bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 13
Revelation 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 14 →
1
यसपछि समुद्रबाट निस्की आउँदैगरेको एउटा जनावर मैले देखें। त्यसका दश सिङ र सातवटा टाउका थिए र प्रत्येक सिङमा एउटा मुकुट थियो र त्यसको प्रत्येक टाउकोमा परमेश्वरलाई अपमान गर्ने एउटा नाउँ थियो।
2
त्यो जनावर चितुवाजस्तो देखिन्थ्यो। त्यसका खुट्टा भालुका जस्ता थिए र मुखचाहिँ सिंहको जस्तो थियो। त्यो अजिङ्गरले आफ्नो शक्ति, सिंहासन र ठूलो अधिकार त्यो जनावरलाई दियो।
3
त्यसका टाउकाहरूमध्ये एउटामा चाहिँ मर्ने गरी गहिरो चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यो गहिरो चोट निको भएको थियो। सारा संसार छक्क परी त्यस जनावरलाई पछ्याउन लाग्यो।
4
अनि त्यो अजिङ्गरले आफ्नो अधिकार जनावरलाई दिएको हुनाले सबै अजिङ्गरलाई मान-आदर गर्थे र यसो भन्दै त्यो जनावरको पनि जयजयकार गर्थे, “त्यो जनावरजस्तो अरू को छ र? त्यससित लडाइँ गर्न सक्ने को छ?”
5
आफ्नो घमण्डको कुरा गरेर परमेश्वरको अपमान गर्न त्यस जनावरलाई बयालीस महिनासम्म समय दिइएको थियो।
6
त्यसले परमेश्वरलाई, उहाँको नाम, वासस्थान र स्वर्गमा बस्ने सबैलाई सराप्न थाल्यो।
7
त्यसलाई परमेश्वरका मानिसहरूसित लडाइँ गरेर उनीहरूलाई जित्ने हक दिइएको थियो। सबै कुल, देश, भाषा र जातिमाथि अधिकार गर्न त्यसलाई हक दिइएको थियो।
8
मारिएका थुमाको जीवनको पुस्तकमा संसारको उत्पत्तिभन्दा पहिले नै नाउँ लेखिएका व्यक्तिहरू बाहेक पृथ्वीमा रहनेहरू सबैले नै त्यो जनावरलाई मान-आदर गर्नेछन्।
9
तिम्रा कान भए यी कुरा सुन!
10
कोही मानिस कैदको लागि छ भने त्यसलाई कैद गरिनेछ र कुनै मानिस तरवारले मारिनुछ भने त्यो अवश्य तरवारले नै मारिनेछ। यसको निम्ति परमेश्वरका भक्तहरूमा सहने शक्ति र विश्वास हुनुपर्छ।”
11
यसपछि मैले पृथ्वीबाट निस्किआएको अर्को एउटा जनावर देखें। थुमाका जस्ता त्यसका दुईटा सिङ थिए र त्यसको बोली अजिङ्गरको जस्तो थियो।
12
त्यसले त्यो पहिलो जनावरपट्टिबाट त्यसको ठूलो अधिकार चलायो र त्यो घाउ निको भएको पहिलो जनावरलाई मान-आदर गर्न संसारका सबै मानिसलाई कर लगायो।
13
यो दोस्रो जनावरले अचम्म-अचम्मका चिन्हहरू देखायो। सबैले देख्ने गरी त्यसले आकाशबाट पृथ्वीमा आगो झार्यो।
14
त्यो पहिलो जनावरको अगाडि यस्ता अचम्मका चिन्हहरू देखाउने शक्ति त्यसलाई दिइएको थियो। यसैले गर्दा संसारका सबै मानिसहरूलाई त्यसले भर्मायो। तरवारले घायल भएर पनि बाँचेको त्यो जनावरलाई मान्न सबैले त्यसको मूर्ति बनाउनू भनेर त्यो दोस्रो जनावरले हुकुम गर्यो।
15
पहिलो जनावरको मूर्तिले बोलोस् र त्यो मूर्ति पूजा नगर्नेहरू जतिलाई मारिदेओस् भनेर त्यस जनावरको मूर्तिमा सास फुकिदिने अधिकार दोस्रो जनावरलाई दिइएको थियो।
16
तब त्यसले साना र ठूला, धनी र गरीब, कमारा र मुक्त सबैलाई आफ्ना दाहिने हातमा वा आ-आफ्ना निधारमा चिन्ह लाउन लगायो।
17
यो दागचाहिँ त्यो जनावरको नाउँ अथवा त्यसको सङ्ख्या थियो अनि जति जनाले त्यो दाग पाएनन्, उनीहरूले किनबेच गर्न नपाउने भए।
18
यसमा बुद्धि चाहिन्छ, जसको सम्झने शक्ति छ, त्यसले त्यो जनावरको सङ्ख्या बुझोस् किनभने त्यो सङ्ख्याले एउटा मान्छेको नाउँ बुझाउँछ र त्यसको सङ्ख्याचाहिँ ६६६ हो।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22