bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 16
Revelation 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 17 →
1
तब मैले परमेश्वरको मन्दिरबाट सात स्वर्गदूतलाई यसो भनिरहेको एउटा सोर सुनें, “जाऊ र परमेश्वरको क्रोधका ती सात बटुका पृथ्वीमा खन्याइदेओ।”
2
यसपछि पहिलो स्वर्गदूत गएर आफ्नो बटुको पृथ्वीमा खन्याए। जनावरका चिन्ह भएका र त्यसका मूर्ति मान्नेहरू सबैका जिउमा असाध्य दुख्ने घाउ-खटिराहरू निस्कन थाले।
3
यसपछि दोस्रो स्वर्गदूतले आफ्नो बटुको समुद्रमा खन्याए अनि समुद्रको पानी मरेको मानिसको रगतजस्तै भयो र समुद्रमा भएका सबै जीवित प्राणीहरू मरिहाले।
4
त्यसपछि तेस्रो स्वर्गदूतले आफ्नो बटुको सबै नदी-नाला र पानीका मूलहरूमा खन्याए र ती सबै रगतै भए।
5
अनि सबै पानीलाई हेरचाह गर्ने स्वर्गदूतले यसो भनेको मैले सुनें, “हे पवित्र परमेश्वर जो हुनुहुन्छ र हुनुहुन्थ्यो, तपाईंले गर्नुभएको न्याय ठीक छ
6
किनभने तपाईंका अगमवक्ताहरू र तपाईंका भक्तहरूको रगत उनीहरूले बगाइदिए अनि तपाईंले उनीहरूलाई रगतै पिउन लाउनुभयो। उनीहरूले पाउनुपर्ने सजाय नै पाए।”
7
यसपछि मैले वेदीबाट यसो भनिरहेको एउटा सोर सुनें, “प्रभु परमेश्वर सर्वशक्तिमान्, साँच्चै तपाईंको न्याय ठीक र सत्य छ!”
8
यसपछि चौथो स्वर्गदूतले आफ्नो बटुको घाममा खन्याए र घामले मानिसलाई पोल्ने शक्ति पायो।
9
घामको चर्को रापले मानिसहरूलाई डढाइदियो। यी दु:ख, विपत्तिहरू ल्याउन सक्नुहुने परमेश्वरको नाउँलाई उनीहरूले धिक्कारे तर तिनीहरूले आफ्ना पापहरूबाट पश्चात्ताप गरेनन् र परमेश्वरको महान्ताको मान-आदर पनि गरेनन्।
10
पाँचौँ स्वर्गदूतले आफ्नो बटुको जनावरको सिंहासनमा खन्याए अनि त्यसको राज्य अँध्यारो भयो। मानिसहरूले दु:ख-पिरले दाँत किटे।
11
उनीहरूका घाउ-खटिराहरूका दु:खले गर्दा उनीहरूले स्वर्गमा राज्य गर्नुहुने परमेश्वरलाई धिक्कारे तर आफ्ना-आफ्ना पापहरू छोडेनन्।
12
छैटौँ स्वर्गदूतले आफ्नो बटुको त्यो ठूलो नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट सवारी हुने राजाहरूको लागि बाटो तयार होस् भनेर त्यो ठूलो नदी सुकिहाल्यो।
13
तब त्यो अजिङ्गर, जनावर र झूटो अगमवक्ताको मुखबाट भ्यागुताजस्ता देखिने तीन अशुद्ध आत्माहरू निस्केका मैले देखें।
14
यी अचम्म-अचम्मका चिन्हहरू गर्ने दुष्ट आत्माहरू हुन्। सर्वशक्तिमान् परमेश्वरको ठूलो दिनमा हुने लडाइँको लागि पृथ्वीभरिका राजाहरू जम्मा गराउन यी तीन आत्माहरू ती राजाहरूकहाँ जान्छन्।
15
“सुन, म चोरजस्तो गरी आउनेछु। चङ्खो भएर बस्ने र आफ्ना लुगा जोगाएर राख्ने मानिस धन्य हो। यसरी त्यो मानिस नाङ्गो हिँड्नुपर्दैन अनि मान्छेहरूका बीच लाजमापर्नेछैन!”
16
अनि हिब्रू भाषामा आर-मागेड्डोन भन्ने ठाउँमा ती दुष्ट आत्माहरूले ती राजाहरूलाई जम्मा गराइदिए।
17
सातौँ स्वर्गदूतले आफ्नो बटुको आकाश-मण्डलमा खन्याए। तब परमेश्वरको मन्दिरको सिंहासनबाट एउटा ठूलो सोरले यसो भनेको सुनियो, “अब सिद्धियो।”
18
त्यहाँबाट बिजुली चम्क्यो, गड्याङ-गुडुङको आवाज आयो र भयङ्कर भूइँचालो गयो। यति ठूलो भूइँचालो त मानिसको सृष्टि भएको दिनदेखि गएको थिएन। यो सबैभन्दा डरलाग्दो भूइँचालो थियो।
19
अनि त्यो ठूलो सहर तीन टुक्रा भयो र सबै देशका सहरहरू भत्केर नाश भए अनि परमेश्वरले त्यो ठूलो बेबिलोनलाई याद गर्नुभयो र उहाँको डरलाग्दो क्रोध त्यस सहरमाथि आइपर्यो।
20
सबै टापुहरू बिलाएर गए र पहाड-पर्वतहरू बेपत्ता भए।
21
अनि पचास-पचास किलोसम्मको असिना आकाशबाट मानिसहरूमाथि ओइरिन लागे। ती मानिसहरूले असिनाको महा-विपत्मा परेर परमेश्वरलाई धिक्कार्न लागे किनभने साँच्चै त्यो डरलाग्दो विपत्ति थियो।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22