bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 9
John 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 10 →
1
एक दिन हिँड्दै जानुहुँदा येशूले जन्मैदेखिको अन्धोलाई देख्नुभयो।
2
उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरु, कसको पापले गर्दा यो मान्छे जन्मैदेखि अन्धो भएको हो? आमा-बुबाको पापले गर्दा हो कि उसको आफ्नै पापले गर्दा हो?”
3
येशूले भन्नुभयो, “उसको आफ्नै पापले गर्दा पनि होइन र उसका आमा-बुबाको पापले गर्दा पनि होइन, तर परमेश्वरको काम उसमा देखियोस् भनेर नै ऊ अन्धो भएको हो।
4
दिनको उज्यालो छँदा नै मलाई पठाउनुहुनेको काम हामीले गर्नुपर्छ। अँध्यारो भएपछि कसैले पनि काम गर्न सक्दैन।
5
संसारमा रहुञ्जेल म नै संसारको उज्यालो हुँ।”
6
यति कुरा भनिसकेर येशूले भूइँमा थुक्नुभयो अनि माटो मुछेर अन्धोका आँखामा लगाइदिनुभयो र भन्नुभयो,
7
“जाऊ, सिलोआमको पोखरीमा गएर मुख धोऊ।” (सिलोआमको अर्थ ‘पठाइएको’ हो।) त्यो मानिसले पोखरीमा गएर मुख धोयो अनि ऊ देख्ने भएर आयो।
8
उसका छरछिमेकी र उसलाई अघि मागिरहेको देख्नेहरूले “के यो त्यही माग्ने मान्छे होइन र?” भनेर सोधे।
9
कतिले भने, “हो, यो त्यही माग्ने हो।” अरूहरूले भने, “हुन त त्यही अन्धोजस्तो रहेछ, तर त्यो होइन।” तर ऊ आफैंले भन्यो, “हो, म त्यही मानिस हुँ।”
10
उनीहरूले सोधे, “तब कसरी आँखा देख्ने भयौ त?”
11
उसले भन्यो, “येशू नाउँ गरेका मानिसले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो र सिलोआमको पोखरीमा गएर धोऊ भन्नुभयो। त्यहाँ गएर धुनेबित्तिकै म देख्ने भइहालें।”
12
तिनीहरूले सोधे, “येशू भन्नेचाहिँ कता गए त?” उसले भन्यो, “कुन्नि, मलाई थाहा छैनँ।”
13
त्यसपछि तिनीहरूले त्यस मानिसलाई फरिसीहरूकहाँ लगे।
14
अब येशूले माटो मुछेर उसलाई निको पार्नुभएको दिन पवित्र विश्रामको दिन थियो।
15
त्यति बेला फरिसीहरूले पनि कसरी आँखा देख्ने भयौ भनेर सोधे। उसले भन्यो, “उहाँले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो अनि मैले माटो पखालेपछि देख्ने भएँ।”
16
कुनै-कुनै फरिसीहरूले भने, “यो निको पार्ने मानिस परमेश्वरतर्फबाट आएको हुन सक्दैन किनभने त्यसले त पवित्र विश्रामको दिनमा काम नगर्नू भन्ने नियमलाई मान्दैन।” तर अरूहरूले भने, “पापी मान्छेले पनि यस्ता अचम्मका कामहरू गर्न सक्छ र?” यसरी उनीहरूको आपसमा मतभेद भयो।
17
फरिसीहरूले उसलाई फेरि एकपल्ट सोधे, “त्यस मान्छेले तिम्रा आँखालाई निको पारिदियो। अब तिम्रो विचारमा त्यो को हो त?” उसले भन्यो, “उहाँ त अगमवक्ता हुनुहुन्छ।”
18
यहूदी अगुवाहरूले ऊ साँच्चै अन्धा थियो र देख्न सक्ने भयो भन्ने कुरा पत्याएनन्। त्यसकारण तिनीहरूले उसका आमा-बुबालाई बोलाएर सोधे,
19
“के यो तिमीहरूकै छोरा हो? के यो जन्मैदेखि अन्धा थियो? त्यसो भए यो कसरी देख्ने भयो त?”
20
उसका आमा-बुबाले भने, “हो, यो हाम्रो छोरा हो र यो जन्मैदेखि अन्धो थियो।”
21
तर यसले कसरी देख्न सक्ने भयो र कसले यसको आँखा निको पारिदियो, त्यो त हामीलाई थाहा छैन। तपाईंहरूले नै त्यसलाई सोध्नुहोस्, यसको उमेर पुगेको छ र यसले आफैं पनि भन्न सक्छ।”
22
यहूदीहरूको डरले गर्दा तिनीहरूले यस्तो जवाफ दिए किनभने येशूलाई मुक्ति दिने राजा ख्रीष्ट ज-जसले भन्छन्, तिनीहरूलाई सभाघरबाट निकाल्ने मतो यहूदी अगुवाहरूले अघि नै गरिसकेका थिए।
23
त्यसैले नै उसका आमा-बुबाले ‘ऊ उमेर पुगेको मान्छे हो, उसैलाई सोध्नुहोस्’ भनेर भने।
24
यहूदी अगुवाहरूले त्यो अन्धोलाई फेरि बोलाए र उसलाई शपथ हाल्न लगाउँदै भने, “परमेश्वरको प्रशंसा गर। हामीलाई थाहा छ, त्यो मानिस पक्कै पापी हो।”
25
उसले भन्यो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, त्यो त म जान्दिनँ! तर एउटै कुराचाहिँ म जान्दछु, म अन्धो थिएँ, तर अहिले देख्ने भएँ।”
26
तिनीहरूले फेरि सोधे, “त्यसले तिमीलाई के गर्यो, कसरी त्यसले तिम्रो आँखा देख्ने गरायो?”
27
उसले भन्यो, “मैले हजुरहरूलाई अघि नै भनिसकें, तर हजुरहरूले सुन्नुभएन। फेरि किन त्यही कुरा सोधिरहनुहुन्छ? के हजुरहरूको पनि उहाँका चेला हुने विचार छ कि कसो?”
28
यो सुनेर तिनीहरूले उसला ई गाली गर्दै भने, “तँ पो त्यस मानिसको चेला होस्, हामी त मोशाका चेला हौं।
29
मोशासँग त परमेश्वर बोल्नुभएको थियो, त्यो हामीलाई थाहा छ। तर त्योचाहिँ कहाँको मान्छे हो, यो त हामीलाई थाहा छैन।”
30
तब उसले भन्यो, “यो कस्तो अचम्मको कुरा! उहाँले मेरो आँखा देख्ने बनाउनुभयो। उहाँ कहाँको मान्छे हुनुहुन्छ, हजुरहरूलाई थाहा छैन?
31
परमेश्वरले पापीका कुरा सुन्नुहुन्न भन्ने हामी सबैलाई थाहा छ तर उहाँले आफूलाई आदर गर्ने र उहाँको इच्छाअनुसार काम गर्नेको मात्र कुरा सुन्नुहुन्छ।
32
संसारको सुरुदेखि अहिलेसम्म जन्मैको अन्धोलाई कसैले निको पारेको कहिल्यै पनि सुनिएको छैन।
33
यदि उहाँ परमेश्वरको मानिस नहुनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।”
34
“तँ पापमा जन्मेर पापैमा हुर्केको मान्छेले हामीलाई सिकाउन खोज्छस्?” भन्दै तिनीहरूले उसलाई सभाघरबाट निकाले।
35
यहूदी अगुवाहरूले उसलाई निकालिदिए भन्ने कुरा येशूले सुन्नुभयो अनि येशूले उसलाई भेटेर भन्नुभयो, “के तिमी परमेश्वरले पठाउनुभएको मानव पुत्रमाथि विश्वास गर्छौ?”
36
उसले भन्यो, “हजुर, उहाँ को हुनुहुन्छ मलाई भन्नुहोस् र म विश्वास गर्छु।”
37
येशूले भन्नुभयो, “तिमीले उसलाई देखिसकेका छौ, उसले अहिले तिमीसँग कुरा गरिरहेको छ।”
38
यो सुनेर उसले येशूको चरणमा पर्दै भन्यो, “प्रभु, म विश्वास गर्छु!”
39
अनि येशूले भन्नुभयो, “नदेख्ने मानिसहरूले देख्न सकून् र देख्तछु भन्नेहरू नदेख्ने होऊन् भनेर म संसारमा न्याय गर्न आएको छु।”
40
यो सुनेर त्यहाँ भएका केही फरिसीहरूले भने, “के हामीलाई पनि अन्धा भनेका हौ?”
41
येशूले भन्नुभयो, “तिमीहरू अन्धा नै भएको भए दोषी हुने थिएनौ, तर तिमीहरूले हामी देख्छौं भनेर भन्छौ, त्यसैले तिमीहरू अझै दोषी छौ।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21