bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 14
Revelation 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 15 →
1
फेरि पनि मैले हेरें र सियोन पर्वतमा थुमा उभिरहनुभएको थियो र उहाँको नाउँ र उहाँको पिताको नाउँ, आ-आफ्ना निधारमा लेखिएका एक लाख चवालीस हजार मानिसहरू उहाँसित थिए।
2
पानीको छाँगो र बादलका गड्याङ-गुडुङको आवाज जस्तो स्वर्गबाट एउटा ठूलो सोर आएको मैले सुनें। त्यो आवाज वीणा बजाउनेहरूले धेरै वीणा बजाएको जस्तो पनि सुनियो।
3
ती एक लाख चवालीस हजार मानिसचाहिँ मूल सिंहासनको अगाडि र ती चार जीवित प्राणीहरू र धर्म-गुरुहरू अगाडि उभिएर एउटा नयाँ गीत गाइरहेका थिए। यो गीतचाहिँ उनीहरूले मात्र सिक्न पाएका थिए किनभने संसारबाट उनीहरूको मात्र उद्धार भएको थियो।
4
उनीहरू कन्ये केटीहरूजस्ता चोखो छन्, जसले व्यभिचारी काम गरेका छैनन्। उनीहरूले थुमालाई मात्र पछ्याएका छन्। उनीहरू संसारका मानिसहरूबाट बचाइएका हुन् र परमेश्वर र थुमाको लागि सबैभन्दा पहिला चढाइएका भेटी हुन्।
5
उनीहरूका मुखमा केही छल भेटिएन। उनीहरू निर्दोष छन्।
6
यसपछि मैले आकाशमा उडिरहेको अर्को एक स्वर्गदूत देखें। सबै जाति, कुल, भाषा र देशका मानिसहरूलाई सुनाउन तिनी सुसमाचार लिएर आउँदै थिए।
7
तिनले ठूलो सोरले भने, “परमेश्वरको डर मान र उहाँको प्रशंसा गर किनभने उहाँले मानिस जातिको न्याय गर्ने बेला आइसकेको छ। आकाश, पृथ्वी, समुद्र र सब पानीका मूलहरू बनाउनुहुने परमेश्वरलाई मान-आदर देओ।”
8
तब पहिलो स्वर्गदूतको पछि दोस्रो स्वर्गदूत यसो भन्दै आए, “ध्वंश भयो! महासहर बेबिलोन ध्वंश भयो। त्यसले संसारका सबै जातिलाई त्यसका व्यभिचारको कचौराबाट पियाएर उनीहरूलाई मताइदिई।”
9
ती दुई स्वर्गदूतहरूका पछि तेस्रो स्वर्गदूतले ठूलो सोरले यसो भन्दै कराए, “जतिले जनावरलाई अथवा त्यसको मूर्तिलाई मान-आदर गरेर त्यसको टीका आफ्नो निधारमा वा आफ्नो हातमा लिन्छन्,
10
उनीहरूलाई परमेश्वरले आफ्नो क्रोधको कचौराबाट पियाउनुहुनेछ। तिनीहरू पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा पिरोलिनुपर्छ
11
र उनीहरूलाई पिरोल्ने आगोको धुवाँ सधैँ उँभोतिर उडेर जानेछ। जतिले त्यो जनावर र त्यसको मूर्तिलाई मान-आदर गर्छन् र त्यसको टीका लाउँछन्, दिन-रात आफ्नो सजायबाट विश्राम पाउनेछैनन्।”
12
परमेश्वरका पवित्र जनहरू, जसले परमेश्वरको वचन मान्छन् र प्रभु येशूमा विश्वास राख्छन्, तिनीहरू स्थिर भएर बस्नुपर्छ।
13
यसपछि स्वर्गबाट यसो भनिरहेको एउटा सोर मैले सुनें, “यो कुरा लेख: अबदेखि जतिले विश्वास गरी प्रभुको सेवामा मर्छन्, उनीहरू धन्यका हुन्।” पवित्र आत्माले यसो भनेर जवाफ दिनुभयो। “साँच्चै हो! किनभने अबदेखि उनीहरूले आफ्ना दु:ख र परिश्रमबाट आराम पाउनेछन् र उनीहरूका काम उनीहरूका साथ लाग्नेछन्।”
14
यसपछि मैले हेरें, त्यहाँ सेतो एउटा बादल देखें र यसमाथि एउटा मानिसको रूप भएको कोही बसिरहेको देखें। उहाँको टाउकोमा सुनको मुकुट थियो र हातमा एउटा धारिलो हँसिया थियो।
15
अर्को एक स्वर्गदूतले परमेश्वरको मन्दिरबाट निस्केर बादलमा बस्नुहुनेलाई यसो भनेर ठूलो सोरले कराए, “हँसिया लगाएर बाली काट्नुहोस् किनभने बेला भइसक्यो। पृथ्वीको बाली पाकिसकेको छ।”
16
त्यहाँबाट बादलमा बस्नुहुनेले नै आफ्नो हँसिया पृथ्वीमा चलाउनुभयो र पृथ्वीको बाली काटियो।
17
यसपछि मैले स्वर्गमा परमेश्वरको मन्दिरबाट आएका अर्को एक स्वर्गदूत देखें। उनको हातमा पनि धारिलो हँसिया थियो।
18
अनि आगोमाथि अधिकार हुने अर्को एक स्वर्गदूत वेदीबाट आए। उनले हँसिया समाउने स्वर्गदूतलाई ठूलो सोरले यसो भन्दै कराए, “हँसिया चलाऊ र पृथ्वीको दाखबारीका दाखहरू काट किनकि तिनीहरू पाकिसकेका छन्।”
19
त्यहाँबाट ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए र दाखका झुप्पाहरू काटिदिए। अनि दाख पेल्ने कोलझैँ परमेश्वरको क्रोधको कोलमा फ्याँकिदिए।
20
सहरबाहिर भएको कोलमा ती दाख पेलिए र त्यहाँबाट तीन सय किलोमिटर लामो र गहिरो रगतको खोला बग्यो।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22