bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 20
John 20
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 21 →
1
आइतबार बिहानै मिरमिरे उज्यालोमा मरियम मग्दलिनी येशूको लाश राखेको चिहानमा गइन्। चिहानमा आइपुग्दा त ढुङ्गा हटाइराखेको भेट्टाइन्।
2
यो देखेर तिनी दगुर्दै फर्केर गइन् अनि सिमोन पत्रुस र येशूको प्यारो चेलालाई भनिन्, “तिनीहरूले हाम्रो प्रभुलाई चिहानबाट निकालेर लगेछन्! तर कहाँ लगेर राखेका छन्, हामीलाई थाहा छैन।”
3
तब पत्रुस र त्यो अर्को चेला तुरुन्तै चिहानतिर दगुरे।
4
अर्को चेलाचाहिँ पत्रुसभन्दा छिटो दगुरेर चिहानमा पुगे।
5
उनले निहुरेर चिहानभित्र हेर्दा त लाशको कात्रो मात्रै देखे। तर तिनी चिहानभित्र पसेन्।
6
पछिबाट आउने सिमोन पत्रुसचाहिँ सोझै चिहानभित्र पसे। उनले येशूको लाशमा बेरिएको कात्रो र शिरमा बेरेको लुगा मात्र देखे।
7
शिर बेरेको लुगा छुट्टै एक ठाउँमा पट्ट्याइराखिएको थियो।
8
तब चिहानमा उछिनेर आइपुगेको चेला पनि भित्र पसे। यी सबै कुरा देखेर उनले येशू बिउँतनुभएको रहेछ भनेर विश्वास गरे।
9
(धर्मशास्त्रअनुसार त येशू मरेकोबाट बिउँतनु नै परेको थियो। तर तिनीहरूले यो कुरालाई अझैसम्म बुझ्न सकेका थिएनन्।)
10
त्यसपछि ती दुई चेलाहरू घर फर्के।
11
मरियमचाहिँ चिहानबाहिरै उभिएर रोइरहेकी थिइन् अनि निहुरिएर चिहानभित्र हेर्दा
12
तिनले सेतो लुगा लगाएका दुई स्वर्गदूतलाई देखिन्। एउटा येशूको शिर भएको ठाउँतिर र अर्कोचाहिँ खुट्टा भएको ठाउँतिर बसिरहेका थिए।
13
तिनीहरूले मरियमलाई सोधे, “तिमी किन रुँदै छ्यौ?” तिनले जवाफ दिइन्, “तिनीहरूले मेरा प्रभुलाई लगेछन्, तर उहाँलाई कहाँ राखेका छन्, मलाई थाहा छैन।”
14
यति भनेपछि फर्केर हेर्दा तिनले येशूलाई पछिल्तिर उभिरहनुभएको देखिन्। तर येशू नै हुनुहुन्छ भनेर तिनले चिनिनन्।
15
येशूले तिनलाई सोध्नुभयो, “ए नारी, तिमी किन रुँदै छ्यौ? तिमीले कसलाई खोज्दै छ्यौ?” तिनले उहाँलाई बगैँचामा काम गर्ने माली नै भन्ठानेर भनिन्, “हजुर, तपाईंले येशूलाई यहाँबाट लैजानुभएको भए भन्नुहोस्, तपाईंले कहाँ राख्नुभएको छ, म गएर लासलाई लैजान्छु।”
16
येशूले भन्नुभयो, “ए मरियम!” येशूको सोर सुनेर मरियमले फनक्क फर्केर उहाँलाई हिब्रू भाषामा “रब्बोनी!” भनिन्, जसको अर्थ “गुरुज्यू” हो।
17
येशूले भन्नुभयो, “मलाई अहिले समाती नराख किनभने अझैसम्म म पिताकहाँ गइसकेको छैनँ। भाइहरूकहाँ गएर ‘मेरा पिता र तिमीहरूका पिता, मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ म जाँदै छु’ भनिदेओ।”
18
तब मरियम मग्दलिनी चेलाहरूकहाँ दगुर्दै गइन् र आफूले प्रभुलाई देखेको र उहाँले भन्नुभएका कुरा सबै सुनाइन्।
19
त्यही आइतबारको दिन बेलुकी चेलाहरू यहूदी अगुवाहरूको डरले ढोका थुनेर बसिरहेका थिए। त्यति नै बेला येशू अचानक आएर तिनीहरूका बीचमा उभिएर भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!”
20
अनि येशूले आफ्नो हात र कोखा देखाउनुभयो। प्रभुलाई देख्दा ती चेलाहरू खुसी भए।
21
येशूले फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्! जसरी मलाई मेरा पिताले पठाउनुभयो, त्यसरी नै म पनि तिमीहरूलाई पठाउँदै छु।”
22
त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुक्नुभयो र भन्नुभयो, “अब पवित्र आत्मा लेओ।
23
जसको पाप तिमीहरूले क्षमा गरिदिन्छौ, त्यसको पाप क्षमा भएर मेटिनेछ, तर जसको पाप तिमीहरूले क्षमा गरिदिँदैनौ, तिनीहरूले क्षमा पाउँदैनन्।”
24
येशू चेलाहरूका बीचमा आउनुहुँदा जुम्ल्याहा भनिने थोमाचाहिँ त्यहाँ थिएनन्।
25
अरू चेलाहरूले उनलाई ‘हामीले प्रभुलाई देख्यौं’ भनेर बताए। तर थोमाले भने, “जबसम्म म आफैंले उहाँका हातमा काँटीको डोब देख्तिनँ र आफ्नै औँलाले त्यो काँटीको डोब छुँदिनँ र मेरो हातले उहाँको कोखामा छाम्दिनँ, तबसम्म म विश्वासै गर्दिनँ!”
26
एक हप्तापछि चेलाहरू घरमा ढोका थुनेर बसिरहेका थिए। यसपल्टचाहिँ थोमा पनि तिनीहरूसँगै थिए। ढोका थुनिएकै बेलामा येशूले तिनीहरूको बीचमा आएर भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!”
27
थोमालाई आफ्नो हात देखाएर भन्नुभयो, “यहाँ हेर, तिम्रो औँलाले मेरा हातमा छोऊ र मेरो कोखामा छाम! शङ्का होइन तर विश्वास गर।”
28
त्यही बेला थोमाले “हे मेरा प्रभु, हे मेरा परमेश्वर!” भन्दै येशूको पाउमा परे
29
अनि येशूले भन्नुभयो, “थोमा, तिमीले त मलाई देखेर विश्वास गरेका छौ, तर नदेखी विश्वास गर्नेहरू कति धन्यका हुन्।”
30
यस पुस्तकमा नलेखिएका धेरै अरू शक्तिशाली चिन्हहरू र कामहरू पनि येशूले चेलाहरूको सामु गर्नुभयो।
31
तिमीहरूले मुक्ति दिने राजा परमेश्वरका पुत्र येशूमा विश्वास गर भनेर यो पुस्तक लेखिएको हो। उहाँमा विश्वास गरेर अनन्त जीवन पाओ।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21