bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 18
Revelation 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 19 →
1
यसपछि स्वर्गबाट ओर्लिरहेका अर्का एउटा स्वर्गदूत मैले देखें। उनको ठूलो अधिकार थियो र उनको तेजले सारा पृथ्वी उज्यालो भयो।
2
उनले जोडले यसो भनेर कराए, “ध्वंश भयो! त्यो ठूलो बेबिलोन ध्वंश भयो! अब शैतानका भूतहरू र अशुद्ध आत्माहरू र अनेक घिनलाग्दा र फोहोरी पक्षी त्यहाँ बस्छन्
3
किनभने सबै जातिहरू त्यसको व्यभिचारले जाँड पिएर मातेझैँ मातेका छन्। संसारका राजाहरूले त्योसित गएर व्यभिचार गरे र त्यसको नमेटिने अभिलाषा तृष्णाले संसारका व्यापारीहरू औधी धनी भए।”
4
यसपछि आकाशबाट यसो भन्ने अर्को एउटा सोर मैले सुनें, “हे मेरा मानिसहरू हो! त्यसदेखि अलग होओ। त्यसको पापमा सहभागी नहोओ। त्यसको सजाय तिमीहरूमाथि नपरोस्
5
किनभने त्यसका पापको थाक आकाशसम्म पुगेको छ र परमेश्वरले त्यसका सबै दुष्ट कामलाई याद गर्नुभएको छ।
6
तिमीहरूलाई त्यसले जे-जस्तो गरेकी छे, त्यसलाई त्यस्तै गर। तिमीहरूलाई त्यसले जेजति गरेकी छे, त्यसलाई त्यसको दुई गुणा बढी फर्काइदेओ। तिमीहरूका लागि त्यसले तयार गरेकी मद्यभन्दा दुई गुणा कडा मद्य त्यसको कचौरामा भरिदेओ।
7
त्यसले जति मान-सम्मानता, ऐश-आराम गरेकी थिई, त्यत्ति नै कष्ट र शोक त्यसलाई देओ किनभने त्यसले मनमनै भन्छे, ‘म त महारानी भएर यहाँ बस्छु। म विधवा होइनँ। मलाई शोकपर्नेछैन।’
8
यसैले एकै दिनमा त्यसमाथि विपत्ति, शोक, रोग, अनिकाल आइपर्नेछ र त्यसलाई आगोले डढाउनेछ किनभने त्यसलाई न्याय गर्ने परमेश्वर शक्तिशाली हुनुहुन्छ।”
9
त्यो सहरलाई डढाउने आगोको धुवाँ देख्दा त्योसँग व्यभिचार गर्ने संसारका राजाहरूले त्यसको निम्ति विलाप गर्नेछन्।
10
तिनीहरूलाई त्यसको सजाय नलागोस् भनेर तिनीहरूले टाढै उभिएर यसो भन्नेछन्, “बेबिलोनमा के यस्तो आपत् आइलाग्यो। एकै घण्टामा तैँले सजाय पाइस्।”
11
संसारका व्यापारीहरूले पनि त्यसको लागि विलाप गर्छन् किनभने सबैले तिनीहरूको सामान किन्नै छोड्छन्।
12
कसैले पनि तिनीहरूका सुन, चाँदी, रत्न, मोती, असल सुती कपडाका वस्तुहरू, बैजनी कपडा, रेशम, सिँदुरे रङ्गका कपडा, अनेक थरीका बिरलै पाइने काठ अनि सबै थरीका हात्तीका दाँतबाट बनेका वस्तुहरू, दामी काठ, काँसाका वस्तुहरू, फलाम र सिङ्गमरमर किन्नेछैनन्।
13
दालचिनी, सबै किसिमका मसला, बास्ना भएका धूपहरू, मूर्र र सेतो-धूप, मद्य र तेल, मैदा र गहुँ, गाईवस्तु, भेडाहरू, घोडा र घोडा-गाडीहरू, कमारा र मानिसहरूसमेत पनि किन्नेछैनन्।
14
व्यापारीहरूले त्यसलाई भन्नेछन्, “तिमीले इच्छा गरेका असल कुराहरू हरायौ। तिम्रो धन-सम्पत्ति र मान-मर्यादा सबै नाश भइसके अनि ती सबै कहिल्यै पाउनेछैनौ!”
15
त्यस सहरमा व्यापार गरी धनी भएका व्यापारीहरू टाढै खडा हुनेछन्, कारण तिनीहरू त्यसको डरलाग्दो विपत्तिदेखि डराउँछन्। तिनीहरूले विलाप गर्दै यसो भनेर कराउनेछन्,
16
“यो सहरको निम्ति कस्तो डरलाग्दो समय आयो!” यसले असल सुती कपडा, बैजनी र सिँन्दुरे रङ्गका वस्त्रहरू लगाउँथी अनि सुन, बहुमूल्य रत्न र मोतीको गहना लाउँथी।
17
एकै घण्टामा त्यसले सबै गुमाई।” जहाजका कप्तानहरू, यात्रीहरू, नावीकहरू र समुद्रमा काम गरी पेट पाल्नेहरू सबैले टाढै उभिएर
18
सहरबाट निस्केको धुवाँ देखी यसो भन्दै कराए, “योजस्तो महान् सहर अरू कुनै थिएन!”
19
उनीहरूले टाउकोमा माटो फ्याँकी यसो भनेर अझ विलाप गर्दै कराए, “यो सहरमा कस्तो आपत् आइलाग्यो। यो सहरका धन-सम्पत्तिबाट जहाजका मालिकहरू धनी भएका थिए। तर एकै घण्टामा त्यसका सबै कुरा नष्ट भए।”
20
हे स्वर्गमा भएका सबै, त्यो नाश भएकोमा रमाहट गर। परमेश्वरका भक्तहरू, प्रेरित र अगमवक्ताहरू सबै रमाओ किनभने त्यसले तिमीलाई जे गरी, त्यसको निम्ति परमेश्वरले त्यसलाई दण्ड दिनुभएको छ।
21
यसपछि एक शक्तिशाली स्वर्गदूतले एउटा ठूलो जाँतो जत्रो ढुङ्गो उठाएर यसो भन्दै समुद्रमा फ्याँके, “यो महान् सहर बेबिलोन पनि यसरी नै जोडले फ्याँकिनेछ र त्यो फेरि देखापर्नेछैन।
22
वीणा, बाँसुरी र तुरही बजाउनेको आवाज र गीत गाउनेहरूको सोर अबदेखि तँमा सुनिनेछैन र कुनै काम-धन्दामा लागेका मानिसहरू तँमा पाइनेछैन। जाँतो पिँधेको आवाज त्यहाँ हुनेछैन।
23
बत्तीको उज्यालो अबदेखि तँमा चम्कनेछैन र दुलहा-दुलहीका सोर तँमा सुनिनेछैन। पृथ्वी भरिका व्यापारीहरूमा तेरा व्यापारीहरू सबैभन्दा धनी थिए र तेरा सबै झूटा जादूगरीले तैँले संसारका सबै मानिसहरूलाई छक्याइस्!”
24
बेबिलोनले सजाय पाएको छ किनभने अगमवक्ता र परमेश्वरका सबै भक्तहरूको रगत त्यसै सहरमा बगाएको पाइयो। पृथ्वीमा मारिएका सबैको रगत यसै सहरमा पाइएको थियो।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22