bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 17
John 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 18 →
1
यी कुरा भनिसक्नुभएपछि येशूले स्वर्गतिर हेरेर भन्नुभयो, “हे पिता, अब समय आइपुगेको छ। तपाईंको पुत्रले तपाईंकै महिमा देखाउन सकोस् भनेर उसलाई महिमा दिनुहोस्
2
किनभने तपाईंले उसलाई सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ र तपाईंले दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्।
3
अनन्त जीवन भनेको तपाईं एक मात्र साँचो परमेश्वरलाई चिन्नु र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई पनि चिन्नु हो।
4
तपाईंले मलाई जिम्मा दिनुभएको काम पूरा गरेर मैले तपाईंको नाउँ पृथ्वीमा उच्च पारेको छु।
5
हे पिता, अब मलाई आफ्नै साथमा राखेर त्यही महिमा दिनुहोस्, जुन महिमा संसारको सृष्टिभन्दा अघि तपाईंको साथमा हुँदा मसँग थियो।
6
“संसारबाट तपाईंले मलाई दिनुभएका मानिसहरूलाई मैले तपाईंलाई चिनाएको छु। तिनीहरू तपाईंकै थिए र तपाईंले नै मलाई दिनुभयो। तिनीहरूले तपाईंको शिक्षा मानेका छन्।
7
तपाईंले मलाई दिनुभएका सबै कुरा तपाईंबाटै आएका हुन् भनी त्यो अब तिनीहरूलाई थाहा छ
8
किनभने तपाईंले दिनुभएको शिक्षा मैले तिनीहरूलाई दिएको छु र तिनीहरूले त्यसलाई मान्दै पनि छन्। म साँच्चै तपाईंबाट आएको हुँ भनी तिनीहरूले बुझेका छन्। तपाईंले नै मलाई पठाउनुभएको हो भनेर तिनीहरूले विश्वास गरेका छन्।
9
“तिनीहरूको लागि म प्रार्थना गर्दै छु। दुनियाँको लागि त होइनँ, तर तपाईंले मलाई दिनुभएका मानिसहरूका लागि नै म प्रार्थना गर्दै छु किनभने तिनीहरू तपाईंकै हुन्।
10
मसँग भएका सबै तपाईंका हुन् र तपाईंका सबै मेरा हुन् अनि तिनीहरूद्वारा मेरो महिमा प्रकट भएको छ।
11
अब म तपाईंकहाँ आउँदै छु। म धेरै बेर यस संसारमा रहन्नँ, तर यिनीहरू भने यस संसारमा रहन्छन्। हे पवित्र पिता, तपाईं र म एक भएजस्तै तपाईंले मलाई दिनुभएकाहरू पनि एक होऊन् भनेर तिनीहरूलाई तपाईंको नाउँको शक्तिले जोगाइराख्नुहोस्, जुन नाउँ तपाईंले मलाई दिनुभएको छ।
12
तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँको शक्ति पाएर जोगाइराखें। नाश हुनुपुर्ने मानिसबाहेक मैले कसैलाई पनि नष्ट हुन दिइनँ। तर धर्मशास्त्रमा लेखिएको वचन पूरा हुन आउनु नै पर्थ्यो।
13
“तर अब म तपाईंकहाँ आउँदै छु अनि तिनीहरूका हृदय मेरो आनन्दले पूरै भरियोस् भनेर म यी कुराहरू संसारमा हुँदा नै भन्दै छु।
14
मैले तिनीहरूलाई तपाईंकै शिक्षा दिएँ अनि तिनीहरू मजस्तै यस संसारका नभएका हुनाले मानिसहरूले तिनीहरूलाई हेला गर्दै छन्।
15
तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टदेखि बचाउनुहोस् भनी म बिन्ती गर्दछु।
16
जसरी म यस संसारको होइनँ, त्यसरी नै तिनीहरू पनि यस संसारका होइनन्।
17
तिनीहरूलाई सत्यद्वारा तपाईंकै पवित्र सेवकहरू बनाउनुहोस् किनभने तपाईंको वचन सत्य हो।
18
तपाईंले मलाई संसारमा पठाउनुभएझैँ मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु।
19
तिनीहरूले सम्पूर्ण जीवन तपाईंमै सुम्पन सकून् भनेर मैले पनि आफ्नो जीवन तपाईंमा सुम्पँदै छु।
20
“म यिनीहरूका लागि मात्र होइन, तर यिनीहरूका शिक्षाले गर्दा ममाथि विश्वास राख्नेहरूका लागि पनि प्रार्थना गर्दै छु।
21
तिनीहरू सबै एक हुन सकून् भनेर म बिन्ती गर्दै छु। हे पिता, तपाईं ममा र म तपाईंमा भई हामी एक भएजस्तै तिनीहरू पनि हामीमा भएर एउटै हुन सकून् र तपाईंले नै मलाई पठाउनुभएको हो भनी संसारले बुझ्न सकोस्।
22
तपाईंले मलाई जुन महिमा दिनुभएको छ, त्यही महिमा मैले अहिले तिनीहरूलाई पनि दिएको छु, जसरी तपाईं र म एक हौं, त्यसरी नै तिनीहरू पनि एक हुन सकून्।
23
म तिनीहरूमा र तपाईं ममा हुनुहुन्छ। यही रीतिले तिनीहरू पनि पूर्णरूपमा एक हुन सकून्। यसैबाट तपाईंले नै मलाई पठाउनुभएको हो र तपाईंले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूलाई पनि प्रेम गर्नुहुन्छ भनी संसारले जान्न सकोस्।
24
“हे पिता, तपाईंले मलाई दिनुभएका मानिसहरू मसँग नै रहून् र तपाईंले मलाई दिनुभएको महिमा तिनीहरूले देख्न सकून्, जुन महिमा तपाईंले सृष्टि हुनुभन्दा अघिदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले दिनुभयो।
25
“हे सत्य न्याय गर्नुहुने पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्छु र तपाईंले नै मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्नेछन्।
26
तपाईंले मलाई गर्नुभएको प्रेम तिनीहरूमा पनि रहन सकोस् अनि म तिनीहरूमा रहन सकूँ भनेर तिनीहरू माझ तपाईंलाई मैले चिनाएँ र अझै पनि चिनाइरहनेछु।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21