bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 5
Revelation 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 6 →
1
सिंहासनमा विराजमान् हुनुहुनेको दाहिने हातमा मैले एउटा बेरिएको कागजको मुट्ठा देखें। त्यो कागजको मुट्ठाको भित्र र बाहिर दुवैपट्टि लेखिएको थियो र त्यसलाई सातवटा मोहर लगाएर बन्द गरिएको थियो।
2
अनि परमेश्वरका एक जना शक्तिशाली दूत मैले देखें। ठूलो सोरले उनले यसो भनेर सोधे, “यो मोहर तोडी कागजको मुट्ठा खोल्न को योग्य छ?”
3
तर स्वर्गमा, पृथ्वीमा अनि पातालमा कागज खोलेर भित्र हेर्न सक्ने कोही पनि थिएन।
4
यसो हुँदा म धेरै रोएँ, कारण कागजको मुट्ठा खोलेर हेर्न कोही योग्यको पाइएन।
5
एक जना धर्म-गुरुले मलाई भने, “नरोऊ, हेर, यहूदा कुलको सिंह, जो दाऊदका वंशका महान् हुनुहुन्छ, उहाँ विजयी हुनुभएको छ र सातवटा मोहर तोडी त्यो कागजको मुट्ठा खोल्न सक्नुहुन्छ।”
6
त्यसपछि मैले चार जीवित प्राणीहरू र धर्म-गुरुहरूले घेरेको त्यो सिंहासनको बीचमा एउटा थुमा उभिरहेको देखें। यो थुमाचाहिँ मारिएको जस्तो देखिन्थ्यो। त्यसका सातवटा सिङ र सातै आँखा थिए जुनचाहिँ सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्मा हुन्।
7
अघि बढेर थुमाले सिंहासनमा विराजमान् हुनुहुनेको दाहिने हातबाट त्यो कागजको मुट्ठा लिनुभयो।
8
त्यति नै खेर ती चारवटा जीवित प्राणीहरू र चौबीस जना धर्म-गुरुले थुमाको चरणमा दण्डवत् गरे। प्रत्येकको हातमा एउटा वीणा र धूपको सुबासनाले भरिएको सुनको बटुको थियो। ती धूपका बास्नाचाहिँ परमेश्वरका भक्तहरूका बिन्ती-प्रार्थनाहरू हुन्।
9
उनीहरूले यसो भनेर एउटा नयाँ गीत गाए, “यस कागजको मुट्ठा लिन र यसका मोहर तोडेर खोल्न तपाईं मात्र योग्य हुनुहुन्छ किनभने तपाईं मारिनुभयो र आफ्नो रगतले सबै कुल, भाषा, देश र जातिबाट परमेश्वरको लागि मानिसहरूलाई किन्नुभयो।
10
त्यसबाट हाम्रा परमेश्वरका सेवा गर्नलाई पूजाहारीको एउटा राज्य खडा गर्नुभयो अनि तिनीहरूले संसारमाथि राज गर्नेछन्।”
11
फेरि मैले हेरें र करोडौं स्वर्गदूतहरू गाइरहेका सुनें।
12
उनीहरूले मूल सिंहासन, चार जीवित प्राणीहरू र धर्म-गुरुहरूको वरिपरि उभी गाइरहेका थिए: “बलि भई मारिनुभएका थुमा अधिकार, धन, बुद्धि, बल, मान, आदर र जयजयकार लिन योग्यको हुनुहुन्छ!”
13
स्वर्ग, पृथ्वी, पाताल र समुद्रमा सबै प्राणीले यो गीत गाइरहेका मैले सुनें, “सिंहासनमा विराजमान् हुनुहुने र थुमालाई सदासर्वदा जयजयकार, आदर, सम्मान् र अधिकार भइरहोस्!”
14
अनि ती चारवटा जीवित प्राणीहरूले, ‘आमेन’ भनेर जवाफ दिए अनि धर्म-गुरुहरूले चाहिँ दण्डवत् गर्दै आराधना गरे!
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22