bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 19
Revelation 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 20 →
1
यसपछि स्वर्गमा मानिसहरूको ठूलो घुइँचोको आवाज जस्तो यसो भनेको मैले सुनें, “परमेश्वरको प्रशंसा होस्! उद्धार, सम्मान् र अधिकार परमेश्वरकै हुन्!
2
उहाँका न्याय ठीक-ठीक र सत्य छन्। आफ्ना व्यभिचारले सारा पृथ्वीलाई बिगार्ने त्यो वेश्यालाई उहाँले ठीक सजाय दिनुभएको छ। उहाँले आफ्ना सेवकहरूको रगतको बदला त्यसैमाथि लिनुभएको छ।”
3
फेरि एक पटक उनीहरूले यसो भनेर कराए, “परमेश्वरलाई प्रशंसा होस्, त्यो ठूलो सहरलाई ध्वंश गर्ने आगोको धुवाँ सधैँ उभोतिर गइरहनेछ।”
4
तब ती चौबीस धर्म-गुरु र ती चार जीवित प्राणीहरूले सिंहासनमा विराजमान् हुनुभएका परमेश्वरलाई दण्डवत् गरे अनि यसो भनेर उहाँको जयजयकार गरे, “आमेन। परमेश्वरको प्रशंसा होस्।”
5
सिंहासनबाट एउटा ठूलो सोरमा यसो भनेको सुनियो, “परमेश्वरका सेवक हो, उहाँलाई मान्नेहरू, साना-ठूला सबैले उहाँको जयजयकार गर।”
6
यसपछि मानिसको ठूलो घुइँचोको सोर वा पानीको छाँगाको आवाज जस्तो र बादलमा गड्याङ-गुडुङको गर्जनजस्तो आवाजले यसो भनेको मैले सुनें: “परमेश्वरको प्रशंसा होस्! हाम्रा प्रभु सर्वशक्तिमान् परमेश्वर महाराजा हुनुहुन्छ।
7
हामी रमाऔं र खुसी मनाऔं! उहाँको जयजयकार गरौं! किनभने थुमाको विवाहको दिन आइसक्यो र उहाँकी दुलही तयार भइसकेकी छिन्!
8
लगाउनका लागि तिनलाई सफा चम्कने वस्त्र दिइएको छ।” सफा वस्त्रचाहिँ परमेश्वरका भक्तहरूका असल काम हुन्।
9
यसपछि स्वर्गदूतले मलाई यसो भनेर अह्राए, “यो कुरा लेख: थुमाको विवाहको भोजमा बोलाइएका सबै धन्य हुन्।” तब स्वर्गदूतले फेरि भने, “यी कुरा परमेश्वरले भन्नुभएका साँचा वचन हुन्।”
10
तब ती स्वर्गदूतलाई आदर गर्न म उनको अघि झुकें, तर उनले मलाई भने, “यसो नगर।” मचाहिँ तिमी, तिम्रा भाइहरूसित र येशूको साँचो वचन मान्ने सबैसित काम गर्ने परमेश्वरको सेवक मात्र हुँ। परमेश्वरलाई मात्र पुज।” किनभने प्रभु येशू ख्रीष्टले प्रकट गर्नुभएको सत्यले नै अगमवक्तालाई प्रेरणा दिन्छ।
11
अनि मैले स्वर्ग खोलिएको देखें र एउटा सेतो घोडा देखें। त्यो घोडामाथि सवारी हुनेको नाउँ ‘विश्वासिलो र सत्य’ रहेछ। उहाँले ठीकसित न्याय गर्नुहुन्छ र लडाइँ गर्नुहुन्छ।
12
उहाँका आँखा आगोको ज्वालाजस्ता रहेछन् र उहाँका टाउकोमा धेरै मुकुट थिए। उहाँको एउटा नाउँ लेखिएको थियो तर त्यो नाउँ उहाँलाई मात्र थाहा छ।
13
उहाँले लाउनुभएको लुगा रगतले भरिएको थियो। उहाँको नाउँचाहिँ “परमेश्वरको वचन” हो।
14
सेता घोडामा चढेका र सफा सेता लुगा लाएका स्वर्गका सेनाहरू उहाँका पछि-पछि लागे।
15
उहाँको मुखबाट एउटा धारिलो तरवार निस्केको थियो। त्यो तरवार लिएर उहाँले जाति-जातिलाई जित्नुहुनेछ। उहाँले उनीहरूमाथि कडा शासन गर्नुहुनेछ र कोलमा दाख कुल्ची रस निकालेझैँ उहाँले सर्वशक्तिमान् परमेश्वरको क्रोधको कोलमा तिनीहरूलाई कुल्चनुहुनेछ।
16
उहाँको लुगा र उहाँको तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भन्ने नाउँ लेखिएको थियो।
17
यसपछि मैले घाममाथि उभिरहेका एक स्वर्गदूत देखें। आकाशमा उडिरहेका सबै चराहरूलाई यसो भनेर ठूलो सोरले उनी कराए, “आओ, परमेश्वरको ठूलो भोज खान जम्मा होओ।
18
राजाहरू, सेनापतिहरू र सेनाहरूका मासु, घोडा-घोडामा चढ्नेहरूको मासु, ठूला र साना, कमारा र फुक्का सबैको मासु खान आओ!”
19
“तब त्यो जनावर र संसारका राजा आ-आफ्ना सेना लिएर सेता घोडामा सवारी हुनेको र उहाँका सेनाहरूको विरोधमा लडाइँ गर्न जम्मा भएका मैले देखें।
20
जनावर र त्यसको अगाडि अचम्मका चिन्हहरू देखाउने त्यो झूटो अगमवक्ता पनि कैदी भयो। ती अचम्मका चिन्हहरूले नै त्यसले त्यो जनावरको चिन्ह लाउने र जनावरको मूर्ति पूज्नेहरूलाई छलेको थियो। ती दुवै जिउँदै गन्धकले जलिरहेको त्यो आगोको कुण्डमा फ्याँकिए
21
अनि तिनीहरूका सेना चाहिँ घोडामाथि सवारी हुनेको मुखबाट निस्केको तरवारले मारिए। चराहरूले ती सबैका लाश खाएर अघाए।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22