bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 18
John 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 19 →
1
यो प्रार्थना गरिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसँग किद्रोन भन्ने खोल्सापारिको बगैँचामा जानुभयो।
2
त्यो ठाउँ येशूलाई पक्राइदिने यहूदालाई पनि थाहा थियो किनभने येशू आफ्ना चेलाहरूसँग त्यहाँ जाने गर्नुहुन्थ्यो।
3
त्यति बेला केही सिपाहीहरू, फरिसीहरू र मुख्य पूजाहारीहरूले पठाएका मन्दिरका पहरेदारहरूलाई लिएर यहूदा त्यस बगैँचाभित्र पस्यो। तिनीहरूले हातहतियार, बत्ती र राँकाहरू बोकेका थिए।
4
आफूमाथि आइपर्न आँटेका सबै कुरा येशूलाई थाहा नै थियो। त्यसैकारण अगाडि गएर उहाँले ती मानिसहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दै छौ?”
5
“नासरतका येशूलाई!” तिनीहरूले जवाफ दिए। येशूले भन्नुभयो, “म उही हुँ।” येशूलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।
6
‘म उही हुँ’ भनेको सुन्नेबित्तिकै तिनीहरू सबै पछि हटेर पछारिए।
7
येशूले फेरि सोध्नुभयो, “होइन, तिमीहरू कसलाई खोज्दै छौ?” “नासरतका येशूलाई!” तिनीहरूले फेरि भने।
8
येशूले भन्नुभयो, “मैले अघि नै मै हुँ भनिहालें नि! साँच्चै मलाई नै खोजेका हौ भने यिनीहरूलाई चाहिँ छोडिदेओ।”
9
(यसरी “हे पिता, तपाईंले मलाई दिनुभएको जतिमध्ये मैले एउटै पनि गुमाएको छैनँ,” भनेर येशूले पहिले नै भन्नुभएको कुरा पूरा हुन आयो।)
10
त्यतिकैमा सिमोन पत्रुसले चाहिँ आफ्नो तरवार थुतेर माल्खस नाउँ भएको प्रधान पूजाहारीको नोकरको दाहिने कान च्वाट्टै काटिदिए।
11
तर येशूले पत्रुसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! पिताले मेरो लागि तयार पार्नुभएको त्यस कष्टको कचौरालाई मैले नपिउनु र?”
12
तब कप्तान, उनका सिपाहीहरू अनि यहूदी अगुवाहरूले पठाएका मन्दिरका पहरेदारहरूले येशूलाई समातेर बाँधे।
13
त्यसपछि तिनीहरूले येशूलाई पहिले हन्नासकहाँ लगे। हन्नासचाहिँ त्यस वर्षका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए।
14
यिनै कैयाफाले ‘पूरा जाति नाश हुनुभन्दा त जनताको लागि एक जना मात्र मर्नु नै बेस हुन्छ’ भनेर यहूदी अगुवाहरूलाई सल्लाह दिएका थिए।
15
सिमोन पत्रुस र अर्का एक जना चेला येशूको पछि-पछि लागे। त्यो अर्को चेलाको प्रधान पूजाहारीसँग राम्रो चिनाजानी थियो। त्यसैले उनी येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे।
16
पत्रुसचाहिँ ढोकाबाहिरै उभिएका थिए। त्यो चेलाले बाहिर निस्केर पाले बसेकी केटीलाई भनसुन गरी पत्रुसलाई भित्र ल्याए।
17
पत्रुस भित्र जाँदैगर्दा त्यस केटीले उनलाई सोधी, “के तिमी पनि त्यस मानिसका चेला होइनौ?” पत्रुसले तर्केर जवाफ दिए, “अहँ, म होइनँ!”
18
जाडो भएको हुनाले नोकर-चाकरहरू र पालेहरू वरिपरि उभिएर आगो तापिरहेका थिए। पत्रुस पनि त्यहीँ गएर उनीहरूसँगै आगो ताप्न लागे।
19
प्रधान पूजाहारीले येशूलाई उहाँका शिक्षा र चेलाहरूका बारेमा सोधे।
20
येशूले जवाफ दिनुभयो, “मैले सबैका सामु सबैले सुन्ने गरी खुला रूपले बोल्ने गर्थें। मैले आफ्नो शिक्षा सबै यहूदीहरू भेला हुने सभाघर र मन्दिरमा दिने गर्थें। मैले गुप्तमा शिक्षा दिएको छैनँ।
21
किन तपाईंले मलाई नै सोध्नुहुन्छ? मेरा शिक्षा सुन्नेहरूलाई नै सोध्नुहोस्। मैले के भनें, के सिकाएँ, तिनीहरूलाई सबै थाहा छ।”
22
येशूले जवाफ दिनुहुँदा एउटा पालेले येशूलाई थप्पड लगाउँदै भन्यो, “तँ प्रधान पूजाहारीको अगाडि पनि यसरी मुख-मुखै लाग्छस्?”
23
येशूले भन्नुभयो, “मैले केही बिराएको भएदेखि गल्ती देखाऊ तर ठीक बोलेको छु भने बेकसुरमा किन हिर्काउँछौ?”
24
त्यसपछि हन्नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाइदिए।
25
त्यति बेलासम्म पनि पत्रुस उभिएर आगो तापिरहेका थिए। अरू आगो ताप्नेहरूले उनलाई सोधे, “तिमी पनि त्यही मानिसका चेला होइनौ?” पत्रुसले भने, “अहँ, म होइनँ!”
26
आगो ताप्नेहरूमध्ये पत्रुसले कान काटिदिएका मानिसको एक जना नातेदार पनि त्यहाँ थियो। ऊ पनि प्रधान पूजाहारीको नोकर थियो। उसले भन्यो, “मैले तिमीलाई त्यस मानिससँग बगैँचामा देखेको, होइन र?”
27
पत्रुसले फेरि पनि होइन भन्ने जवाफ दिए। त्यति नै खेर भाले बासिहाल्यो।
28
बिहान सबेरै तिनीहरूले येशूलाई कैयाफाको घरबाट रोमी बडा-हाकिमको दरबारमा पुर्याए। यहूदी अगुवाहरू दरबारभित्र पसेनन् किनभने निस्तार चाडको भोज खानको लागि तिनीहरूले आफूलाई चोखो राख्न चाहन्थे।
29
त्यसकारण रोमी बडा-हाकिम पिलातस तिनीहरूलाई भेट्न बाहिर निस्के। उनले तिनीहरूलाई सोधे, “तिमीहरूले यस मानिसलाई केको दोष लगाउँछौ?”
30
तिनीहरूले एउटै सोरमा भने, “यो मानिस दोषी नभए तपाईंकहाँ किन ल्याउँथ्यौं र?”
31
पिलातसले भने, “यो मानिसलाई तिमीहरू आफैं लैजाओ र आफ्नै व्यवस्थाअनुसार यसको न्याय गर।” यहूदी अगुवाहरूले जवाफ दिए, “हामीलाई त मृत्युदण्ड दिने अधिकार छैन।”
32
आफू कसरी मर्नुपर्छ भनेर येशू आफैंले भन्नुभएको कुरा पूरा हुनलाई यसो भयो।
33
पिलातस भित्र गए र येशूलाई बोलाएर भने, “के तिमी यहूदीहरूका राजा हौ?”
34
येशूले भन्नुभयो, “के यो तपाईं आफैंले सोध्नुभएको हो कि अरू कसैले मेरो बारेमा तपाईंलाई बताएको हो?”
35
पिलातसले भने, “के तिमी मलाई यहूदी सम्झन्छौ? तिम्रा आफ्नै जाति र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्पिदिएका हुन्। तिमीले के अपराध गरेका छौ?”
36
येशूले भन्नुभयो, “मेरो राज्य त यस संसारको राज्यजस्तो होइन। यदि मेरो राज्य यस संसारका राज्यहरूजस्ता हुँदो हो त मलाई पछ्याउनेहरूले मलाई यहूदीहरूका हातबाट बचाउन लड्नेथिए। तर मेरो राज्य त्यस्तो होइन।”
37
पिलातसले येशूलाई सोधे, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनेर तपाईं आफैं भन्दै हुनुहुन्छ। म सत्य प्रकट गर्न जन्मिएको हुँ र यसैको लागि नै यस संसारमा आएको हुँ। सत्य मन पराउनेहरू सबैले मेरा कुरालाई सुन्छन्।”
38
“सत्य के हो त?” पिलातसले सोधे। यति कुराहरू सोधिसकेपछि पिलातसले बाहिर निस्केर यहूदी अगुवाहरूलाई भने, “मैले दण्ड दिनलाई यी मानिसमा त कुनै दोष नै भेट्टाइनँ।
39
तिमीहरूको चलनअनुसार बर्सेनी निस्तार चाडमा एउटा कैदी छोडिन्छ। यसकारण के म यसपल्ट त्यो यहूदीहरूका राजा भन्नेलाई छोडिदिऊँ?”
40
“त्यसलाई होइन! तर बारब्बालाई छोड्नुहोस्!” भन्दै तिनीहरू जोडले कराए। (बारब्बाचाहिँ डाकु थियो।)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21