bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 1
Revelation 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 2 →
1
यो पुस्तकको कुरा येशू ख्रीष्टले प्रकट गर्नुभएको हो। आफ्ना सेवकहरूले चाँडै हुने घटनाहरूको बारेमा बुझ्न सकून् भनेर परमेश्वरले येशूलाई यो दर्शन दिनुभएको थियो। येशूले यी कुरा बताउन एक जना दूतलाई आफ्ना सेवक यूहन्नाकहाँ पठाउनुभयो।
2
आफूले देखेका सबै कुरा यूहन्नाले बताएका छन्। उनले बताएका परमेश्वरको सन्देश र येशू ख्रीष्टले देखाउनुभएको सत्य कुरा यी नै हुन्।
3
यो पुस्तक पढ्ने र यसमा भएका अगमवाणीका वचन सुन्ने र मान्ने सबै जना धन्य हुन्। कारण यो कुरा चाँडै पूरा हुनेछन्।
4
एशियामा भएका सातै वटा मण्डलीलाई यूहन्नाबाट अभिवादन: परमेश्वर जो हुनुहुन्छ, हुनुहुन्थ्यो र आउनुहुनेछ र उहाँको सिंहासनअघि रहने सात आत्माबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्।
5
विश्वासयोग्य साक्षी अनि मृत्युबाट बिउँतनेहरूमा पहिलो हुनुहुने संसारका राजाहरूका राजा, उनै येशू ख्रीष्टबाट पनि तिमीहरूलाई अनुग्रह र शान्ति। उहाँले हामीलाई प्यार गर्नुहुन्छ अनि आफ्नो बलिदानको रगतले हामीलाई पापबाट छुट्कारा दिनुभएको छ।
6
उहाँले आफ्ना परमेश्वर र पिताको सेवा गर्न हामीलाई पूजाहारीको अधिकार दिनुभएको छ। येशू ख्रीष्टको आदर र अधिकार सदासर्वदा कायम रहोस्। आमेन।
7
हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ र उहाँलाई घोच्नेहरूसहित सबैले उहाँलाई देख्नेछन्। संसारका सबै जातिले उहाँको निम्ति शोक गर्नेछन्। हो, यस्तै होस्। आमेन।
8
“म आदि र अन्त हुँ,” भनेर सर्वशक्तिमान् परमप्रभु परमेश्वरले भन्नुहुन्छ— उहाँ हुनुहुन्छ, हुनुहुन्थ्यो र आउनुहुनेछ।
9
म तिमीहरूका दाजु यूहन्ना हुँ। अनि येशूमाथि विश्वास गरेकोले तिमीहरूसँग मैले पनि धीरजी भएर दु:ख सहेको छु, जुन दु:खचाहिँ उहाँको राज्यमा हुनेहरूमाथि आइपर्छ। परमेश्वरको वचन र येशू ख्रीष्टले प्रकाश पार्नुभएको सत्यलाई प्रचार गरेकोले म कैदी भएर पत्मोस टापुमा थिएँ।
10
प्रभुको दिनमा म आत्माले भरिपूर्ण भएँ र मेरो पछिल्तिर एउटा तुरहीको जस्तो चर्को आवाजमा कोही बोलेको मैले सुनें।
11
यो आवाजले यसो भन्यो, “जे-जति तिमी देख्छौ, एउटा पुस्तकमा लेखेर यी सातवटा मण्डलीलाई पठाइदेओ अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा।”
12
मसित बोल्ने को हो भनी मैले फर्केर हेरें। मैले बत्ती राख्ने सात वटा सुनका सामदान देखें।
13
मैले सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक लाएका र छातीमा सुनको पेटी बाँधेका एक जना मानिसको पुत्रजस्तो देखें।
14
उहाँको केश ऊन वा हिँऊजस्तो सेतो थियो र उहाँका आँखा आगोका ज्वालाजस्ता बलेका थिए।
15
उहाँका पाउ आगोको भट्टीमा खारेर टल्काएको काँसाजस्तै चम्केका थिए र उहाँको आवाजचाहिँ छाँगाको गर्जनजस्तो थियो।
16
दाहिने हातमा उहाँले सातवटा तारा समात्नुभएको थियो र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहार दिउँसोको घामजस्तै चम्किरहेको थियो।
17
उहाँलाई देख्दा मरेसमान भई म उहाँको पाउमा लडें। मेरो टाउकोमा आफ्नो दाहिने हात राख्दै उहाँले भन्नुभयो, “नडराऊ, म आदि र अन्त हुँ।
18
जिउँदो हुनेचाहिँ म नै हुँ। म मरेको थिएँ, तर अब सधैँको लागि जिउँदो छु, मेरो हातमा मृत्यु र पातालका साँचाहरू छन्।
19
यसकारण तिमीले जे देख्छौ, लेख। अहिले घटिरहेका कुराहरू र पछि हुने दुवै कुराहरू लेख।
20
तिमीले मेरो दाहिने हातमा भएका कुराहरू देखेका सातवटा ताराहरू र सुनका सातवटा सामदानको रहस्यचाहिँ यो हो कि सुनका यी सात वटा सामदानचाहिँ सात मण्डली हो र सात ताराचाहिँ यी सात मण्डलीका हेरचाह गर्ने दूतहरू हुन्।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22