bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 12
John 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 13 →
1
निस्तार भन्ने चाडभन्दा छ दिनअघि येशू फेरि बेथानिया गाउँमा आउनुभयो। त्यही गाउँमा येशूले मरेकोबाट बिउँताउनुभएको लाजरस बस्थे।
2
येशू आउनुभएको खुसीयाली मा तिनीहरूले खाना तयार गरे। मार्थाले खाना टक्र्याउँदै थिइन्। लाजरसचाहिँ येशू र अरू पाहुनाहरूको साथमा टेबिलमा ढल्कँदै खान लागेका थिए।
3
त्यस बेला मरियमले जटामसीको बोटबाट बनाएको आधा लिटर दामी सुगन्धित अत्तर ल्याइन् र त्यसलाई येशूको पाउमा घसेर आफ्नै कपालले पुछिन्। त्यो अत्तरको बास्नाले घरै भरियो।
4
प्रभुलाई विश्वासघात गर्ने चेला यहूदा इस्करियोतले भन्यो,
5
“यो अत्तर त तीन सय चाँदीका सिक्कामा बेचेर गरीबलाई दिए भइहाल्थ्यो नि, किन नदिएको?”
6
उसले गरीबको माया गरेर होइन, तर चोर भएकोले यसो भनेको थियो। पैसाको थैलो उसलाई नै राख्न दिइएको थियो र उसले यसबाट पैसा झिक्ने गर्थ्यो।
7
येशूले भन्नुभयो, “भइहाल्यो, उसलाई केही नभन! मलाई गाड्ने दिनको लागि उनले मलाई यो अत्तर लगाइदिएकी हुन्।
8
गरीबहरू त सधैँ तिमीहरूसँगै हुन्छन्, तर म त सधैँ हुन्नँ।”
9
येशू बेथानियामा हुनुहुन्छ भन्ने थाहा पाएर धेरै मानिसहरू त्यहाँ आए। तिनीहरू येशूलाई हेर्न मात्र होइन, तर उहाँले मरेकोबाट बिउँताउनुभएको लाजरसलाई पनि हेर्न आएका थिए।
10
यसो हुँदा मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने निधो गरे
11
किनभने लाजरस बिउँतिएकोले गर्दा धेरै यहूदीहरूले तिनीहरूलाई छोडेर येशूमा विश्वास गर्न लागेका थिए।
12
भोलिपल्ट निस्तार भन्ने चाडमा आएका ठूलो भीडले येशू यरूशलेममा आउँदै हुनुहुन्छ भनेको सुने।
13
तिनीहरू खजुरका हाँगा लिएर यसो भन्दै उहाँलाई स्वागत गर्न आए, “जय होस्! जय-जयकार होस्!! प्रभु परमेश्वरको नाउँमा आउनुहुने इस्राएलका महाराजा कति धन्य हुनुहुन्छ।”
14
येशू एउटा गधाको बछेडो भेटाएर त्यसैमा चढेर आउनुभयो। यस बारेमा धर्मशास्त्रमा पनि यसरी लेखिएको छ—
15
हे यरूशलेमका बासिन्दाहरू हो, नडराओ! हेर, तिमीहरूका महाराजा गधाको बछेडोमा चढेर आउँदै हुनुहुन्छ! (जकरिया ९:९)
16
तर त्यति बेला त येशूका चेलाहरूले ती कुराहरू बुझेनन्। तर येशू मरेकोबाट बिउँतेर स्वर्गको महिमामा फर्किनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए र ती मानिसहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे।
17
येशूले मरेको लाजरसलाई चिहानबाट बोलाएर जिउँदो गराउनुभएको देख्ने मानिसहरूले यो कुरा भएको हो भनी फैल्याइरहेका थिए। त्यसैले
18
मानिसहरूले त्यो शक्तिशाली कामको बारेमा सुनेका हुनाले येशूलाई स्वागत गर्न त्यत्रो ठूलो भीड आएको थियो।
19
फरिसीहरूले आपसमा भने, “खै, हामीले केही गर्न सकेनौँ। हेर त, सबै दुनियाँ नै उसको पछि लागिसकेछ।”
20
ग्रीस देशका केही मानिसहरू चाडको बेलामा पूजा गर्न यरूशलेममा आएका थिए।
21
उनीहरूले गालील क्षेत्रको बेथसेदा गाउँबाट आएको फिलिपकहाँ आएर भने, “हजुर, हामी येशूको दर्शन गर्न चाहन्छौं।”
22
फिलिपले गएर अन्द्रियासलाई भने अनि फिलिप र अन्द्रियास दुवै गएर येशूलाई यो कुरा सुनाइदिए।
23
येशूले उनीहरूलाई जवाफ दिनुभयो, “अब मानव पुत्रको महिमा हुने बेला आइपुग्न लागेको छ।
24
तर साँच्चै म तिमीहरूलाई भन्छु, गहुँको दाना जमिनमा परेर मरेन भने त्यो त्यतिकै रहन्छ। तर जमिनमा परेर मर्यो भने त्यसले धेरै अन्न उब्जाउँछ।
25
त्यसै गरी आफ्नो जीवनलाई ज्यादै माया गर्नेले जीवन गुमाउँछ। तर आफ्नो जीवनलाई संसारमा तुच्छ ठान्नेले चाहिँ त्यसलाई अजम्मरी जीवनसम्म जोगाइराख्नेछ।
26
मेरो काम गर्न चाहनेले मलाई पछ्याउनुपर्छ। जहाँ-जहाँ म हुन्छु, त्यहीँ नै मेरो काम गर्ने पनि हुनेछ। मेरो पिताले मेरो काम गर्नेलाई कदर गर्नुहुनेछ।”
27
“अहिले मेरो हृदय विचलित भएको छ, मलाई के भनूँ, के भनूँजस्तो भइरहेछ! हे पिता, मलाई यो आउन लागेको दु:खबाट बचाउनुहोस् भनूँ? होइन, यही दु:ख भोग्नलाई नै म यस संसारमा आएको हुँ।
28
हे पिता, तपाईंको आफ्नै नाउँलाई महिमित तुल्याउनुहोस्।” तब स्वर्गबाट यस्तो बोलिएको सुनियो “मैले महिमा लिएको छु र फेरि पनि लिनेछु।”
29
त्यहाँ उभिरहेका मानिसहरूको भीडले यो बोली सुने अनि कति जनाले भने, “आकाश गर्जेछ!” कति जनाले भने, “उहाँसँग स्वर्गदूत बोलेका होलान्!”
30
तर येशूले तिनीहरूलाई भन्नुभयो, “स्वर्गबाट आएको यो आवाज मेरो लागि होइन, तर तिमीहरूको लागि नै बोलिएको हो।
31
अब संसारलाई दोषी ठहराउने बेला आइसक्यो। अब यस संसारको राजालाई निकालिनेछ
32
अनि म पृथ्वीबाट उचालिएपछि सबै मानिसहरूलाई आफूतिर खिच्नेछु।”
33
यो कुरा भन्दा आफू कुन प्रकारले मर्नुपर्ने हो भनेर येशूले बताउनुभयो।
34
मानिसहरूले भने, “हाम्रो व्यवस्थाले ‘ख्रीष्ट त सधैँ बाँचिरहनुहुनेछ’ भनेर भन्छ। तर मानव पुत्रलाई उचालिनुपर्छ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ? तपाईंले भन्नुभएको मानव पुत्रचाहिँ को हो?”
35
येशूले जवाफ दिनुभयो, “उज्यालोचाहिँ अझै केही बेरसम्म तिमीहरूको बीचमा रहनेछ। उज्यालो तिमीहरूसँग रहुञ्जेल आफ्नो बाटोमा हिँड नत्र अन्धकारले तिमीहरूलाई ढाक्नेछ। अँध्यारोमा हिँड्नेले आफू कता जाँदै छु भनी थाहा पाउँदैन।
36
तिमीहरूसँग उज्यालो रहँदा नै त्यसमा तिमीहरूले विश्वास गर र तिमीहरू ज्योतिका सन्तान हुनेछौ।” यति भनिसकेपछि येशू त्यहाँबाट जानुभयो र तिनीहरूबाट लुक्नुभयो।
37
येशूले मानिसहरूकै अगाडि यतिका शक्तिशाली चिन्हहरू गर्नुभएको थियो तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्।
38
यसरी यशैया अगमवक्ताले भनेका यो कुरा पूरा हुन आयो— हे प्रभु, हामीले भनेका कुरा कसले पत्यायो? प्रभुले गर्नुभएका शक्तिशाली काम कसलाई प्रकट भयो?
39
फेरि तिनीहरूले विश्वास गर्न नसकेका कारणका बारेमा यशैयाले यसरी भनेका छन्—
40
परमेश्वरले तिनीहरूका आँखा बन्द गरिदिनुभएको छ र तिनीहरूको मनलाई कठोर पारिदिनुभएको छ। “त्यसैले तिनीहरू आँखाले देख्तैनन्, मनले बुझ्दैनन् र मकहाँ फर्किंदैनन्। नत्रता म तिनीहरूलाई निको पार्नेथिएँ,” भनेर प्रभु परमेश्वरले भन्नुहुन्छ।
41
यशैयाले येशूको ठूलो महिमा देखेर उनले येशूकै बारेमा भनेका थिए।
42
तापनि धेरै यहूदी अगुवाहरूले येशूमाथि विश्वास गरे। तर फरिसीहरूको डरले गर्दा तिनीहरूले यो कुरा कसैलाई पनि भनेनन् किनभने अरूले यो कुरा थाहा पाएको भए तिनीहरू यहूदी सभाघरबाट निकालिने थिए।
43
तिनीहरूले त परमेश्वरबाट भन्दा मानिसहरूबाट पाइने प्रशंसा मन पराउँथे।
44
सबैले सुन्ने गरी येशूले भन्नुभयो, “ममाथि विश्वास गर्नेले ममाथि मात्र होइन, मलाई पठाउनुहुनेमाथि पनि विश्वास गर्छ
45
अनि मलाई देख्नेले मलाई पठाउनुहुनेलाई देख्छ।
46
संसारको उज्यालो म नै हुँ। ममाथि विश्वास गर्ने कोही पनि अँध्यारोमा नरहोस् भनेर म संसारमा आएँ।
47
मेरो कुरा सुनेर नमान्ने र नगर्नेहरूलाई दोषी ठहराउनेचाहिँ म होइनँ किनभने म संसारलाई दोषी ठहराउन होइनँ, तर बचाउन आएको हुँ।
48
मैले भनेको वचन सुनेर पनि विश्वास गर्न नमान्नेचाहिँ दोषी ठहरिन्छ। मैले भनेको वचनले नै उसलाई त्यो आखिरी दिनमा दोषी ठहराउनेछ
49
किनभने यी कुरा मैले आफ्नै तर्फबाट भनेको होइनँ, तर मलाई पठाउनुहुने पिताले नै मैले भन्नुपर्ने र बोल्नुपर्ने कुराको आज्ञा मलाई दिनुभएको हो।
50
मलाई थाहा छ, उहाँको आज्ञाले अनन्त जीवन दिन्छ। त्यसैले म जे भन्छु, पिताले भन्न लगाउनुभएको कुरा नै भन्छु।”
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21