bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 5
John 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 6 →
1
केही दिनपछि यहूदीहरूको एउटा चाड आयो र येशू यरूशलेम जानुभयो।
2
यरूशलेममा सहरभित्र पस्ने भेडा नाउँ गरेको ढोका छ र त्यसैको छेउमा पाँचतिर पाटी भएको पोखरी छ। यो पोखरीलाई हिब्रू भाषामा बेथेस्दा भनिन्छ।
3
ती पाटी-पौवामा अन्धा, लङ्गडा र हात-खुट्टा नचल्ने धेरै बिरामीहरू बसिरहेका हुन्थे। [तिनीहरू कुन बेला पोखरीको पानी छचल्किन्छ भनेर पर्खिरहेका हुन्थे
4
किनभने बेला-बेलामा प्रभुका एउटा दूत तल आएर पोखरीको पानी छचल्काइदिन्थे। पानीमा लहरी चल्नेबित्तिकै पहिले डुबुल्की मार्ने बिरामीचाहिँ जस्तोसुकै रोग लागेको भए पनि निको भइहाल्थ्यो।]
5
अब ती पर्खिरहने बिरामीहरूमध्ये एक जना अड्तीस वर्षसम्म बिरामी भएको मानिस पनि थियो।
6
येशूले उसलाई त्यहीँ नै लडिरहेको देख्नुभयो। ऊ धेरै वर्षदेखि बिरामी भएको थाहा पाएर येशूले उसलाई भन्नुभयो, “के तिमी निको हुन चाहन्छौ?”
7
त्यस बिरामीले भन्यो, “हजुर, पानीमा लहरी चल्ने बेलामा मलाई पोखरीमा लगेर हालिदिने मेरो कोही मानिस छैन। म जान खोज्दाखोज्दै अर्कोले उछिनिहाल्छ।”
8
तब येशूले भन्नुभयो, “उठ र आफ्नो ओछ्यान बोकेर हिँड।”
9
त्यति नै खेर त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकेर हिँड्यो। तर त्यो दिन पवित्र विश्रामको दिन थियो।
10
त्यसो हुँदा यहूदी अगुवाहरूले त्यो निको भएको मानिसलाई भने, “आज पवित्र विश्रामको दिन हो, तिमीले ओछ्यान बोक्नुहुँदैन।”
11
उसले भन्यो, “जसले मलाई निको पार्नुभयो, उहाँले नै मलाई ओछ्यान बोकेर हिँड भन्नुभएको हो।”
12
तिनीहरूले सोधे, “तिमीलाई ओछ्यान बोकेर हिँड भन्ने मानिस को हो?”
13
आफूलाई निको पार्ने मानिस को हुनुहुन्थ्यो, उसलाई थाहा थिएन। भीड जम्मा भएको हुनाले येशू त्यहाँबाट गइसक्नुभएको थियो।
14
केही समयपछि येशूले उसलाई मन्दिरमा भेटेर भन्नुभयो, “हेर, अब त तिमी निको भएका छौ। फेरि पाप नगर, नत्र तिमी अझै नराम्रो दशामापर्नेछौ।”
15
त्यसपछि त्यो मानिस यहूदी अगुवाहरूकहाँ गयो र आफूलाई निको पार्ने येशू हुनुहुँदो रहेछ भनेर सुनायो।
16
येशूले यो काम विश्रामको दिनमा गर्नुभएको हुनाले यहूदी अगुवाहरूले उहाँलाई दु:ख दिन थाले।
17
तर येशूले तिनीहरूलाई यसरी जवाफ दिनुभयो, “मेरा पिताले सधैँ काम गरिरहनुहुन्छ। त्यसैले म पनि काम गरिरहन्छु।”
18
यो कुरा सुनेर यहूदी अगुवाहरूले झन् सुरिएर भने, “त्यसले विश्राम दिनमा काम गर्नुहुँदैन भन्ने व्यवस्थालाई मात्र तोडेको होइन तर परमेश्वरलाई नै पिता भनेर आफैंलाई पनि परमेश्वरको बराबरी तुल्याउँदै छ। त्यसलाई त मार्नु नै पर्छ।”
19
त्यसैकारण येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, पुत्रले आफ्नै तर्फबाट केही गर्न सक्दैन। पिताले जे गर्नुभएको देख्छ, उसले त्यही मात्र गर्छ। पिताले जे-जे गर्नुहुन्छ, त्यही नै पुत्रले पनि गर्छ
20
किनभने पिताले पुत्रलाई माया गर्नुहुन्छ र आफूले गर्नुहुने सबै काम पिताले पुत्रलाई देखाउनुहुन्छ। अँ, पिताले पुत्रलाई अझै ठूला-ठूला कामहरू गर्न लगाउनुहुनेछ अनि तिमीहरू सबै छक्कपर्नेछौ।
21
पिताले मरेकाहरूलाई बिउँताएर अनन्त जीवन दिनुभएजस्तै पुत्रले पनि आफूले चाहेकाहरूलाई अनन्त जीवन दिनेछ
22
[22-23] किनभने पिता आफैंले कसैको न्याय गर्नुहुन्न। मानिसहरूले पिताको आदर गरेजस्तै पुत्रको पनि आदर गरून् भनेर पिताले न्याय गर्ने कामचाहिँ पुत्रलाई नै सुम्पिदिनुभएको छ। पुत्रको आदर नगर्नेले चाहिँ पुत्रलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन।
24
“अब म तिमीहरूलाई भन्छु, जसले मेरो कुरा सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ, ऊसँग अनन्त जीवन हुन्छ। उसलाई दोषी ठहराइनेछैन, तर ऊ मृत्युदेखि जीवनमा सरिसकेको हुन्छ।
25
साँच्चै म तिमीहरूलाई भन्छु, बेला आउँदै छ र आइसकेको पनि छ, जब मरेकाहरूले परमेश्वरको पुत्रको सोर सुन्नेछन् अनि सुन्ने जति बाँच्नेछन्।
26
पिता नै जीवनको मूल हुनुहुन्छ र उहाँले आफ्नो पुत्रलाई पनि जीवनको मूल बनाउनुभएको छ
27
र उसलाई न्याय गर्ने अधिकार दिनुभएको छ किनभने मानव पुत्र उहाँ नै हुनुहुन्छ।
28
तिमीहरू मेरो कुरा सुनेर छक्क नपर किनभने त्यो बेला आउँदै छ, जुन बेला मरेकाहरूले मानव पुत्रको सोर सुन्नेछन् र फेरि जिउनेछन्।
29
असल काम गर्नेहरूचाहिँ जीवित भएर अनन्त जीवन पाउनेछन् र खराब काम गर्नेहरूले चाहिँ जीवित भएर दण्ड भोग्नेछन्।
30
“म आफ्नै तर्फबाट त केही पनि गर्न सक्दिनँ। न्याय गर्दा म परमेश्वर पिताको आज्ञालाई नै पर्खिरहन्छु। यसरी मेरो न्याय सत्य हुन्छ किनभने म आफ्नै इच्छाअनुसार होइन, तर मलाई पठाउनुहुनेको इच्छाअनुसार नै काम गर्छु।
31
“यदि मैले आफैंले मात्रै आफ्नो बारेमा साक्षी दिएँ भने मेरो कुरा साँचो ठहरिंदैन।
32
तर मेरो बारेमा साक्षी दिनुहुनेचाहिँ परमेश्वर पिता हुनुहुन्छ र उहाँले मेरो बारेमा जे भन्नुहुन्छ, ती सबै साँचो हुन्छ भन्ने मलाई थाहा छ।
33
“तिमीहरूले कुरा बुझ्न आफ्ना मानिसहरूलाई बप्तिस्मा दिने यूहन्नाकहाँ पठायौ अनि उनले साँचो साक्षी दिए।
34
मेरो लागि मानिसको साक्षी हुनैपर्छ भनेर होइन, तर तिमीहरूलाई बचाउन मैले यो कुरा भनेको हुँ।
35
यूहन्ना त बलिरहेका र चम्किरहेका बत्तीजस्ता थिए, तर तिमीहरूले एक छिन मात्रै उनको उज्यालोमा रमाउन चाह्यौ।
36
“तर यूहन्नाले दिएको साक्षीभन्दा पनि अझै ठूलो साक्षी मेरो पक्षमा छ। मेरा पिताले मलाई गर्न लगाउनुभएका कामहरू म गर्दै छु र यी कामहरूले नै मेरो लागि साक्षी दिँदै छन् र पिताले मलाई पठाउनुभएको हो भनी देखाउँछन्।
37
मलाई पठाउनुहुने पिता आफैंले पनि मेरो लागि साक्षी दिनुभएको छ। तर तिमीहरूले उहाँको चाहिँ सोर कहिल्यै सुनेका छैनौ, नता उहाँलाई देखेका छौ।
38
उहाँको वचन तिमीहरूको मनमा राख्दैनौ किनभने तिमीहरू उहाँले पठाउनुभएको मानिसलाई नै विश्वास गर्दैनौ।
39
धर्मशास्त्रमा अनन्त जीवन पाइन्छ भनी तिमीहरू त्यहाँ खोजी गर्दछौ र धर्मशास्त्रले नै मेरो बारेमा बताउँछ।
40
तर अनन्त जीवन पाउन तिमीहरू मकहाँ आउँदैनौ।
41
“मैले मानिसहरूले दिएको प्रशंसा खोजेको होइन।
42
तर मैले तिमीहरूलाई चिनिसकेको छु, तिमीहरूको हृदयमा परमेश्वरको प्रेम छैन भनेर मलाई थाहा छ।
43
म मेरा पिताको अधिकार लिएर आएको छु, तापनि तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर आफ्नै अधिकार लिएर आउनेहरूलाई चाहिँ तिमीहरूले ग्रहण गर्छौ।
44
तिमीहरू एकअर्कामा प्रशंसा खोज्छौ तर एक मात्र परमेश्वरबाट मिल्ने स्याबासीको चाहिँ इच्छा राख्दैनौ भने तिमीहरूले कसरी विश्वास गर्न सक्छौ र?
45
“म तिमीहरूलाई पिताको अगाडि दोष लगाउनेछु भन्ने नसम्झ। तिमीहरूले मोशालाई भरोसा गरेका छौ, तर उनले नै तिमीहरूलाई दोष लगाउनेछन्।
46
तिमीहरूले साँच्चै मोशालाई विश्वास गरेका भए मलाई पनि विश्वास गर्नेथियौ किनभने उनले त मेरो बारेमा लेखेका थिए!
47
तर तिमीहरू उनले लेखेका कुराहरू नै विश्वास गर्दैनौ भने मैले भनेका कुरामा कसरी विश्वास गर्न सकौला र?”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21