bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 11
Revelation 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 12 →
1
यसपछि नाप्ने डण्डाजस्तो एउटा लौरो मलाई दिइएको थियो र एक जनाले मलाई भन्यो, “उठेर जाऊ, परमेश्वरको मन्दिर र त्यसको वेदी नाप अनि मन्दिरमा पूजा गर्नेहरूलाई गन।
2
मन्दिर बाहिरको आँगनचाहिँ ननाप किनभने त्योचाहिँ अरू जातिहरूलाई दिइएको छ र उनीहरूले बयालीस महिनासम्म परमेश्वरको सहरलाई कुल्ची-मिल्ची गर्नेछन्।
3
अनि भाङ्ग्राको लुगा लाएका मेरा दुई साक्षीलाई एक हजार दुई सय साठी दिनसम्म परमेश्वरको वचन घोषणा गर्न पठाउनेछु।”
4
ती दुई साक्षीहरू दुई भद्राक्षका रूख र पृथ्वीका प्रभुको सामुन्ने खडा रहने दुई सामदान हुन्।
5
कसैले उनीहरूलाई नाश गर्न खोजे उनीहरूका मुखबाट आगो निस्की ती शत्रुलाई नाश गर्नेछ। त्यसरी उनीहरूलाई हानि गर्न खोज्ने सबै मारिनेछन्।
6
परमेश्वरको वचन उनीहरूले सुनाउञ्जेल पानी नपरोस् भनेर आकाश बन्द गर्ने उनीहरूको हक र पानीका मूलहरूलाई रगत बनाउन अनि पृथ्वीमा उनीहरूले चाहेअनुसार किसिम-किसिमको माहामारी ल्याउने अधिकार पनि उनीहरूलाई छ।
7
उनीहरूले घोषणा गर्ने काम सिध्याएपछि त्यो गहिरो भड्खालाबाट निस्कने जनावरले यी दुईसँग लडाइँ गरी उनीहरूलाई जितेर मारिदिनेछ।
8
तिनीहरूका लाशलाई उनीहरूका प्रभुलाई क्रूसमा टाँगेर मारिएको त्यो ठूलो सहरको बाटोमा त्यसै छोडिएको हुनेछ, जुन सहरलाई उदाहरणको रूपमा ‘सदोम’ वा ‘मिश्रदेश’ भनिन्छ।
9
साढे तीन दिनसम्म हरेक देश, कुल, भाषा र जातिका मानिसहरूले उनीहरूका लाशलाई हेर्नेछन् र तिनीहरूलाई गाड्न दिनेछैनन्।
10
यी दुई साक्षी मारिएकोमा संसारका मानिसहरू रमाउनेछन्। उनीहरूले खुसी मनाउनेछन् र एक-अर्कालाई उपहार पठाउनेछन् किनभने यी दुई अगमवक्ताले संसारका मानिसहरूलाई धेरै सताएका थिए।
11
साढे तीन दिन बितिसकेपछि परमेश्वरबाट जीवन दिने सास ती दुईमा पस्यो र उनीहरू आफ्ना खुट्टामा उभिए। त्यो देखेर मानिसहरू एकदमै डराए।
12
ती दुई अगमवक्ताले स्वर्गबाट एउटा यस्तो ठूलो सोर सुने, “यता उक्लेर आओ।” तब सबै दुश्मनहरूले हेर्दाहेर्दै ती दुई बादलमा उचालिएर स्वर्ग गए।
13
त्यति नै खेर जोडले भूइँचालो गयो र त्यो ठूलो सहरको दशौँ भाग भत्कियो। यस भूइँचालोमा सात हजार मान्छे मारिए र बाँकी रहेकाहरूले असाध्य डराएर स्वर्गमा विराजमान् हुनुभएका परमेश्वरको प्रशंसा गरे।
14
दोस्रो विपत्ति बित्यो अब तेस्रो विपत्ति आउन आँटेको छ!
15
यसपछि सातौँ स्वर्गदूतले आफ्ना तुरही फुके अनि स्वर्गमा ठूला-ठूला सोरले यसो भने, “पृथ्वीमाथि राज्य गर्ने अधिकार अबदेखि हाम्रा प्रभु र उहाँका ख्रीष्टकै हो र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”
16
त्यसपछि परमेश्वरको अगाडि आफ्ना-आफ्ना सिंहासनमा बस्ने ती चौबीस धर्म-गुरुहरूले परमेश्वरको चरणमा दण्डवत् गरे र यसो भनेर उहाँको जयजयकार गरे,
17
“हे प्रभु परमेश्वर, सर्वशक्तिमान्, जो हुनुहुन्छ र हुनुहुन्थ्यो, हामी तपाईंलाई धन्यवाद चढाउँछौं किनभने तपाईंले आफ्नो ठूलो अधिकार लिनुभएको छ र आफ्नो राज्य सुरु गर्नुभएको छ।
18
जाति-जातिहरू रिसाएका छन्, अब त तपाईंको रिसाउने बेला भयो र मरेकाहरूको न्याय गर्ने बेला आएको छ। तपाईंका सेवकहरू अर्थात् तपाईंका अगमवक्ताहरूलाई, पवित्रजनहरूलाई र तपाईंको नाउँ मान्ने साना-ठूला सबैलाई इनाम दिने र पृथ्वी बिगार्नेहरूलाई नाश पार्ने बेला भएको छ।”
19
तब स्वर्गमा भएको परमेश्वरको पवित्र मन्दिर खोलियो र यहाँ वाचाको सन्दुक देखियो। त्यसपछि बिजुली चम्क्यो। डरलाग्दा आवाजहरू र गड्याङ्-गुडुङ सुनियो, भूइँचालो गयो र ठूला-ठूला असिनाहरू परे।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22