्न तयार छौ। त्यो त सुरुदेखि नै ज्यानमारा हो, त्यो त सत्यमा कहिल्यै पनि टिक्न सक्दैन किनभने त्यसमा सत्य नै छैन। आफ्नो स्वभावअनुसार त्यसले त सधैँ झूट बोल्छ। त्यसैले त्यो त झूट बोल्नेहरूकै पिता हो।
45
तर मैले सत्य कुरा बोल्छु। त्यसैले तिमीहरू मलाई विश्वास गर्दैनौ।
46
तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउन सक्छौ? यदि मैले सत्य बोल्दा किन मलाई विश्वास गर्दैनौ त?
47
परमेश्वरका सन्तानले त परमेश्वरकै कुरा सुन्छन्, तर तिमीहरूचाहिँ परमेश्वरका सन्तान नभएको हुनाले उहाँको कुरा सुन्दैसुन्दैनौ।”
48
यहूदी अगुवाहरूले येशूलाई भने, “हामीले भनेको ठीकै हो! तँ सामरी होस् र तँलाई भूत चढेको छ।”
49
येशूले भन्नुभयो, “मलाई भूत चढेको छैन। म मेरा पिताको आदर गर्छु, तर तिमीहरू भने मलाई अनादर गर्छौ।
50
म आफैं मेरो आदर खोज्दिनँ, तर मेरो आदर गर्न खोज्ने र मलाई न्याय गर्ने अर्कै हुनुहुन्छ।
51
साँच्चै म तिमीहरूलाई भन्छु, मैले भनेको मान्नेले चाहिँ मर्नुपर्नेछैन।”
52
यहूदी अगुवाहरूले भने, “पक्का तँलाई त भूत नै चढेको रहेछ। अब्राहाम मरे, अगमवक्ताहरू पनि मरे, तँचाहिँ ‘मैले भनेको मान्नेले कहिल्यै पनि मर्नुपर्दैन’ भन्छस्!
53
के तँ मरेर गएका हाम्रा पुर्खा अब्राहाम र अगमवक्ताहरूभन्दा पनि ठूलो होस्? तँ आफैंलाई के सम्झन्छस् हँ?”
54
येशूले भन्नुभयो, “मैले आफ्नै आदर खोजेको भए त्यो खोक्रो आदर हुनेथियो। तर मेरो आदर गर्नुहुनेचाहिँ मेरा पिता हुनुहुन्छ, उही पिता, जसलाई तिमीहरूले आफ्ना परमेश्वर भनेर भन्छौ।
55
तर तिमीहरूले उहाँलाई चिनेका छैनौ। मचाहिँ उहाँलाई राम्ररी चिन्छु। यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए म पनि तिमीहरूजस्तै झूटो ठहरिने थिएँ। तर म उहाँलाई चिन्छु र उहाँले भन्नुभएको कुरालाई मान्छु।
56
तिमीहरूका पुर्खा अब्राहामले म आउने दिन देख्न साह्रै इच्छा गरेका थिए। उनले देखेर ज्यादै रमाए।”
57
यहूदी अगुवाहरूले उहाँलाई भने, “तँ पचास वर्ष पनि पुगेको छैनस्, तब कसरी तैँले हाम्रा पुर्खा अब्राहामलाई देखिस्?”
58
तब येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, अब्राहाम जन्मिनुभन्दा अघि नै म छु।”
59
त्यत्तिकैमा तिनीहरूले येशूलाई हान्न ढुङ्गा टिपे। तर उहाँ सुटुक्क मन्दिरबाट निस्कनुभयो।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21