bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 2
John 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 3 →
1
पर्सिपल्टको कुरो हो। गालील क्षेत्रको काना सहरमा कुनै एउटा घरमा विवाह थियो। येशूकी आमा पनि त्यस विवाहमा गएकी थिइन्।
2
येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए।
3
विवाहमा दिने अङ्गुरको मद्य सकिएकोले येशूकी आमाले उहाँलाई भनिन्, “अङ्गुरको मद्य त सकिएछ!”
4
यो सुनेर येशूले भन्नुभयो, “आमा, मैले के गर्नुपर्ने हो, तपाईंले मलाई भन्नुपर्दैन किनभने मेरो काम गर्ने बेला अझै आएको छैन।”
5
त्यसपछि येशूकी आमाले नोकरहरूलाई भन्नुभयो, “येशूले जे भन्छन्, त्यही गर।”
6
त्यहाँ नजिकै ढुङ्गा कुँदेर बनाइएका छ वटा घ्याम्पाहरू थिए। तिनीहरूमा झण्डै एक-एक सय लिटर पानी जान्थ्यो। यस्ता घ्याम्पाहरूचाहिँ यहूदीहरूले आफूलाई चोख्याउने काममा प्रयोग गर्थे।
7
येशूले नोकरहरूलाई भन्नुभयो, “यी सबै घ्याम्पाहरू पानीले भर।” उनीहरूले ती सबै घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
8
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो अलिकति लगेर भोजको नाइकेलाई चाख्न देओ।” उनीहरूले अलिकति लगेर भोजको नाइकेलाई चाख्न दिए।
9
नाइकेले पानी चाख्दा त त्यो अङ्गुरको मद्य बनिसकेको थियो। तर त्यो मद्य केबाट बनिएको थियो, त्यो कुरा उनले थाहा पाएका थिएनन्। त्यो त ल्याउने नोकरहरूलाई मात्रै थाहा थियो। भोजको नाइकेले दुलहाकहाँ आएर भने,
10
“अरूले त पहिले राम्रो खालको मद्य पिउन दिन्छन् अनि पाहुनाहरूले धेरै मद्य पिइसकेपछि मात्रै कमसल खालको दिन्छन्, तर हजुरले त अहिलेसम्म सबैभन्दा राम्रोचाहिँ जोगाएर राख्नुभएको रहेछ।”
11
यसरी गालीलको काना सहरमा अचम्मको चिन्हद्वारा येशूले आफ्नो महिमा पहिलोपल्ट प्रकट गर्नुभयो र उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
12
त्यसपछि येशू, उहाँका आमा, भाइ र चेलाहरूसँग तल कफर्नहुम सहरमा जानुभयो र केही दिन त्यहीँ बस्नुभयो।
13
यहूदीहरूको निस्तार भन्ने चाड आउन लागेको थियो। त्यस बेला येशू यरूशलेममा जानुभयो।
14
उहाँले मानिसहरूलाई मन्दिरमा परेवा, भेडा, गाईवस्तुहरू बेचिरहेको र पैसा साटी रहेको देख्नुभयो।
15
यो देखेर येशूले कोर्रा लिएर त्यहाँ भएका गाईवस्तु, भेडा, बाख्रा सबै लखेट्नुभयो, पैसा साट्नेहरूको पैसा छरिदिनुभयो र टेबिलहरू पल्टाइदिनुभयो।
16
उहाँले परेवा बेच्नेहरूलाई हकारेर भन्नुभयो, “तिमीहरूको चीजबीज यहाँबाट लैजाओ। मेरो पिताको घरलाई तिमीहरूले किनबेच गर्ने बजार बनाउन पाउँदैनौ!”
17
त्यति बेला उहाँका चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो कुरा सम्झे, “हे परमेश्वर! तपाईंको घरको निम्ति मेरो जोश मभित्रै आगोजस्तै बल्दछ।”
18
तर यहूदी अगुवाहरूले येशूलाई रोक्न खोज्दै भने, “के तपाईंलाई यसो गर्ने अधिकार छ? छ भने के हामीलाई कुनै अचम्मको चिन्ह देखाउन सक्नुहुन्छ?”
19
येशूले भन्नुभयो, “यस मन्दिरलाई भत्काओ अनि म यसलाई तीन दिनमा फेरि बनाउनेछु।”
20
उनीहरूले भने, “के तपाईंले तीनै दिनमा बनाउनुहुन्छ त? यो मन्दिर बनाउन त छयालीस वर्ष लागेको थियो!”
21
तर येशूले भन्नुभएको मन्दिरचाहिँ उहाँको आफ्नै शरीर थियो।
22
येशू मरेकोबाट बिउँतनुभएपछि उहाँका चेलाहरूले येशूले भन्नुभएको यो कुरा सम्झे। तिनीहरूले धर्मशास्त्र र येशूले भन्नुभएको कुरामा विश्वास गरे।
23
मुक्ति-दिवस चाडको बेला यरूशलेममा हुनुहुँदा उहाँले धेरै आश्चर्यकर्महरू गर्नुभयो। यो देखेर धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे।
24
तर येशू उनीहरूमा भर पर्नुभएन किनभने उहाँले सबै मानिसलाई राम्ररी चिन्नुहुन्थ्यो।
25
उहाँले मानिसको भित्री हृदयलाई जान्नुभएको हुनाले कसैले पनि उहाँलाई कुनै मानिसको बारेमा बताउन आवश्यक थिएन।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21