bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 12
Revelation 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 13 →
1
यसपछि आकाशमा एउटा अचम्मको ठूलो चिन्ह देखा पर्यो। एउटी स्त्री देखा परिन्, जसले घाम पहिरेकी थिइन्, जसको खुट्टामुनि जून र शिरमा बाह्रवटा ताराका मुकुट थिए।
2
तिनी गर्भिणी थिइन् अनि सुत्केरी बेथा लागेर पीडाले कराउँदैथिइन्।
3
त्यसपछि आकाशमा अर्को एउटा अचम्मको चिन्ह देखा पर्यो, सात टाउका र दश वटा सिङ भएको एउटा ठूलो रातो अजिङ्गर थियो। त्यसका सात टाउकामा सातवटा मुकुट थिए।
4
त्यसको पुच्छरले ताराहरूको तेस्रो भागलाई आकाशदेखि घिस्याएर पृथ्वीमा फ्याँकिदियो अनि जन्म हुन आँटेको बालकलाई जन्मनेबित्तिकै खान सुत्केरी हुन लागेकी स्त्रीको अगाडि त्यो अजिङ्गर उभियो।
5
सबै राज्यहरूलाई शक्तिसँग शासन गर्ने एउटा छोरो ती स्त्रीले जन्माइन्। तर तिनका छोरालाई उठाएर परमेश्वरकहाँ र उहाँकै सिंहासनमा लगियो।
6
अनि आमाचाहिँ जङ्गलतिर भागिन्, जहाँ एक हजार दुई सय साठी दिनसम्म तिनलाई पाल्न परमेश्वरले ठाउँ तयार गर्नुभएको थियो।
7
यसपछि स्वर्गमा लडाइँ सुरु भयो। मिखाएल र उनका अरू स्वर्गदूतहरूले त्यो अजिङ्गरसित लडाइँ गरे अनि त्यस अजिङ्गर र त्यसका दूतहरूले पनि उनीहरूका विरुद्धमा लडाइँ गरे।
8
अजिङ्गर र त्यसका दूतहरूले हारे र स्वर्गमा यिनीहरूलाई बस्न दिएनन्।
9
यसरी त्यो अजिङ्गर, जो सुरुको सर्प हो, जसको नाम दुष्टात्मा वा शैतान पनि हो, जसले सारा संसारलाई भर्माएर राखेको थियो, त्यसैलाई यसका दूतहरूसित स्वर्गबाट पृथ्वीमा फ्याँकिएको थियो।
10
तब मैले स्वर्गमा यसो भनिएको एउटा ठूलो सोर सुनें, “अबदेखि हाम्रा परमेश्वरले उद्धार गर्नुहुन्छ र उहाँले आफ्नो राजकीय शक्ति देखाउनुभएको छ। अब उहाँको ख्रीष्टले अधिकार देखाउनुभएको छ। अब हाम्रा दाजुभाइहरूलाई दिन-रात परमेश्वरको अगाडि दोष लगाउने शैतान स्वर्गबाट फालिएको छ।
11
थुमाको रगतले, उनीहरूले घोषणा गरेका सत्य वचनले र ज्यानसम्म दिन उनीहरू तयार भएका हुनाले हाम्रा भाइहरूले त्यसलाई जितेका छन्।
12
यसकारण स्वर्ग र त्यहाँ रहनेहरू सबै रमाओ! तर पृथ्वी र समुद्रलाई हाय! हाय!! किनभने तिनीहरूका बीचमा शैतान राँकिएर आएको छ र त्यसको समय सिद्धिन लागेको छ भन्ने त्यसलाई थाहा छ।”
13
“तब पृथ्वीमा फ्याँकिएको छु भन्ने थाहा पाएर अजिङ्गरले त्यो छोरा पाउने आमालाई खेद्न थाल्यो।
14
अजिङ्गरबाट बाँचेर उजाड-स्थानमा भएको आफ्नो शरणस्थानमा पुग्न ती स्त्रीलाई गरुडको दुईटा पखेटा दिइएको थियो। त्यहाँ तिनको लागि साढे तीन वर्षसम्म पालन-पोषण गरिनेछ।
15
ती स्त्रीलाई भल-बाढीले बगाउन त्यो अजिङ्गरले आफ्नो मुखबाट एउटा खोलासरह पानी निकाल्यो।
16
तर पृथ्वीले त्यस स्त्रीलाई बचाउन आफ्नो मुख उघारेर त्यो अजिङ्गरले बगाएको पानी निलिदियो।
17
अजिङ्गर स्त्रीसँग झन् रिसायो र त्यो तिनका सन्तान, परमेश्वरका आज्ञा मान्नेहरू र येशूका शिक्षामाथि विश्वास गर्नेहरूसित लडाइँ गर्न गयो
18
अनि त्यो अजिङ्गर समुद्रको किनारमा उभियो।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22