bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 7
John 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 8 →
1
त्यसपछि येशूले गालील क्षेत्रको यात्रा गर्नुभयो। उहाँ यहूदिया क्षेत्रमा जान चाहनुभएन किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका थिए।
2
त्यस बेला यहूदीहरूको छाप्रो बनाएर मनाइने चाड आउन लागेको थियो।
3
येशूका भाइहरूले उहाँलाई भने, “गालील क्षेत्र छोडेर यहूदियामा जानुहोस्। तपाईंले गरिरहनुभएका कामहरू त्यहाँ पनि चेलाहरूले देखून्।
4
नाउँ चलाउन खोज्नेले आफूले गरेका काम लुकाउन चाहँदैन। त्यस्तै तपाईंले पनि अचम्मको काम गर्दै हुनुहुन्छ र यो अचम्मको काम संसारमा सबैलाई थाहा होस्।”
5
किनभने उहाँका भाइहरूले समेत उहाँमा विश्वास गर्दैनथे।
6
येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो लागि ठीक समय अझै आएको छैन। तिमीहरूको लागि त जुनसुकै समय भए पनि ठीक छ।
7
संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई चाहिँ घृणा गर्छ किनभने म संसारको चालचलन खराब छ भनी देखाइदिन्छु।
8
तिमीहरू चाड मान्न जाओ, मचाहिँ अहिले जान्नँ किनभने मेरो बेला आइसकेको छैन।”
9
यति भन्नुभएपछि उहाँ गालीलमै बस्नुभयो।
10
येशूका भाइहरू चाडमा गइसकेपछि उहाँ पनि कसैले थाहा नपाउने गरी यरूशलेम जानुभयो।
11
चाडमा यहूदी अगुवाहरूले उहाँलाई खोज्दै थिए। “येशू कहाँ छन्?” भनी तिनीहरूले सोधे।
12
भीडमा धेरै मानिसहरूले येशूको बारेमा कुरा गर्दै थिए। एक थरीले भन्थ्यो, “ती मानिस असल छन्।” तर अर्को थरीले भन्थ्यो, “होइन, त्यसले त मानिसको आँखामा छारो मात्रै हाल्छ।”
13
तैपनि यहूदी अगुवाहरूदेखि डराएकोले कसैले उहाँको कुरा खुला रूपमा गर्ने आँट गरेनन्।
14
यो चाड आधा हुन लाग्दा येशूले मन्दिरमा गएर शिक्षा दिन लाग्नुभयो।
15
यहूदी अगुवाहरूले ज्यादै छक्क परेर भने, “यो मानिसले नसिकीकनै कसरी यति धेरै जान्ने भयो?”
16
तिनीहरूलाई जवाफ दिँदै येशूले भन्नुभयो, “मैले सिकाएका कुरा मेरा होइनन्, तर मलाई पठाउनुहुने परमेश्वरका हुन्।
17
परमेश्वरको इच्छाअनुसार काम गर्न खोज्नेहरूले चाहिँ यो शिक्षा परमेश्वरतर्फबाट आएको हो कि मेरो आफ्नै शिक्षा हो, त्यो थाहा पाउनेछन्।
18
आफ्नै तर्फबाट बोल्नेले त आफ्नै आदर खोज्छ, तर आफूलाई पठाउनुहुनेको आदर खोज्नेचाहिँ इमानदार मानिस हो। उसमा अलिकति पनि छलकपट हुँदैन।
19
के मोशाले तिमीहरूलाई व्यवस्था दिएका होइनन्? तैपनि तिमीहरू कसैले त्यो व्यवस्था पालन गर्दैनौ। किन तिमीहरू मलाई मार्न खोज्दै छौ?”
20
भीडमा रहेका मानिसहरूले भने, “तिमीलाई भूत चढेको छ, तिमीलाई कसले मार्न खोज्यो र?”
21
येशूले भन्नुभयो, “मैले एउटा अचम्मको काम गर्दा तिमीहरू सबै छक्क पर्दछौ?
22
अब हेर, मोशाले खतना गर्नुपर्छ भन्ने आज्ञा दिए। वास्तवमा त यो काम मोशाले सुरु गरेका होइनन्, यो त तिमीहरूका पुर्खाले सुरु गरेका थिए। तर विश्रामको दिनमा पनि तिमीहरूले आफ्ना छोराहरूको खतना गर्छौ।
23
अब तिमीहरूले मोशाले दिएका व्यवस्था भङ्ग नहोस् भनेर विश्रामको दिनमा खतना गर्छौ भने मैले विश्रामको दिनमा एउटा मानिसलाई पूरै निको पार्दाचाहिँ तिमीहरू किन रिसाउँछौ त?
24
देखावटी रूपले न्याय नगर, तर असल न्याय गर्ने गर।”
25
त्यतिखेर यरूशलेमका केही मानिसहरूले भने, “तिनीहरूले मार्न खोजेका मानिस यिनै होइनन् र?
26
हेर, यिनी त खुल्ला रूपले बोल्दै छन्, तर कसैले पनि यिनको विरुद्धमा केही भन्दैन। यिनी मुक्ति दिनुहुने राजा ख्रीष्ट हुन् भनी हाम्रा अगुवाहरूले साँच्चै मान्न लागेछन् कि क्या हो?
27
तर यिनी कहाँबाट आएका हुन् हामी सबैलाई थाहा छ। ख्रीष्ट आउनुहुँदा त उहाँ कहाँबाट आउनुभएको भनी कसैलाई थाहा हुनेछैन।”
28
त्यसै बेला येशूले अझै मन्दिरमा सिकाउँदै हुनुहुन्थ्यो। उहाँले सबैले सुन्ने गरी भन्नुभयो, “के तिमीहरू मलाई साँच्चै चिन्छौ? म कहाँबाट आएको हुँ, के त्यो तिमीहरूलाई साँच्चै थाहा छ? म त आफैं आएको होइनँ, मलाई पठाउनुहुनेचाहिँ सत्य हुनुहुन्छ।
29
तर तिमीहरूले उहाँलाई चिन्दैनौ। मचाहिँ उहाँलाई चिन्छु किनभने म उहाँकै तर्फबाट आएको हुँ। उहाँले नै मलाई पठाउनुभएको हो।”
30
यो सुनेर तिनीहरूले येशूलाई पक्रन खोजे। तर कसैले उहाँलाई पक्रन सकेन किनभने उहाँको समय अझै आएको थिएन।
31
त्यो भीडमा रहेका धेरै मानिसहरूले उहाँलाई विश्वास गरे अनि तिनीहरूले भने, “जब मुक्ति दिनुहुने राजा ख्रीष्ट आउनुहुनेछ, के उहाँले यस मानिसले भन्दा पनि धेरै शक्तिशाली काम गर्नुहुन्छ र?”
32
फरिसीहरूले येशूको बारेमा भीडमा रहेका मानिसहरूले यस्ता कुरा खस्याकखुसुक गरेका सुने। यसकारण ती फरिसी र मुख्य पूजाहारीहरूले मिलेर येशूलाई पक्रन मन्दिरको रक्षा गर्ने सिपाहीहरूलाई पठाए।
33
अनि येशूले भन्नुभयो, “म अझै केही बेरसम्म तिमीहरूसँग रहनेछु र त्यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु।
34
तब तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्नेछैनौ किनभने म गएको ठाउँमा तिमीहरू आउन सक्दैनौ।”
35
यो सुनेर यहूदी अगुवाहरूले आपसमा भने, “यो मानिस कहाँ हिँड्न आँट्यो र तिमीहरूले मलाई भेट्न सक्दैनौ भनी भन्छ? आफ्नो देशलाई छोडेर विदेशमा तितरबितर भएका यहूदीहरूकहाँ जान्छ कि क्या हो? कि त गएर विदेशीहरूलाई सिकाउन चाहन्छ?
36
‘तिमीहरूले मलाई खोज्नेछौ तर भेट्नेछैनौ किनभने म गएको ठाउँमा तिमीहरू पुग्न सक्दैनौ’ भन्छ! यो के भनेको हो, कुन्नि?”
37
चाडको आखिर र सबैभन्दा मुख्य दिनमा येशूले उभिएर सबैले सुन्ने गरी भन्नुभयो, “तिमीहरूमध्ये तिर्खाउनेहरू जति छौ, मकहाँ आएर पिओ।
38
धर्मशास्त्रले भनेजस्तै ममाथि विश्वास गर्ने मानिसको हृदयबाट जीवन दिने खोलाहरू बगिरहनेछन्।”
39
यो कुराचाहिँ येशूले आफूमाथि विश्वास गर्ने जतिले पाउने पवित्र आत्माको बारेमा भन्दै हुनुहुन्थ्यो किनभने त्यस बेलासम्म येशू स्वर्गमा नफर्किनुभएकोले परमेश्वरले पवित्र आत्मालाई पठाउनुभएको थिएन।
40
येशूको कुरा सुनेर भीडमा भएका धेरै मानिसहरूले भने, “यी मानिस साँच्चै आउनुपर्ने अगमवक्ता नै हुन्।”
41
कोही-कोहीले भने, “उहाँ त मुक्ति दिनुहुने राजा ख्रीष्ट नै हुनुहुन्छ।” तर कतिले भने, “के ख्रीष्ट गालीलबाट आउनुहुन्छ र?
42
ख्रीष्ट त राजा दाऊदका सन्तान हुनुहुनेछ र दाऊदको गाउँ बेथलेहेमबाट आउनुहुनेछ भनेर के धर्मशास्त्रमा लेखिएको छैन र?”
43
यसरी येशूको बारेमा मानिसहरूमा फाटो आयो।
44
कति जनाले उहाँलाई पक्रन खोजे। तर कसैले पनि उहाँमाथि हात हालेनन्।
45
येशूलाई पक्रन पठाएका मन्दिरका सिपाहीहरू त्यसै फर्के। फरिसी र मुख्य पूजाहारीहरूले तिनीहरूलाई सोधे, “खै, तिमीहरूले येशूलाई किन पक्रेर ल्याएनौ?”
46
सिपाहीहरूले भने, “उनका कुरा सुन्दा हामी त छक्क पर्यौं। हामीले त्यस्ता कुरा कहिल्यै सुनेका थिएनौं।”
47
अगुवाहरूले भने, “तिमीहरूलाई समेत त्यसले छक्यायो कि क्या हो?
48
के हाम्रा अगुवा र फरिसीहरूमध्ये कसैले त्यसलाई विश्वास गरेका छन् र?
49
भीडमा भएका मानिसहरूले मोशाका व्यवस्था जान्दैनन्, तर तिनीहरूमाथि त परमेश्वरको सराप परिसकेको छ।”
50
त्यहाँ भएका फरिसीहरूमध्ये येशूलाई राती भेट्न गएका निकोदेमसले भने,
51
“के हाम्रो व्यवस्थाअनुसार दोष लगाएको मानिसको कुरा नसुनीकन र उसले गरेको कामको पत्ता नलगाई उसलाई दोषी ठहराउन मिल्छ र?”
52
तर अरूहरूले भने, “तिमी पनि गालीली हौ कि क्या हो? धर्मशास्त्र राम्ररी पढ र तिमीले थाहा पाउनेछौ कि गालीलबाट कुनै अगमवक्ता आउँदैन।”
53
[त्यसपछि सबै जना घरतिर गए।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21