bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 3
Revelation 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 4 →
1
“सार्डिसमा भएका मण्डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “जससँग सात तारा र परमेश्वरका सात आत्मा छन्, उहाँले यसो भन्नुहुन्छ। तिम्रा कामहरू मलाई थाहा छ, तिमीहरू जिउँदा छौ भन्ने नाम चलेको छ, तर वास्तवमा तिमीहरू मरेका छौ।
2
यसकारण जाग र तिमीहरूसँग बचेका थोरै कुराहरू मासिन नदिएर बलियो पार किनभने परमेश्वरको अगाडि तिम्रा कामहरू मैले सिद्ध भेट्टाएको छैनँ।
3
जे तिमीले सुनेका र सिकेका छौ, तिनको सम्झना गर। ती मान र तिम्रा पापबाट मन फर्काओ। तिमीहरू जागेनौ भने म तिमीहरूकहाँ चोरजस्तै आउनेछु र म आउने तिमीहरूलाई थाहा हुनेछैन।
4
तर सार्डिसमा पनि कोही-कोही मानिसहरू छन्, जसले आफ्नो लुगा सफा राखेका छन्। उनीहरू मसित सेता लुगा लगाएर हिँड्नेछन् किनभने उनीहरू यसो गर्न योग्य छन्।
5
जसले जित्छ, उसले यस्तो सेतो लुगा लाउनेछ र उसको नाउँ म जीवनको पुस्तकबाट कहिल्यै मेटाउनेछैन, तर ऊ मेरो हो भनेर मेरा पिता र उहाँका सबै स्वर्गदूतको अगाडि स्वीकार गर्नेछु।
6
“जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन!
7
“फिलाडेल्फिया मण्डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “उहाँ जो पवित्र र सत्य हुनुहुन्छ, जसका हातमा दाऊद राजाको साँचो छ र जसले खोलेको ढोका कसैले बन्द गर्न सक्दैन अथवा बन्द गरेको ढोका कसैले खोल्न सक्दैन, उहाँले यसो भन्नुहुन्छ।
8
तिम्रो काम मलाई थाहा छ। मैले तिम्रो अगाडि ढोका राखिदिएको छु। त्यसलाई कसैले बन्द गर्न सक्दैन। दुर्बल भए तापनि तिमीले मेरा सबै कुरा मानेका छौ र मेरो नाउँ अस्वीकार गरेका छैनौ।
9
हामी यहूदी हौं भनेर ढाँट्ने शैतानका गुठका त्यहाँ जो छन्, उनीहरूलाई म तिम्रा पाउमा दण्डवत् गर्न लाउनेछु र मैले तिमीलाई प्यार गरिराखेको छु भन्ने कुरा उनीहरूलाई थाहा हुनेछ।
10
पृथ्वीका सबै जातिहरूलाई जाँच्न यस संसारमा हुन आउने चर्को कष्टबाट म तिमीहरूलाई जोगाउनेछु किनभने तिमीहरूले धेरै कुरा सहेर मेरो आज्ञा मानेका छौ।
11
हेर, म चाँडै आउनेछु। तिमीसित भएको कुरा जोगाएर राख र कसैले पनि तिम्रो विजयको इनाम तिमीबाट खोस्न नसकोस्।
12
जसले जित्छ, मेरा परमेश्वरको मन्दिरमा म उसलाई एउटा खामो बनाउँछु र त्यहाँबाट ऊ कहिल्यै निस्कनेछैन। उसमा मेरा परमेश्वरको नाउँ अनि स्वर्गबाट ओर्लेर आउने उहाँको सहर नयाँ यरूशलेमको नाउँ लेख्नेछु र उसमा मेरो नयाँ नाउँ पनि लेख्नेछु।
13
“जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन!
14
“लाउडिकियाको मण्डलीलाई हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “परमेश्वरका सारा सृष्टिका मूल, जो विश्वासयोग्य, सत्य साक्षी र आमेन हुनुहुन्छ, उहाँले यसो भन्नुहुन्छ।
15
तिमीहरूको काम म जान्दछु। तिमी नता तातो न चिसो छौ। तिमीहरू चिसो कि तातो भए त हुन्थ्यो।
16
तर तिमीहरू नता तातो न चिसो तर मन तातो भएको हुनाले नै मेरो मुखबाट तिमीहरूलाई थुकी फ्याँकिदिनेछु।
17
म धनी छु र मलाई केही कुराको कमी छैन भनेर तिमी भन्छौ र तिमी कति दु:खी र दयालाग्दो कङ्गाल, अन्धा र नाङ्गा छौ भन्ने तिमीलाई थाहा छैन।
18
तर म तिमीलाई यस्तो सल्लाह दिन्छु, सधैँ धनी हुनलाई मबाट शुद्ध सुन किन। तिम्रो नाङ्गोपनको लाज ढाक्नलाई सेतो लुगा किनेर लगाऊ, आँखा देख्नलाई मबाट मलम किनेर लगाओ।
19
जसलाई म प्यार गर्दछु, उसलाई म हप्काउँछु र सजाय दिन्छु। यसैकारण पाप छोडी मतर्फ फर्क र उत्साहित बन।
20
हेर! म ढोकामा उभिएर ढकढक्याउँदै छु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने म भित्र आउनेछु र ऊसित भोज खानेछु र उसले मसित खानेछ।
21
जसले जित्छ, उसलाई मसित मेरो सिंहासनमा बस्ने हक दिनेछु, जसरी मैले जितेकाले मेरा पितासित उहाँको सिंहासनमा बस्न पाएको छु।
22
“जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन!
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22