bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 22
Revelation 22
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
1
[1-2] त्यसपछि स्वर्गदूतले मलाई जीवनको पानीको नदी देखाए। त्यो परमेश्वर र बलि हुनुभएको थुमाको सिंहासनबाट निस्केर सहरको मूल सडक बीचमा बगिरहेको र स्फटिकजस्तो चम्किरहेको थियो। नदीको दुवै किनारमा जीवनको रूख थियो, जसले वर्षमा बाह्र किसिमका फल फलाउँछन् र प्रत्येक महिना एक किसिमको फल फल्छ। ती रूखका पातचाहिँ जाति-जातिलाई निको पार्ने औषधी थिए।
3
परमेश्वरले श्राप दिनुभएको कुनै कुरा त्यो सहरमा पाइँदैन। परमेश्वरको र थुमाको सिंहासन सहरभित्र रहनेछ र उहाँका सेवकहरूले उहाँलाई पुज्नेछन्।
4
तिनीहरूले परमेश्वरको अनुहार देख्छन् र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ।
5
अनि त्यहाँ कहिले पनि रातपर्नेछैन, त्यहाँ बत्ती र घामको उज्यालोको खाँचोपर्नेछैन किनभने प्रभु परमेश्वर नै उनीहरूको उज्यालो हुनुहुनेछ र उनीहरूले सदासर्वदा राज गर्नेछन्।
6
यसपछि स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासयोग्य र सत्य छन्। अगमवक्ताहरूलाई पवित्र आत्मा दिनुहुने प्रभु परमेश्वरले आफ्ना सेवकहरूलाई यी चाँडै हुन आउने घटनाहरू देखाउन आफ्नो स्वर्गदूत पठाउनुभएको छ।”
7
येशू भन्नुहुन्छ, “म चाँडै आउँछु। यो पुस्तकमा लेखिएका अगमवाणीका वचन मान्नेहरू धन्य हुन्।”
8
म यूहन्नाले यी सबै कुरा सुनेको र देखेको छु अनि मैले तिनीहरूलाई देखें र सुनेपछि मलाई यी सबै कुरा देखाउने स्वर्गदूतको पाउमा दण्डवत् गर्न खोजें।
9
तर उनले मलाई भने, “यसो नगर! मचाहिँ तिमी, तिम्रा दाजुभाइ अगमवक्ताहरू र यो पुस्तकको वचन मान्नेहरूजस्तै परमेश्वरको सेवक मात्र हुँ। परमेश्वरलाई नै दण्डवत् गरेर उहाँलाई आदर गर!”
10
उनले अझै मलाई भने, “यी पुस्तकका अगमवाणीका वचनहरू लुकाइनराख किनभने यी सबै कुरा हुन आउने बेला नजिकै छ।
11
जो दुष्ट छ, त्यो दुष्टै हुँदैजान्छ, जो फोहोरी छ, त्यो फोहोरी नै हुँदैजान्छ। जो ठीक र धर्मी छ, त्यो त्यस्तै हुँदै जान्छ र जो पवित्र छ, त्यो पवित्रै हुँदैजान्छ।”
12
“हेर, म चाँडै आउनेछु,” येशू भन्नुहुन्छ, “आफ्ना-आफ्ना कामअनुसार सबैलाई दिने इनाम लिएर आउँदै छु।
13
म अल्फा र ओमेगा, आदि र अन्त हुँ।”
14
आफ्ना लुगा धोएर सफा राख्नेहरू धन्य हुन्। तिनीहरूले जीवनको रूखका फल खान र ती सहरका ढोकामा पस्ने हक पाउनेछन्।
15
तर सहरबाहिरचाहिँ छाडाहरू, टुनामुना गर्नेहरू, व्यभिचारीहरू, मूर्ति पुज्नेहरू र आफ्ना काम र वचन दुवैमा झूट हुनेहरू छन्।
16
“म येशूले तिमीकहाँ मण्डलीमा भएका सबैलाई यी कुराहरू थाहा दिन मेरा स्वर्गदूत पठाएको छु। म दाऊद राजाको कुलको हुँ। म बिहानको चम्किलो तारा हुँ।”
17
पवित्र आत्मा र दुलहीले “आउनुहोस्!” भन्छन्, जसले सुन्छ, उसले पनि “आउनुहोस्!” भनोस्। जसलाई तिर्खा लाग्छ, चाहेको जति जीवनको पानी सित्तैमा पिउन आओ!
18
यस पुस्तकका अगमवाणीका वचनहरू सुन्ने हरेक मानिसलाई म यूहन्नाले यो चेतावनी दिन्छु, यिनमा केही थप्छ भने उसलाई परमेश्वरले यस पुस्तकमा बताएका विपत्तिहरू थपिदिनुहुनेछ।
19
कसैले केही कुरा यो पुस्तकमा लेखिएको अगमवाणी वचनबाट निकाल्छ भने परमेश्वरले जीवनको रूखको फलबाट उसको भाग काटिदिनुहुनेछ अनि पवित्र सहरबाट उसलाई निकाल्नुहुनेछ।
20
जसले यी सबै कुरामा साक्षी दिनुहुन्छ, उहाँले नै भन्नुहुन्छ, “साँच्चै म चाँडै आउनेछु।” आमेन। आउनुहोस्, हे प्रभु येशू!
21
प्रभु येशूको अनुग्रह सबैसित भइरहोस्! आमेन।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22