bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 15
John 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 16 →
1
“साँचो अङ्गुरको बोट म नै हुँ अनि मेरा पिताचाहिँ बोटको हेरचाहा गर्ने किसान हुनुहुन्छ।
2
ममा भएका नफलाउने हाँगाहरूलाई उहाँले छाँट्नुहुन्छ, तर फलाउनेहरूलाई अझै धेरै फलाऊन् भनेर छिमल्नुहुन्छ।
3
हेरचाहा गर्ने किसानले हाँगालाई छिमलेर सफा गरेजस्तै मैले भनेका यी वचनहरूले तिमीहरूलाई शुद्ध गरिसकेको छ।
4
तिमीहरू ममा रहो र म तिमीहरूमा रहनेछु। जसरी हाँगाले बोटमा नरहीकन फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरूले पनि ममा नरही फल फलाउन सक्दैनौ।
5
“अङ्गुरको बोट म नै हुँ र तिमीहरूचाहिँ मेरा हाँगाहरू हौ। जो ममा रहन्छ, म पनि उसमा रहन्छु र यसरी उसले धेरै फल फलाउँछ। मबिना तिमीहरूले केही पनि गर्न सक्दैनौ।
6
ममा नरहने जतिलाई चाहिँ काटिएको हाँगाजस्तै गरी फालिनेछ र त्यो सुक्नेछ अनि त्यसलाई बटुलेर आगोमा हालिनेछ।
7
यदि तिमीहरू ममा रह्यौ र मैले भनेका वचनहरू पनि तिमीहरूमा रहे भने तिमीहरूले चाहेका कुरा माग्दा पाउनेछौ।
8
धेरै फल फलाएर तिमीहरूले मेरा पितालाई महिमा दिनेछौ र तिमीहरू मेरा चेलाहरू हुनेछौ।
9
“जसरी मेरा पिताले मलाई प्रेम गर्नुहुन्छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो।
10
मचाहिँ मेरा पिताको आज्ञापालन गरेर पिताको प्रेममा रहिरहन्छु। त्यसै गरी तिमीहरूले मेरो आज्ञापालन गर्यौ भने तिमीहरू पनि मेरो प्रेममा रहिरहनेछौ।
11
मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूरा होस् भनेर नै मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ।
12
“मेरो आज्ञा यही हो— जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरू पनि एकले अर्कालाई प्रेम गर।
13
साथीको निम्ति आफ्नो प्राण दिनु नै सबैभन्दा ठूलो प्रेम हो, योभन्दा ठूलो प्रेम त अरू केही छैन।
14
यदि तिमीहरूले मेरो आज्ञापालन गरिरह्यौ भने तिमीहरू मेरा साथी हौ।
15
अबदेखि म तिमीहरूलाई नोकर भन्दिनँ किनभने नोकरले मालिकले के गर्दै छ, त्यो जान्दैन। म तिमीहरूलाई साथी भन्छु किनभने मेरा पिताबाट सुनेका सबै कुराहरू मैले तिमीहरूलाई बताइसकेको छु।
16
तिमीहरूले मलाई छानेका होइनौ, तर मैले तिमीहरूलाई छानें र तिमीहरू गएर सधैँ रहिरहने फल फलाओ भनेर मैले तिमीहरूलाई खटाएर पठाउँदै छु। तब मेरो नाउँमा पितासँग जे मागे पनि उहाँले तिमीहरूलाई दिनुहुनेछ।
17
अब म तिमीहरूलाई यो धार्मिक आज्ञा दिन्छु, एकले अर्कालाई प्रेम गर।
18
“मानिसहरूले तिमीहरूलाई हेला गरे भने तिमीहरूलाई भन्दा पहिले मलाई नै हेला गरेका थिए भनी याद गर।
19
यदि तिमीहरू संसारका मानिस भएका भए तिनीहरूले तिमीहरूलाई आफ्ना सम्झेर प्रेम गर्नेथिए। तर मैले त तिमीहरूलाई यस संसारबाट छानेको हुँ। त्यसकारण तिमीहरू यस संसारका होइनौ र संसारले तिमीहरूलाई हेला गर्छ।
20
‘नोकर मालिकभन्दा ठूलो हुँदैन’ भनेर मैले भनेको यो कुरा सम्झ। तिनीहरूले मेरो खेदो गरे भने तिमीहरूको पनि गर्नेछन्। त्यसरी नै तिनीहरूले मेरो आज्ञापालन गरे भने तिमीहरूले भनेको पनि मान्नेछन्।
21
मेरो नाउँको कारणले तिमीहरूलाई सताउनेछन् किनभने तिनीहरू मलाई पठाउनुहुने पितालाई चिन्दैनन्।
22
“यदि म आएर नभनिदिएको भए तिनीहरू पापको दोषी हुने थिएनन्। तर अब तिनीहरूलाई बहाना गर्ने कुनै ठाउँ नै छैन।
23
मलाई हेला गर्नेले मेरो पितालाई पनि हेला गर्छ।
24
अरू कसैले कहिल्यै नगरेको शक्तिशाली कामहरू मैले तिनीहरूको बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुने थिएनन्। तर मैले गरेका अचम्मका कामहरू देखेर पनि तिनीहरूले मलाई र मेरा पितालाई समेत हेला गर्छन्।
25
तर तिनीहरूकै व्यवस्थामा लेखिएको यो कुरा पूरा होस् भनेर नै यी सबै हुन आएका हुन्, जसरी लेखिएको छ— ‘कारणैबिना तिनीहरूले मलाई हेला गरे।’
26
“म पिताबाट सत्यको आत्मा तिमीहरूलाई सहायता गर्न पठाउनेछु। उहाँ आएर उहाँले मेरो बारेमा साक्षी दिनुहुनेछ
27
अनि तिमीहरूचाहिँ सुरुदेखि नै मसँग रहेका हुनाले तिमीहरू पनि मेरो साक्षी हुनेछौ।”
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21