bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 4
Revelation 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 5 →
1
यसपछि मैले अर्को दर्शन पाएँ र स्वर्गमा खोलिराखेको एउटा ढोका देखें। मैले पहिले सुनेको सोर तुरहीको जस्तो आवाजमा यसो भन्दै मसित बोलिरहेको मैले सुनें, “यता उक्लेर आऊ अनि यसपछि हुन आउने कुराहरू म तिमीलाई देखाउनेछु।”
2
त्यति नै खेर म आत्माले भरिपूर्ण भएँ। स्वर्गमा एउटा सिंहासन राखेको थियो र त्यसमा एक जना विराजमान् हुनुहुन्थ्यो।
3
उहाँको मुहारचाहिँ सेता र राता-राता चम्कने मणिहरूजस्तो सुन्दर देखिन्थ्यो र सिंहासनको वरिपरिचाहिँ टल्कने पन्ना रङ्गको एउटा इन्द्रेणी थियो।
4
मूल सिंहासनको वरिपरि चौबीसवटा अरू सिंहासनहरू थिए र ती सिंहासनहरूमा सुनका मुकुट र सेता पोशाक लगाएका चौबीस जना धर्म-गुरुहरू बसिरहेका थिए।
5
मूल सिंहासनबाट बिजुली चम्कन्थ्यो, गड्याङ्-गुडुङको गर्जन निस्कन्थ्यो। सिंहासनको अगाडि आगोको सातवटा राँका बलिरहेका थिए, जुन परमेश्वरका सात आत्मा हुन्।
6
सिंहासनको अगाडि सिसाजस्ता छर्लङ्गै देखिने समुद्र थियो। आँखै-आँखा भएका चारवटा जीवित प्राणीहरूले सिंहासनको अगाडि र पछाडि र वरिपरि घेरेका थिए।
7
पहिलो जीवित प्राणी सिंहजस्तो देखिन्थ्यो, दोस्रो गोरुजस्तो थियो, तेस्रो जीवित प्राणीको चेहरा मान्छेको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको गरुडजस्तो थियो।
8
ती चारवटा जीवित प्राणीहरूका छ-छवटा पखेटा थिए र ती पखेटाहरूका बाहिर र भित्र दुवैपट्टि आँखाहरूले भरिएका थिए। रातदिन उनीहरूले नरोकीकन यसो भन्दै गीत गाइरहेका थिए, “सर्वशक्तिमान् परमप्रभु परमेश्वर पवित्र, पवित्र, पवित्र हुनुहुन्छ। उहाँ हुनुहुन्थ्यो, उहाँ हुनुहुन्छ र उहाँ हुनुहुनेछ।”
9
सदासर्वदा जीवित रहनुहुने अनि सिंहासनमा विराजमान् हुनुहुनेलाई ती चारवटा जीवित प्राणीहरूले सम्मान्, आदर र धन्यवादको गीत गाइरहेका थिए।
10
उनीहरूले गीत गाउँदा-गाउँदै सदासर्वदा जीवित अनि सिंहासनमा विराजमान् हुनुहुनेको अगाडि ती चौबीस जना धर्म-गुरुहरूले दण्डवत् गरे र आफ्ना मुकुट उहाँको चरणमा टक्र्याउँदै यसो भने,
11
“हे हाम्रा प्रभु परमेश्वर, तपाईं सम्मान्, आदर र अधिकारको योग्यको हुनुहुन्छ किनभने सबै तपाईंले नै सृष्टि गर्नुभएको हो र तपाईंकै इच्छाअनुसार ती हुन आए र जीवन पाएका छन्।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22