bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 2
Revelation 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 3 →
1
“एफिससमा भएको मण्डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: सात वटा तारा “आफ्नो दाहिने हातमा लिने र सात वटा सुनका सामदानको बीचमा हिँड्नेले यसो भन्नुहुन्छ।
2
तिमीले परिश्रमसँग गरेको काम र तिम्रो धीरज मलाई थाहा छ। तिमीले दुष्ट मानिसलाई देखिसहँदैनौ भनेर पनि मलाई थाहा छ। प्रेरित नभईकन प्रेरित हौं भन्नेलाई तिमीले जाँच गरी तिनीहरू झूटा हुन् भनी पत्ता लगाएका छौ भनेर पनि मलाई थाहा छ।
3
तिमीहरू धीरजी छौ अनि मेरो लागि तिमीहरूले दु:ख भोग्यौ र मलाई त्यागेका छैनौ।
4
तर एउटा कुराचाहिँ मैले तिमीहरूको विरुद्धमा भन्नै पर्छ। तिमीहरूले मलाई पहिलाको जस्तो प्रेम अहिले गर्न छोडेका छौ।
5
तिमी कति गिरेका छौ, आफैंले सोच। पाप छोड र तिमीले पहिलेजस्तो मलाई प्रेम गर। नत्र म तिमीहरूकहाँ आउनेछु र तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु।
6
तर तिमीमा यो एउटा राम्रो गुण छ अर्थात् मैले घृणा गरेका ती निकोलाइटस भनिएकाहरूको कामलाई तिमीहरूले पनि घृणा गर्दछौ।
7
“जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन! “जसले जित्छ, उसलाई परमेश्वरको बगैँचामा भएको जीवनको रूखको फल म खान दिनेछु।”
8
“स्मुर्नाको मण्डलीलाई हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “जो आदि र अन्त हुनुहुन्छ अनि मरेर पनि फेरि जिउँदो हुनुहुनेले यसो भन्नुहुन्छ।
9
मलाई तिम्रो दु:ख-कष्ट थाहा छ, तिमी गरीब छौ भनेर पनि जान्दछु, तर वास्तवमा तिमी धनी छौ! यहूदी हौं भनी बहाना गर्नेहरूले तिम्रा विरुद्धमा गरेका नराम्रा कुरा मलाई थाहा छ, तिनीहरू शैतानका गुठका हुन्।
10
तिमीहरूलाई पर्न आँटेको कुनै सङ्कटबाट नडराऊ। तिम्रो विश्वास जाँच्न शैतानले तिमीहरूमध्ये कसै-कसैलाई झ्यालखानमा हालिदिनेछ। तर तिम्रो कष्ट दश दिनसम्म मात्रै हुनेछ। मर्नुपरे पनि ममाथि विश्वास गर्न नछोड र म तिमीलाई विजयको इनामको रूपमा जीवन दिनेछु।
11
“जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन! “जसले जित्छ, उसलाई दोस्रो मृत्युले केही हानि गर्नेछैन।
12
“पर्गामममा भएको मण्डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “जससँग धारिलो दुईधारे तरवार छ, उहाँले यसो भन्नुहुन्छ।
13
तिमीहरू शैतानको सिंहासन भएको ठाउँमा बास बस्छौ भन्ने कुरा मलाई थाहा छ। तिमीहरू मप्रति भक्त रहेका छौ र ममाथि विश्वास गर्न छोडेका छैनौ भन्ने म जान्दछु। मेरो विश्वासी साक्षी एन्टिपासलाई शैतानको वासस्थानमा मारिएको बेलामा पनि तिमीहरूले विश्वास छोडेनौ।
14
तर पनि तिम्रो विरोधमा मैले केही कुरा भन्नु नै पर्छ। तिमीहरूका बीचमा कोही-कोही बालामको शिक्षा मान्नेहरू छन्। मूर्तिहरूलाई चढाइएको कुरा खाई अनि व्यभिचार गरी इस्राएलीहरूलाई पापमा फसाउन बालामले बालाक राजालाई सिकाएको थियो।
15
त्यसरी नै निकोलाइटसको शिक्षा मान्ने मानिसहरू पनि तिमीहरूबीच छन्।
16
यी पापहरू छोड र मन फर्काओ, नत्र म तिमीकहाँ चाँडै आउनेछु र मेरा मुखबाट निस्कने तरवारले ती दुष्ट काम गर्ने मानिसहरूसित लड्नेछु।
17
“जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन! “जसले जित्छ, म तिनीहरूलाई गुप्तमा रहेको मन्न दिनेछु। म तिनीहरूलाई एउटा सेतो ढुङ्गा पनि दिन्छु, जसमा एक नयाँ नाउँ लेखिएको हुन्छ। यो सेतो ढुङ्गा पाउनेले मात्र यो नाउँ जान्दछ।”
18
“थिआटीरामा भएको मण्डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “आगोजस्तो बल्ने आँखा र खारेर टल्कने पित्तलजस्तो चम्कने पाउ भएका परमेश्वरका पुत्रले यसो भन्नुहुन्छ।
19
तिमीहरू के-के गर्छौ, मलाई थाहा छ। तिमीहरूले गरेको प्रेम, विश्वास, सेवा र स्थिर भएर बसेको कुरा म सबै जान्दछु। पहिलेभन्दा तिमीहरू अहिलेचाहिँ धेरै सेवा गर्छौ भन्ने पनि मलाई याद छ।
20
तर तिम्रो विरोधमा मैले एउटा कुरा भन्नु नै पर्छ, त्यो ईजेबेल भन्ने स्त्रीलाई तिमीहरूले ठाउँ दिन्छौ। त्यसले म अगमवादिनी हुँ भन्छे र आफ्नो शिक्षाले मेरो सेवा गर्ने मानिसहरूलाई भर्माएर व्यभिचार गर्न र मूर्तिलाई चढाइएका कुरा खान सिकाउँछे।
21
त्यसलाई आफ्नो पाप छोडेर मन फर्काउन मैले मौका दिएको छु। तर त्यसले व्यभिचार गर्न छोड्दैछोड्दिन।
22
यसैकारण म त्यसलाई थला पारिदिनेछु अनि ओछ्यानमा त्यो र त्यससित व्यभिचार गर्नेहरूले एकदम दु:ख र कष्ट पाउनेछन्। मन फिराएर तिनीहरूले आफ्ना दुष्ट काम छोडेनन् भने म तिनीहरूलाई यस्तो सजाय दिनेछु।
23
त्यसलाई पछ्याउने सबैलाई म खतम पार्नेछु अनि सबैका हृदयको मनसाय र चाहना देख्ने र जान्ने मै हुँ भनेर सबै मण्डलीहरूले बुझ्नेछन्। म तिमीहरू सबैलाई आफ्नो-आफ्नो कामअनुसार इनाम दिनेछु।
24
“तर यस्ता शिक्षामा नलागेका र शैतानका गहिरा रहस्यहरू नजानेका थिआटीराको मण्डलीमा भएका अरूहरूलाई भन्छु कि म तिमीहरूलाई कुनै भार लाउनेछैनँ।
25
तर म नआएसम्म तिमीहरूसित जे-जे छन्, तिनमा दृढ रहो।
26
जसले जित्छ र अन्तसम्म मेरो इच्छा पूरा गरिरहन्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार गर्न दिनेछु।
27
त्यसपछि तिनीहरूमाथि एउटा फलामको डण्डाले शासन गर्नेछौ र तिनीहरूलाई माटाको भाँडाझैँ चकनाचुर पार्नेछौ। मैले पिताबाट पाएको यो अधिकार म तिमीहरूलाई दिनेछु।
28
म तिमीहरूलाई बिहानको तारा पनि दिनेछु।
29
“जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन!
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22