bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 3
John 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 4 →
1
निकोदेमस नाउँ भएका एक जना मानिस यहूदी महासभाका सदस्य थिए। उनीचाहिँ फरिसी थिए।
2
एक रात उनले येशूकहाँ आएर भने, “गुरुज्यू, तपाईं परमेश्वरबाटै हामीलाई सिकाउन आउनुभएको हो। यो कुरा हामीलाई थाहा भयो। यदि परमेश्वरले साथ दिनुभएन भने कसैले पनि तपाईंले गर्नुभएको जस्तो शक्तिशाली कामहरू गर्न सक्दैन।”
3
येशूले भन्नुभयो, “साँच्चै म तिमीलाई भन्छु, नयाँ गरी नजन्मिएसम्म कसैले पनि परमेश्वरको राज्य देख्न सक्दैन।”
4
निकोदेमसले भने, “बुढो भइसकेको मानिस फेरि कसरी जन्मिन सक्छ? ऊ फेरि आमाबाट जन्मिन सक्छ र?”
5
येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्छु, पानी र आत्माबाट नजन्मिएसम्म कोही पनि परमेश्वरको राज्यमा पस्न सक्दैन।
6
शरीरबाट जन्मिएको शरीर हो र आत्माबाट जन्मिएको आत्मा हो।
7
तिमीहरू नयाँ गरी जन्मिनुपर्छ भन्ने कुरा सुनेर छक्क नपर।
8
हावा जता मन लाग्यो, त्यतै बहन्छ। हावाको आवाज त तिमीहरू सुन्छौ, तर त्यो कहाँबाट आउँछ अनि कहाँ जान्छ, तिमीहरूलाई पत्तो हुँदैन। आत्माबाट जन्मिएको मानिस पनि त्यस्तै हुन्छ।”
9
निकोदेमसले भने, “यस्तो कसरी हुन सक्छ र?”
10
येशूले भन्नुभयो, “तिमी त इस्राएलीहरूका ठूला गुरु हौ र पनि यी कुरा बुझ्दैनौ?
11
साँच्चै म तिमीलाई भन्छु, हामीले जानेका कुराको बारेमा बोल्छौं र आफूले देखेका कुरा नै सुनाउँछौं। तर तिमीहरूले चाहिँ हामीले भनेका कुराहरू पत्याउँदैनौ।
12
मैले यही संसारमा भएको कुराको बारेमा बोल्दा त तिमीहरूले पत्याउँदैनौ भने झन् स्वर्गको बारेमा बोलें भने त कसरी पत्याउन सक्छौ र?
13
स्वर्गबाट आउने मानव पुत्रबाहेक अरू कोही पनि स्वर्गमा गएको छैन।
14
इस्राएलीहरू उजाड-स्थानमा हुँदा मोशाले पितलको सर्प बनाएर काठमा उचालेर राखेजस्तै मानव पुत्र पनि उचालिनुपर्छ।
15
यसरी उहाँमाथि विश्वास गर्ने सबैले अनन्तजीवन पाउनेछन्।”
16
किनभने परमेश्वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्वरको पुत्रमाथि विश्वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्।
17
परमेश्वरले त आफ्नो एक मात्र पुत्रलाई संसारका मानिसहरूलाई दोषी ठहराउन होइन, तर तिनीहरूलाई बचाउन पठाउनुभएको हो।
18
अब परमेश्वरको एक मात्र पुत्रमाथि विश्वास गर्ने कोही पनि दोषी ठहरिनेछैन, तर उहाँमाथि विश्वास नगर्ने जतिचाहिँ दोषी ठहरिसकेका छन् किनभने तिनीहरूले परमेश्वरको एक मात्र पुत्रलाई विश्वास गरेका छैनन्।
19
दोष यसरी लाग्छ, उज्यालोचाहिँ संसारमा आएको छ अनि मानिसहरूका काम दुष्ट भएको हुनाले तिनीहरूले उज्यालोलाई भन्दा अँध्यारोलाई मन पराउँछन्
20
किनभने दुष्ट काम गर्ने सबैले उज्यालोलाई घृणा गर्छन्। उज्यालोमा तिनीहरूले गरेका कामहरू देखिन्छन् भन्ने डरले तिनीहरू उज्यालोमा आउँदैनन्।
21
तर सत्य कुरा मान्ने मानिसचाहिँ उज्यालोमा आउँछ र यसरी उसको काम परमेश्वरमा गरिएको हो भन्ने कुरा छर्लङ्ग देखिन्छ।
22
त्यसपछि येशू आफ्ना चेलाहरूसँग यहूदिया क्षेत्रमा जानुभयो अनि केही समयको लागि तिनीहरूसँग त्यहीँ नै बस्नुभयो र बप्तिस्मा दिनुभयो।
23
यूहन्नाले पनि सालीमको छेउ एनोन भन्ने ठाउँमा बप्तिस्मा दिँदै थिए किनभने त्यहाँ धेरै पानी थियो र त्यहाँ पनि मानिसहरू बप्तिस्मा लिन आइरहन्थे।
24
(त्यति बेलासम्म यूहन्ना थुनामा परेका थिएनन्।)
25
नुहाएर शुद्ध हुने बारे यूहन्नाका चेलाहरूले एक जना यहूदीसँग तर्कवितर्क गर्न लागे।
26
तिनीहरूले यूहन्नाकहाँ आएर भने, “गुरु, यर्दनपारि हुँदा तपाईंसँग एक जना मानिस हुनुहुन्थ्यो। तपाईंले हामीलाई उहाँको बारेमा बताउनुभएको थियो। अहिले उहाँले नै बप्तिस्मा दिदैंहुनुहुन्छ र सबै जना उहाँकहाँ पो जाँदै छन्।”
27
यूहन्नाले जवाफ दिए, “परमेश्वरले नदिएसम्म मानिसले केही पनि पाउन सक्दैन।
28
‘म मुक्ति दिने ख्रीष्ट होइनँ, म त उहाँको अघिअघि पठाइएको मानिस मात्रै हुँ’ भनेर मैले भनेको कुरा तिमीहरू आफैंले सुनेका छौ।
29
दुलही दुलहाको हो। दुलहासित उभिने मित्र दुलहाको सोर सुनेर रमाउँछ। त्यही नै मेरो आनन्द हो र त्यो अब पूर्ण भएको छ।
30
उहाँ बढ्दै जानुपर्छ, तर मचाहिँ घट्दै जानुपर्छ।”
31
माथिबाट आउनुहुनेचाहिँ सबैभन्दा महान् हुनुहुन्छ। संसारमा जन्मेका मानिसहरूचाहिँ संसारकै हुन्छन् र सांसारिक कुरा गर्छन्। तर स्वर्गबाट आउनुहुनेचाहिँ सबैभन्दा महान् हुनुहुन्छ।
32
उहाँले आफूले देखेका र सुनेका कुरा नै भन्नुहुन्छ। तापनि उहाँले भन्नुभएका कुरा कसैले पत्याउँदैनन्।
33
तर उहाँले भन्नुभएका कुरा पत्याउनेले चाहिँ परमेश्वर सत्य हुनुहुन्छ भनेर ठोकुवा गर्छ।
34
परमेश्वरबाट पठाइएको व्यक्तिले परमेश्वरकै कुरा बोल्नुहुन्छ किनभने परमेश्वरले उहाँलाई आफ्नो आत्माको भरपूरी दिनुभएको छ।
35
परमेश्वरले आफ्नो पुत्रलाई माया गर्नुहुन्छ र सबै कुरा उहाँकै हातमा राखिदिनुभएको छ।
36
परमेश्वरको पुत्रमाथि विश्वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको आज्ञा नमान्नेले चाहिँ कहिल्यै पनि अनन्त जीवन पाउनेछैन। तर परमेश्वरको क्रोध उसमाथि परिरहन्छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21