bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 21
John 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
1
त्यसपछि येशू फेरि चेलाहरूको अघि गालील क्षेत्रको तिबेरियास तालमा देखा पर्नुभयो।
2
सिमोन पत्रुस, जुम्ले भनिने थोमा, गालीलको काना निवासी नथानेल, जब्दियाका छोराहरू र अरू दुई जना येशूका चेलाहरू जम्मा भएका थिए।
3
अनि सिमोन पत्रुसले साथीहरूलाई भने, “म त माछा मार्न जान्छु।” अरूहरूले भने, “हामी पनि तिमीसँगै जान्छौं।” अनि तिनीहरू गएर नाउमा चढे, तर तिनीहरूले रातभरिमा एउटै माछा पनि पक्रिन सकेनन्।
4
बिहान उज्यालो हुन लाग्दा येशू किनारमा उभिनुभएको थियो। तर चेलाहरूले येशू नै हुनुहुन्छ भनेर चिन्न सकेनन्।
5
येशूले तिनीहरूलाई भन्नुभयो, “ए भाइ हो, तिमीहरूले केही माछा मारेका छौ कि?” तिनीहरूले जवाफ दिए, “अहँ एउटै पनि मारेका छैनौं!”
6
येशूले तिनीहरूलाई भन्नुभयो, “नाउको दाहिनेपट्टि जाल हान र तिमीहरूले माछा फेला पार्नेछौ।” येशूले भनेकै ठाउँमा तिनीहरूले जाल हाने। माछा यति धेरै पर्यो कि तिनीहरूले जाल तान्नै सकेनन्।
7
यो देखेर येशूका धेरै प्यारा चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ!” “उहाँ प्रभु हुनुहुन्छ,” भनेको सुन्नेबित्तिकै पत्रुस आफ्नो फुकालेको लुगा बेरेर पानीमा हामफाले।
8
अरू चेलाहरूचाहिँ नाउमा चढेर माछाले भरिएको जाल तान्दै किनारमा आए। तिनीहरू जमिनबाट धेरै टाढा त थिएनन्, अन्दाजी सय मिटरजति मात्रै पर थिए।
9
किनारमा आइपुग्दा तिनीहरूले आगोको भुङ्ग्रामाथि माछा र रोटी देखे।
10
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले पक्रेका अलिकति माछा ल्याओ!”
11
सिमोन पत्रुसले पानीबाट निस्केर ठूला-ठूला माछाले भरिएको जाल तानेर जमिनमा ल्याए। जम्मा एक सय त्रिपन्न वटा माछा परेका रहेछन्। तर यति धेरै माछा परेर पनि त्यो जाल च्यातिएन।
12
येशूले तिनीहरूलाई “खान आओ!” भनेर बोलाउनुभयो। त्यतिखेर कुनै पनि चेलाले ‘तपाईं को हुनुहुन्छ?’ भनेर येशूलाई सोध्ने आँट गरेनन्। तिनीहरूले उहाँ “प्रभु नै हुनुहुन्छ,” भनेर चिनिसकेका थिए।
13
येशूले आगोको नजिकै गएर रोटी लिएर तिनीहरूलाई दिनुभयो, त्यसै गरी माछाहरू पनि दिनुभयो।
14
मृत्युबाट बिउँतनुभएपछि उहाँ चेलाहरूकहाँ देखा पर्नुभएको योचाहिँ तेस्रो पटक थियो।
15
तिनीहरूले खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई अरूले भन्दा बढी माया गर्छौ?” पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा तपाईंलाई थाहा छ।” येशूले उनलाई भन्नुभयो, “त्यसो भए मेरा पाठाहरूलाई चराऊ।”
16
अनि येशूले पत्रुसलाई दोस्रोपल्ट सोध्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई साँच्चै माया गर्छौ?” पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा तपाईंलाई थाहा छ।” येशूले भन्नुभयो, “त्यसो भए मेरा भेडाहरूको हेरचाहा गर।”
17
अनि येशूले पत्रुसलाई तेस्रोपल्ट सोध्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई माया गर्छौ?” येशूले उनलाई तीनपल्टसम्म ‘के तिमी मलाई माया गर्छौ’ भनेर सोध्नुभएकोले पत्रुस अति नै दु:खी भए। उनले भने, “प्रभु, तपाईं सबै कुरा जान्नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा पनि तपाईं आफैंलाई थाहा छ।” येशूले पत्रुसलाई भन्नुभयो, “त्यसो भए मेरा भेडाहरूको हेरचाहा गर।
18
म तिमीलाई भन्छु, तिमी युवा हुँदा आफ्नो पटुका आफैं कस्थ्यौ र जहाँ मन लाग्यो, त्यहाँ जान्थ्यौ। तर बुढो भएपछि तिमीले आफ्ना हात पसार्नेछौ अनि अर्को एक जनाले तिम्रो पटुका कसिदिनेछ र तिमीलाई मन नलागेको ठाउँमा लैजानेछ।”
19
(यो कुरा येशूले भन्नुहुँदा पत्रुसले परमेश्वरको आदर र महिमा गर्न कसरी मर्नुपर्नेछ भन्दै हुनुहुन्थ्यो।) त्यसपछि येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो पछि लाग।”
20
प्रभुका प्यारा चेला पछि-पछि आउँदै थिए। (भोजमा उनले येशूको छातीमा अडेस लागेर “प्रभु, तपाईंलाई कसले पक्राइदिँदै छ?” भनेर सोधेका थिए।)
21
पछाडि फर्केर हेर्दा त पत्रुसले उनलाई आइरहेको देखेर येशूलाई सोधे, “प्रभु, यिनको चाहिँ के हुन्छ नि?”
22
येशूले पत्रुसलाई जवाफ दिनुभयो, “म नआउञ्जेल ऊ बाँचिरहोस् भन्ने इच्छा गरे पनि तिमीलाई के त? तिमीचाहिँ मेरो पछि लाग।”
23
येशूको यो जवाफले गर्दा ती चेला मर्नेछैनन् भन्ने कुरा येशूका अरू चेलाहरूमा फैलियो। खासमा येशूले तिनी मर्नेछैनन् भन्नुभएको थिएन। तर उहाँले “म नआउञ्जेल ऊ बाँचिरहोस् भन्ने इच्छा गरे पनि तिमीलाई के त?” भनेर भन्नुभएको थियो।
24
यही चेलाले नै यी सबै कुराहरू देखेर यहाँ साक्षी दिँदै छ, उनले नै यी कुराहरू पनि लेखे अनि उनको साक्षी साँचो हो भनी हामी जान्दछौं।
25
अब येशूले अरू पनि धेरै कामहरू गर्नुभएको छ। ती सबै एक-एक गरेर लेखिने हो भने लेखिएका किताबहरू सारा संसारमा पनि अटाउँदैनन् होला।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21