bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 9
Revelation 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 10 →
1
यसपछि पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके र मैले आकाशबाट एउटा तारा पृथ्वीमा खसेको देखें। त्यस तारालाई गहिरो भड्खालाको साँचो दिइयो।
2
त्यस ताराले गहिरो भड्खाला खोल्यो र ठूलो भट्टीबाट धुवाँ निस्केको जस्तै त्यहाँबाट धुवाँ निस्क्यो अनि त्यो धुवाँले घामको ज्योति र आकाश पनि कालो भयो।
3
त्यो धुवाँबाट सलहहरू पृथ्वीमा आए र तिनीहरूलाई बिच्छीको जस्तो डस्ने शक्ति दिइएको थियो।
4
झारपात वा रूखलाई केही हानि नगर्न तर निधारमा परमेश्वरको मोहर नलागेका मानिसहरूलाई मात्र सताउन तिनीहरूलाई भनिएको थियो।
5
ती मानिसहरूलाई मारिहाल्नचाहिँ होइन तर पाँच महिनासम्म सताउन सलहहरूले अधिकार पाए। त्यसरी सताउँदा ती मानिसहरूलाई बिच्छीले डस्दा जस्तो पीडा हुन्थ्यो।
6
ती पाँच महिनामा मानिसहरूले मर्न त खोज्छन् तर मर्न पाउँदैनन्। उनीहरू मर्न चाहन्छन् तर मृत्युचाहिँ उनीहरूदेखि भाग्छ।
7
ती सलह लडाइँमा जान तयार भइराखेका घोडाहरूजस्ता देखिन्थे। तिनीहरूका टाउकोमा सुनका मुकुटजस्तो केही कुरा देखिन्थे र तिनीहरूका अनुहार मानिसका जस्ता थिए।
8
तिनीहरूका केश स्त्रीको केशजस्तो र तिनीहरूका दाँत सिंहहरूका जस्ता थिए।
9
तिनीहरूका छाती फलामका कवचहरूजस्ता देखिने कुराहरूले ढाकेका थिए र तिनीहरूका पखेटाले निकालेको आवाजचाहिँ रणभूमिमा धेरै घोडाले तानेका रथहरूको आवाज जस्तै सुनिन्थ्यो।
10
तिनीहरूका पुच्छरहरू र खिल बिच्छीका जस्ता थिए अनि पाँच महिनासम्म मानिसलाई पिरोल्ने शक्ति उनीहरूका पुच्छरहरूमा थियो।
11
गहिरो भड्खालाको दूतले तिनीहरूमाथि राज्य गर्दछ। हिब्रू भाषामा त्यसको नाउँ ‘एबाड्डोन’ र ग्रीक भाषामा त्यसको नाउँ ‘अपोल्लियोन’ हो। यसको अर्थ हो, ‘नाश गर्ने।’
12
पहिलो विपत्ति बितिसक्यो। अझै दुईटा विपत्तिहरू आउन बाँकी छ।
13
यसपछि छैटौँ स्वर्गदूतले आफ्ना तुरही फुके अनि परमेश्वरको अगाडि भएको सुनको वेदीका चारै कुनाबाट आवाज आएको मैले सुनें।
14
यस सोरले छैटौँ स्वर्गदूतलाई यसो भन्यो, “यूफ्रेटिस नाउँ भएको ठूलो नदीमा बाँधिएका चार जना स्वर्गदूतलाई फुकाइदेओ।”
15
ती चार स्वर्गदूत फुकाइए, सारा संसारका मानिस जातिको तेस्रो भागलाई नाश पार्नलाई यसै वर्षको यसै महिनाको यसै दिनको यही बेलाको लागि उनीहरू तयार पारिएका थिए।
16
त्यहाँ बीस करोड घोडचढी फौज छन् भन्ने मैले सुनें।
17
अनि मेरो यो दर्शनमा मैले ती घोडा र तीमाथि चढ्नेहरू देखें। तिनीहरूका छातीमा लगाएका कवचहरूचाहिँ आगोजस्तो रातो, नीलमजस्तो नीलो, गन्धकजस्तो पहेंलो देखें। घोडाहरूका टाउका सिंहका टाउका जस्ता थिए र तिनीहरूको मुखबाट आगो धूवाँ, र गन्धक निस्कन्थ्यो।
18
दुनियाँभरिका मानिसहरूलाई तेस्रो भागको तीन महामारीले मार्यो। त्यो महामारीचाहिँ घोडाको मुखबाट निस्कने आगो, धुवाँ र गन्धक थिए
19
किनभने ती घोडाका मुख र पुच्छरमा पनि मार्ने शक्ति थियो। तिनीहरूका पुच्छर विषालु साँपका टाउकाजस्ता थिए र मानिसहरूलाई पिरोल्न ती चलाउँथे।
20
यी महामारीबाट बाँच्नेहरूले आफैंले बनाएका कुरादेखि मन फर्काएनन्। तिनीहरूले भूतात्माहरूलाई र सुन, चाँदी, पित्तल, ढुङ्गा र काठका मूर्ति जसले देख्न, सुन्न र चल्न सक्दैनन्, तिनीहरूलाई पुज्न छोडेनन्।
21
उनीहरूको हत्या गर्ने, टुनामुना गर्ने, व्यभिचार गर्ने, चोरी गर्ने कामहरूबाट मन फर्काएनन्।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22