bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 13
John 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 14 →
1
निस्तार भन्ने चाड सुरु हुनै लागेको थियो। आफूले संसार छोडेर पिताकहाँ जाने समय आउनै लागेको छ भन्ने कुरा येशूलाई थाहा थियो। उहाँले संसारमा भएका आफ्ना चेलाहरूलाई सधैँ प्रेम गर्नुहुन्थ्यो अनि उहाँले तिनीहरूलाई आखिरी समयसम्मै प्रेम गरिरहनुभयो।
2
येशूले आफ्ना चेलाहरूसँग बेलुकीको खाना खाँदै हुनुहुन्थ्यो। त्यति बेला शैतानले सिमोनका छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई पक्राइदिने विचार हालिदिइसकेको थियो।
3
परमेश्वरले आफूलाई सबै अधिकार दिनुभएको छ भन्ने कुरा येशूलाई थाहा थियो अनि परमेश्वरबाटै आएर फेरि परमेश्वरकहाँ नै फर्किंदै छु भन्ने कुरा पनि उहाँलाई थाहा थियो।
4
त्यही सम्झेर येशू उठ्नुभयो र बाहिरपट्टिको खास्टो खोलेर कम्मरमा तौलिया बेर्नुभयो।
5
त्यसपछि उहाँले भाँडामा पानी हालेर चेलाहरूको खुट्टा धुँदै कम्मरमा बेरेको तौलियाले पुछ्न लाग्नुभयो।
6
सिमोन पत्रुसको खुट्टा धुन आँट्दा पत्रुसले भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुन लाग्नुभएको?”
7
येशूले पत्रुसलाई भन्नुभयो, “अहिले म के गर्दै छु, तिमीले बुझ्दैनौ। तर पछिचाहिँ तिमीले बुझ्नेछौ।”
8
पत्रुसले भने, “तपाईंले मेरो खुट्टा कहिल्यै पनि धुनुहुँदैन!” येशूले भन्नुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने तिमी मेरो चेला नै हुँदैनौ।”
9
तब सिमोन पत्रुसले भने, “त्यसो हो भने प्रभु, मेरो खुट्टा मात्रै होइन, तर हात र टाउकोसमेत धोइदिनुहोस्।”
10
येशूले भन्नुभयो, “नुहाइसकेको मानिसले खुट्टाबाहेक अरू केही धुनुपर्दैन किनभने ऊ शुद्ध भएको छ। तिमीहरू त शुद्ध भइसकेका छौ, तर सबैचाहिँ होइन।”
11
आफूलाई कसले पक्राइदिन आँटेको छ, त्यो येशूलाई थाहा थियो। त्यसकारण उहाँले तिमीहरू सबै शुद्ध भइसकेका छैनौ भनेर भन्नुभएको थियो।
12
चेलाहरूको खुट्टा धोइसक्नुभएपछि येशूले खास्टो ओड्नुभयो र फेरि खान बस्नुभएपछि भन्नुभयो, “मैले किन तिमीहरूका खुट्टा धोएको, तिमीहरूले बुझ्यौ?
13
तिमीहरूले मलाई गुरु र प्रभु भन्छौ। यो कुरा ठीक नै हो, म तिमीहरूका प्रभु र गुरु नै हुँ।
14
मैले प्रभु र गुरु भएर पनि तिमीहरूका खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ।
15
मैले गरेजस्तै तिमीहरूले पनि गर भनेर नै मैले नमुना देखाएको हुँ।
16
साँच्चै म तिमीहरूलाई भन्छु, मालिकभन्दा नोकर ठूलो हुँदैन अनि खबर पठाउनेभन्दा खबर ल्याउने पनि ठूलो हुँदैन।
17
तिमीहरूले यो कुरा बुझेर यसैअनुसार काम गर्यौ भने तिमीहरू सुखी हुनेछौ।
18
“मैले तिमीहरू सबैको विषयमा भनेको होइनँ? मैले छानेकाहरूलाई म चिन्छु। तर ‘मसँगै रोटी खाने मानिस मेरो विरोधी भयो’ भनेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा हुनु नै पर्छ।
19
यो भएपछि तिमीहरूले मलाई ‘जो हुँ, उही हुँ’ भनी विश्वास गर्न सक भनेर यो हुनुपहिले नै तिमीहरूलाई भन्दै छु।
20
साँच्चै म तिमीहरूलाई भन्छु, मैले पठाएकाहरूलाई स्वागत गर्नेले मलाई नै वास्ता गर्छ र मलाई वास्ता गर्नेले मलाई पठाउनुहुने परमेश्वरलाई नै वास्ता गर्छ।”
21
यति भनिसक्नुभएपछि येशू एकदम विचलित हुनुभयो अनि आफ्ना चेलाहरूलाई सम्झाएर भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूकै बीचबाट एक जनाले मलाई पक्राइदिनेछ।”
22
येशूले यो कुरा कसको बारेमा भन्नुभएको हो भनेर चेलाहरूले नबुझेर एक-अर्कालाई हेराहेर गर्न लागे।
23
येशूले प्रेम गर्नुहुने चेला उहाँको छेवैमा अडेस लागेर बसिरहेका थिए।
24
सिमोन पत्रुसले उनलाई कोट्याएर भने, “सोध त, उहाँले यो कुरा कसको बारेमा भन्नुभएको हो?”
25
ती चेलाले येशूको छातीमा ढल्केर सोधे, “प्रभु, त्यो मानिस को हो?”
26
येशूले भन्नुभयो, “रोटी चोबेर म जसलाई दिन्छु, मैले भनेको मानिस त्यही हो।” अनि येशूले रोटीको टुक्रा चोबेर सिमोन इस्करियोतको छोरा यहूदालाई दिनुभयो।
27
यहूदाले रोटी लिनेबित्तिकै उसको मनमा शैतान पस्यो अनि येशूले उसलाई भन्नुभयो, “तिमीले जे गर्न लागेका छौ, चाँडै गरिहाल।”
28
येशूले उसलाई यो कुरा किन भन्नुभएको हो, अरू कसैले बुझेनन्।
29
उनीहरूको पैसाको थैलो यहूदाको जिम्मामा भएको हुनाले कति जनाले येशूले उसलाई चाडको लागि चाहिएको कुनै कुरा किन्न पठाउनुभएको होला भन्ने सम्झे अनि कतिले चाहिँ गरीबलाई केही दिन पठाउनुभएको होला भनी ठाने।
30
यहूदाचाहिँ रोटीको टुक्रा खाइसक्नेबित्तिकै बाहिर निस्किहाल्यो। त्यति बेला रात परिसकेको थियो।
31
यहूदा गएपछि येशूले आफ्नो बारेमा यसरी भन्नुभयो, “मानव पुत्र अब उचालिनेछ, र उसमा परमेश्वरको महिमा हुनेछ।
32
मानव पुत्रमा परमेश्वरको महिमा भयो भने परमेश्वरले आफैंमा मानव पुत्रको महिमा गर्नुहुनेछ र उहाँले यो काम छिट्टै गर्नुहुनेछ।
33
“हे मेरा बालकहरू हो, म अझै केही बेरसम्म मात्रै तिमीहरूसँग रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ र मैले यहूदी अगुवाहरूलाई भनेजस्तै तिमीहरूलाई पनि भन्छु, जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।
34
अब म तिमीहरूलाई एउटा नयाँ धार्मिक आज्ञा दिन्छु, तिमीहरू एकले अर्कालाई प्रेम गर। जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरूले पनि एकले अर्कालाई प्रेम गर्नुपर्छ।
35
तिमीहरू एकले अर्कालाई प्रेम गर्यौ भने तिमीहरू मेरा चेला हौ भनेर सबै मानिसहरूले चिन्नेछन्।”
36
पत्रुसले सोधे, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “अहिले तिमी म गएको ठाउँमा मलाई पछ्याएर आउन सक्दैनौ, तर पछि भने सक्नेछौ।”
37
पत्रुसले भने, “प्रभु, म तपाईंलाई किन अहिले नै पछ्याउन सक्दिनँ र? म तपाईंको लागि त मर्न पनि तयार छु।”
38
येशूले जवाफ दिनुभयो, “के तिमी मेरो लागि मर्न तयार छु भन्छौ? म तिमीलाई साँच्चै भन्छु, भोलि बिहान भाले बास्नुभन्दा अघि तिमीले मलाई तीन पल्टसम्म चिन्दिनँ भनेर इन्कार गर्नेछौ!”
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21