bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 21
Revelation 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 22 →
1
यसपछि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग र पहिलो पृथ्वी हराएर गयो अनि समुद्रचाहिँ लुप्त भयो।
2
अनि परमेश्वरबाट स्वर्गबाट पवित्र सहर ओर्लिरहेको मैले देखें। तिनलाई आफ्ना दुलहा भेट्न सिँगारिएकी दुलहीजस्तै गरी तयार भएको मैले देखें।
3
सिंहासनबाट ठूलो सोरमा यसो भनेको मैले सुनें, “हेर! अबदेखि परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ र उनीहरू उहाँकै मानिसहरू हुनेछन्। परमेश्वर आफैं उनीहरूसित हुनुहुनेछ अनि उहाँ उनीहरूका परमेश्वर हुनुहुनेछ।
4
उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अबदेखि कोही मर्नुपर्नेछैन। कसैले पनि शोक मानेर रुनेछैन, कुनै किसिमको दु:ख हुँदैन। पुराना सबै कुरा बितिसकेका छन्।
5
तब सिंहासनमा विराजमान् हुनुहुने परमेश्वरले भन्नुभयो, “हेर! अब म सबै कुरा नयाँ बनाउँछु।” उहाँले मलाई यसो पनि भन्नुभयो, “यी कुरा लेख किनभने ती साँचा र विश्वास गर्न सकिने कुरा हुन्।”
6
अनि उहाँले भन्नुभयो, “अब सबै काम पूरा भइसके! अल्फा र ओमेगा आदि र अन्त म नै हुँ। जस-जसलाई तिर्खा लाग्छ, तिनीहरूलाई म जीवनको पानीको मूलबाट सित्तैंमा पिउन दिनेछु।
7
ज-जसले जित्छ, उसले मबाट यो हक पाउनेछ। म उसका परमेश्वर हुन्छु र ऊ मेरो छोरो हुनेछ।
8
तर कातरहरू, धोखाबाज गर्नेहरू, घिनलाग्दा काम गर्नेहरू, ज्यानमाराहरू, व्यभिचार गर्नेहरू, टुनामुना गर्नेहरू, मूर्ति पूज्नेहरू र सबै झूट बोल्नेहरूको ठाउँचाहिँ आगो र गन्धकले जलिरहेको कुण्ड हो। त्यसमा पर्नुचाहिँ दोस्रो मृत्यु हो।”
9
सात आखिरी विपत्ति भएका सात बटुका समाउने सात जना स्वर्गदूतमध्ये एकले मलाई भने, “यता आऊ, म तिमीलाई ती दुलही, जो थुमाकी पत्नी हुन्, उनलाई देखाउँछु।
10
त्यसपछि म आत्माले भरिपूर्ण भएँ र स्वर्गदूतले मलाई अग्लो पर्वतमा लगे। स्वर्गदूतले मलाई परमेश्वरबाट स्वर्गदेखि ओर्लिरहेको यो पवित्र सहर यरूशलेम देखाए।
11
त्यो सहरचाहिँ परमेश्वरको महिमाले चम्किंदै थियो। त्यसको चमक एउटा बहुमूल्य रत्न, बिल्लौर जस्तै थियो। यो स्फटिकझैँ स्वच्छ थियो।
12
त्यसको वरिपरि ठूलो अग्लो पर्खाल थियो। पर्खालका बाह्र ढोका थिए र हरेक ढोकाको हेरचाह एक-एक स्वर्गदूतले गर्थे। ती ढोकामा इस्राएलका बाह्र कुलका नाउँहरू लेखिएका थिए।
13
पूर्वतिर तीन ढोका थिए, पश्चिमतिर तीन ढोका, उत्तरतिर तीन ढोका र दक्षिणतिर तीन ढोका थिए।
14
सहरको पर्खालका बाह्रवटा जग थिए र तीमाथि थुमाका बाह्र जना प्रेरितका नाउँ लेखिएका थिए।
15
मसित बोल्ने स्वर्गदूतको हातमा यो सहर, यसका ढोका र यसका पर्खाललाई नाप्न एउटा सुनको नाप्ने टाँगो थियो।
16
यो सहर चारकुने थियो र यसको चौडाइ र लम्बाइ बराबर थियो। स्वर्गदूतले यस टाँगोले नाप्दा दुई हजार चार सय किलोमिटर लामो र त्यत्ति नै चौडा र त्यति नै उच्चाइ रहेछ।
17
अनि स्वर्गदूतले सहरको पर्खाल नापे र उनको नापअनुसार यो साठी मिटर अग्लो थियो।
18
पर्खालचाहिँ बिल्लौरले बनाइएको थियो अनि यो सहरचाहिँ शुद्ध सुनले बनेको र सफा काँचजस्तो चम्कने थियो।
19
पर्खालको जग अनेक बहुमूल्य रत्नहरूले सिँगारिएका थिए। पहिलो जग बिल्लौरको थियो, दोस्रोचाहिँ नीरको, तेस्रो हरितमणिको, चौथो पन्नाको।
20
पाँचौँ आनिक्सको, छैटौँ लालमणिको, सातौँ पीतमणिको, आठौँ बेरूजको, नवौँ पुष्पराजको, दशौँ लसुनेको, एघारौँ निलमणिको र बाह्रौँ कटेलाको थियो।
21
ती बाह्र ढोकाचाहिँ बाह्र मोतीका थिए। हरेक ढोका एउटै मोतीको थियो। त्यो सहरको सडक ऐनाजस्तै छर्लङ्गै देखिने शुद्ध सुनका थिए।
22
सहरभित्र मैले कुनै मन्दिर देखिनँ किनभने मन्दिरचाहिँ प्रभु सर्वशक्तिमान् परमेश्वर र थुमा नै हुनुहुन्छ।
23
त्यो सहरमा उज्यालो पार्न घाम र जूनको खाँचो पर्दैनथ्यो किनभने परमेश्वरको महिमा त्यहाँ चम्कन्छ र बत्तीचाहिँ थुमा नै हुनुहुन्छ।
24
संसारका सबै मानिस उहाँको उज्यालोमा हिँड्नेछन् र सबैतिरका राजाहरूले आफ्ना धन-सम्मान् त्यहीँ ल्याउनेछन्।
25
दिनभरि सहरका ढोका कहिल्यै बन्द हुनेछैनन् अनि रातचाहिँ त्यहाँ छँदैछैन।
26
जाति-जातिका मानिसहरूले आ-आफ्ना मान-आदर र धन-दौलत सबै त्यहाँ ल्याउनेछन्।
27
तर कुनै अशुद्ध थोक त्यहाँ पस्न पाउनेछैन। घिनलाग्दा कुरा गर्ने, झूटो कुरा गर्नेले यो सहरमा पस्न पाउनेछैन। थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्यहाँ पस्नेछन्।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22