bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 17
Revelation 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 18 →
1
सात बटुका भएका सात स्वर्गदूतहरूमध्ये एउटाले मेरो छेउमा आएर भने, “आऊ र त्यो महा-वेश्याले कसरी सजाय पाउनेछे भनी म तिमीलाई देखाउनेछु। त्यस महा-वेश्या धेरै नदीहरूका छेउमा बनेको महानगर हो।
2
संसारका राजाहरूले त्योसित गएर व्यभिचार गर्थे र संसारका मानिसहरू जाँडले मातेजस्तो त्यो वेश्यासँगको व्यभिचारमा मातिरहेका थिए।”
3
तब म पवित्र आत्माले भरपूर भएँ र स्वर्गदूतले मलाई उजाड-स्थानमा लगे। रातो जन्तुमाथि चढेकी एउटी स्त्री मैले त्यहाँ देखें। त्यस जनावरका सात टाउका र दश वटा सिङ थिए र परमेश्वरलाई अपमान गर्ने नाउँहरू त्यसको जिउमा सबैतिर लेखिएको थियो।
4
त्यस स्त्रीले बैजनी र रातो चहकिलो पोशाक लाएकी थिई र सुन, बहुमूल्य मणि र मोतीहरूका गहनाहरूले जिउभरि सिँगारिएकी थिई। त्यसले हातमा सुनको एउटा बटुका समाइरहेकी थिई। त्यो बटुकाचाहिँ त्यसको व्यभिचारका अनेक फोहोर र घिनलाग्दा कुराले भरिएको थियो।
5
एउटा गुप्त अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियो, “महा-बेबिलोन, संसारका सबै वेश्या र घिनलाग्दा काम गर्नेहरूकी आमा!”
6
परमेश्वरका भक्त र येशूका विश्वासी साक्षीहरूका रगत पिएर त्यो स्त्री मातेकी थिई। त्यसलाई देखेर म छक्क परें।
7
“तिमी किन छक्क पर्यौ?” स्वर्गदूतले मलाई सोधे। “त्यो स्त्री र त्यसलाई बोक्ने सात टाउका र दश सिङ भएको जनावरको रहस्यको अर्थ म तिमीलाई बताउँछु।
8
त्यो जनावर पहिले जिउँदो थियो तर अहिलेचाहिँ छैन। त्यो गहिरो भड्खालाबाट निस्कनेछ र नष्ट हुनेछ। संसारको सृष्टि पहिले जीवनको पुस्तकमा नाउँ नलेखिएका संसारका मानिसहरूले त्यो जनावर देखेर अचम्म मान्नेछन् किनभने त्यो जिउँदो थियो, अहिले मरेको छ। तर त्यो फेरि देखापर्नेछ।
9
“यो कुरा बुझ्न ज्ञान र बुद्धि चाहिन्छ। जनावरका सात टाउकाचाहिँ सात डाँडा हुन्, जसमा त्यो स्त्री बसेकी छे। ती सातै राजा पनि हुन्,
10
जसका पाँच जना पतन भइसकेका छन्। एक जना छँदैछ र एक जना आउन बाँकी छ। उसले आएर थोरै समयको लागि मात्र राज्य गर्नेछ।
11
अनि त्यो जनावर, जो पहिले जिउँदो थियो तर अब छैन, त्यो आठौँ राजा हो तापनि त्यो सातमध्ये पनि एक हो र त्यसको नाश हुनेछ।
12
“तिमीले देखेका दश सिङचाहिँ दश राजाहरू हुन्, तर उनीहरूले चाहिँ राज्य गर्न सुरु गरेका छैनन्। उनीहरूले एक-एक घण्टा गरेर त्यो जनावरसित राज्य गर्ने अधिकार पाउनेछन्।
13
यी दश राजाको एउटै उद्देश्य छ र उनीहरू सबैले आफ्ना शक्ति र अधिकार त्यो जनावरलाई दिन्छन्।
14
उनीहरू थुमाको विरोधमा लड्नेछन्, तर थुमाले आफ्ना बोलाइएका, छानिएका र विश्वासी भक्तहरू लिएर उनीहरूलाई जित्नुहुनेछ किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ।”
15
स्वर्गदूतले मलाई यो कुरा पनि भने, “त्यो वेश्या बसेको समुद्र जो तिमी देख्दै छौ, त्यो विभिन्न जाति, देश र भाषाका मानिसहरू हुन्।
16
तिमीले देखेका दश सिङ र त्यो जनावरले त्यो वेश्यालाई घृणा गर्नेछन् र त्यसका सबै कुरा खोसी त्यसलाई नाङ्गै पारेर त्यसको मासु खानेछन् र आगोले भस्म पार्नेछन्
17
किनभने परमेश्वरले तिनीहरूलाई आफ्नो उद्देश्य पूरा गर्ने मन दिनुभएको छ अनि परमेश्वरले भन्नुभएको वचन पूरा नभएसम्म तिनीहरूले एक मत भएर काम गर्नेछन्, राज्य गर्ने आफ्ना अधिकार त्यस जनावरलाई दिनेछन्।
18
तिमीले देखेको वेश्या संसारका सबै राजाहरूमाथि शासन गर्ने महानगर हो।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22