bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 19
John 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 20 →
1
तब पिलातसले येशूलाई लगेर कोर्रा लगाउन सिपाहीहरूलाई हुकुम दिए।
2
कोर्रा लगाएपछि सिपाहीहरूले येशूलाई काँडाको मुकुट र बैजनी रङ्गको राजाले लगाउनेजस्तै पोशाक लगाइदिए
3
अनि उहाँको नजिकै आएर “यहूदीहरूका राजाको जय होस्!” भनेर गिल्ला गर्दै थप्पड लगाउन थाले।
4
पिलातसले फेरि एक पटक बाहिर निस्केर मानिसहरूको भीडलाई भने, “हेर, मैले यी मानिसमा दण्ड दिनुपर्ने कुनै दोष नै भेटिनँ। यो कुरा तिमीहरूलाई थाहा होस् भनेर मैले उनलाई तिमीहरूको अगाडि ल्याउँदै छु।”
5
त्यसपछि येशू काँडाको मुकुट र बैजनी रङ्गको पोशाक लगाएर नै बाहिर आउनुभयो। पिलातसले तिनीहरूलाई भने, “लौ हेर, यस मानिसलाई!”
6
मुख्य पूजाहारी र सिपाहीहरूले येशूलाई देख्नेबित्तिकै चिच्याएर भने, “त्यसलाई झुण्ड्याउनुहोस्, त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्!” पिलातसले तिनीहरूलाई भने, “उसोभए तिमीहरूले नै उनलाई लगेर क्रूसमा झुण्ड्याओ। मैले त उनमा दण्ड दिनुपर्ने कुनै दोष नै भेट्टाइनँ।”
7
यहूदी अगुवाहरूले भने, “हाम्रो व्यवस्थाअनुसार त्यसले मृत्युदण्ड पाउनु नै पर्छ किनभने त्यसले आफैंलाई परमेश्वरको पुत्र हुँ भन्ने दाबी गरेको छ।”
8
त्यस्तो कुरा सुनेर पिलातस झन् डराए।
9
उनी फेरि दरबारभित्र पसे र येशूलाई सोधे, “तिमी कहाँका हौ?” तर येशूले कुनै उत्तर दिनुभएन।
10
पिलातसले भने, “मलाई किन भन्दैनौ? तिमीलाई थाहा छैन? तिमीलाई क्रूसमा झुण्ड्याउने वा छुट्कारा दिने अधिकार मेरो हातमा छ।”
11
येशूले भन्नुभयो, “परमेश्वरले नदिनुभएको भए तपाईंको ममाथि कुनै अधिकार हुने थिएन। त्यसकारण मलाई तपाईंकहाँ सुम्पिदिने मानिसहरू नै अझै ठूलो पापको दोषी हुन्छन्।”
12
यो सुनेर पिलातसले येशूलाई फेरि छोडिदिन खोजे। तर यहूदीहरूले कराउँदै भने, “त्यसलाई छोड्ने हो भने तपाईं रोमी महाराजाको मित्र हुनुहुन्न। आफैंलाई राजा हुँ भन्ने मानिसले त महाराजाकै विरोध गर्छ।”
13
यी कुराहरू सुनेर पिलातसले येशूलाई दरबारबाट बाहिर ढुङ्गाले ढाकेको आँगनमा लगे, जसलाई हिब्रू भाषामा गब्बथा भनिन्छ। त्यहाँ उनी न्याय गर्ने आसनमा बसे।
14
त्यति बेला मुक्ति-दिवस चाडको अघिल्लो दिन लगभग मध्यदिन भएको थियो। न्याय आसनमा बसेपछि पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा!”
15
“त्यसलाई मार्नैपर्छ! त्यसलाई मार्नैपर्छ! त्यसलाई क्रूसमा झुण्ड्याउनुपर्छ!” भनेर तिनीहरू सबै कराउन थाले। पिलातसले तिनीहरूलाई सोधे, “के म साँच्चै तिमीहरूका राजालाई क्रूसमा झुण्ड्याऊँ?” मुख्य पूजाहारीहरूले जवाफ दिए, “रोमी महाराजाबाहेक हाम्रो अर्को कुनै राजा छैन।”
16
यो सुनेर पिलातसले येशूलाई क्रूसमा झुण्ड्याउन तिनीहरूको हातमा सुम्पिदिए। सिपाहीहरूले येशूको जिम्मा लिए।
17
तिनीहरूले येशूलाई खप्परे भन्ने डाँडामा लगे। त्यो ठाउँलाई हिब्रू भाषामा गलगथा भनिन्छ। आफ्नो क्रूस आफैंले बोकेर येशू त्यहाँ जानुभयो।
18
त्यस ठाउँमा पुगेर तिनीहरूले उहाँलाई काँटी ठोकेर क्रूसमा झुण्ड्याए अनि उहाँको दाहिने र देब्रेतिर अरू दुई जनालाई पनि भिन्नाभिन्नै क्रूसमा झुण्ड्याए। येशू तिनीहरूका बीचमा टाँगिनुभएको थियो।
19
पिलातसले “नासरतका येशू यहूदीहरूका राजा” भन्ने दोष-पत्र लेखेर क्रूसमा टाँसिदिए।
20
त्यस दोष-पत्रमा लेखिएको कुरा धेरै मानिसहरूले पढे किनभने त्यो ठाउँ सहरको नजिकै थियो अनि त्यो दोष-पत्र हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो।
21
यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “यसरी यहूदीको राजा भन्ने नलेखिदिनुहोस्, तर ‘त्यसले म यहूदीहरूका राजा हुँ भनेको थियो’ भनेर लेखिदिनुहोस्।”
22
“भइहाल्यो, मैले जे लेखें, लेखें,” भनेर पिलातसले जवाफ दिए।
23
सिपाहीहरूले येशूलाई क्रूसमा टाँगिसकेपछि उहाँको लुगा लिएर चार भाग लगाए र आपसमा बाँडे। उहाँको लामो कुर्ताचाहिँ माथिदेखि तलसम्म सिउनैनपर्ने गरी बुनिएको थियो।
24
यो देखेर तिनीहरूले आपसमा भने, “यसलाई चाहिँ नच्यातौं, तर यो कसको भागमा पर्दोरहेछ, चिट्ठा हालेर हेरौं।” “तिनीहरूले मेरा लुगा आपसमा बाँडे र मेरा पोशाकमा चाहिँ चिट्ठा हाले,” भनेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा हुन आयो।
25
येशूको क्रूसको नजिकै उहाँकी आमासँग आमाकी बहिनी र क्लोपासकी पत्नी मरियम अनि मरियम मग्दलिनी उभिरहेका थिए।
26
येशूले आफ्नी आमा र आफ्ना प्यारो चेलालाई नजिकै उभिरहेका देखेर आफ्नी आमालाई भन्नुभयो, “आमा हेर्नुहोस्, यिनी तपाईंका छोरा हुन्।”
27
अनि ती चेलालाई भन्नुभयो, “हेर, उहाँ तिम्री आमा हुनुहुन्छ।” त्यस दिनदेखि त्यो चेलाले येशूकी आमा मरियमलाई आफ्नो घरमा लगे।
28
अब त मेरो काम सिद्धियो भन्ने कुरा येशूले जान्नुभयो अनि धर्मशास्त्रमा लेखिएका कुरा एक-एक गरी पूरा होस् भनी उहाँले “मलाई तिर्खा लाग्यो!” भनेर भन्नुभयो
29
त्यहाँ सिर्काले भरिएको एउटा भाँडो थियो। सिपाहीहरूले एउटा स्पन्ज हिसपको हाँगामा अड्काई येशूको मुखमा लगाइदिए।
30
अलिकति सिर्का खाएर येशूले भन्नुभयो, “अब मेरो काम सिद्धियो!” त्यसपछि उहाँले मुन्टो निहुराएर प्राण त्याग्नुभयो।
31
त्योचाहिँ तयारीको दिन अर्थात् विश्राम दिनको अघिल्लो दिन थियो र निस्तार चाड परेकोले भोलिपल्टको विश्राम दिनचाहिँ विशेष पवित्र दिन थियो। त्यसैले यहूदी अगुवाहरूले ‘त्यो ठूलो दिनमा लाश क्रूसमा राखिछोड्नुहुँदैन’ भन्ने सल्लाह गरे अनि तिनीहरूले पिलातसकहाँ गएर यसरी बिन्ती चढाए, “मृत्युदण्ड पाएकाहरू चाँडै मरून् भनेर तिनीहरूका खुट्टा भाँचेर क्रूसबाट झारियोस्।”
32
तब सिपाहीहरूले पहिले येशूसँग क्रूसमा झुण्ड्याइएका दुई जना मानिसहरूका खुट्टा भाँचिदिए।
33
तर येशूको पनि खुट्टा भाँच्न आँट्दा त उहाँ मरिसक्नुभएको रहेछ। त्यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्।
34
तैपनि एक जना सिपाहीले उहाँको कोखामा भालाले रोप्यो अनि कोखाबाट रगत र पानी निस्कियो।
35
(तिमीहरूलाई विश्वास लागोस् भनेर यी घटनाहरू आफ्नो आँखाले देख्नेले जस्ताको त्यस्तै भनेका छन् अनि उसको साक्षी सत्य छ)।
36
“उहाँको एउटै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रमा लेखिएको त्यो कुरा पूरा हुन आओस् भनेर नै यसो भएको हो।
37
फेरि अर्को ठाउँमा पनि धर्मशास्त्रले यसरी बताउँछ, “आफैंले घोचेकोलाई तिनीहरूले हेर्नेछन्।”
38
अरिमाथिया सहरबाट आएका योसेफ नाउँ गरेका एक जना चेला थिए। यहूदी अगुवाहरूको डरले उनले अरूले थाहा नपाउने गरी येशूलाई विश्वास गरेका थिए। अब उनले येशूको लाश लान पाऊँ भनी पिलातससँग मागे। पिलातसले पनि “हुन्छ, लैजाऊ,” भने। योसेफले गएर येशूको लाशलाई क्रूसबाट झारेर लगे।
39
येशूलाई राती भेट्न जाने निकोदेमस पनि योसेफसँगै थिए। उनले चाहिँ तेत्तीस किलो जति मूर्र र एलवा बोटबाट बनाइएको मग्मग् बास्ना आउने अत्तर ल्याए।
40
ती दुई जना मानिसहरूले यहूदी चलनअनुसार येशूको लाशलाई अत्तर हालेर कात्रोले बेरे र चिहानमा राख्न तयार गरे।
41
येशूलाई क्रूसमा झुण्ड्याइएको ठाउँको छेउमा एउटा बगैँचा थियो। त्यस बगैँचामा कहिल्यै मुर्दा नराखेको एउटा नयाँ चिहान थियो।
42
विश्रामको दिन सुरु हुनुभन्दा अघि यो तयारीको दिन भएकोले उनीहरूले येशूको लाशलाई त्यो नजिकैको चिहानमा राखे।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21