bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Revelation 8
Revelation 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 9 →
1
थुमाले सातौँ मोहर खोल्नुहुँदा आधा घण्टासम्म चकमन्न भयो।
2
त्यसपछि मैले परमेश्वरको अगाडि उभिरहने सात जना स्वर्गदूत देखें। उनीहरूलाई सातवटा तुरही दिइएका थिए।
3
सुनको धुपौरो बोकेको अर्को एक जना स्वर्गदूत आएर वेदीनेर उभिए। परमेश्वरका भक्तजनका प्रार्थनासँग सिंहासन अघिको सुनको वेदीमा चढाउन उनलाई धेरै सुगन्धित धूप दिइएको थियो।
4
परमेश्वरको अगाडि खडा रहेका स्वर्गदूतका हातबाट जलिरहेका धूपको धुवाँ परमेश्वरका भक्तजनहरूका बिन्ती-प्रार्थनाहरूसँग उँभो उठिरहेको थियो।
5
यसपछि ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे र पृथ्वीमा फ्याँकिदिए अनि गड्याङ्-गुडुङको आवाज आयो। बिजुली चम्क्यो र भूइँचालो गयो।
6
त्यसपछि ती सातवटा तुरही हुने सात जना स्वर्गदूत तुरही फुक्न तयार भए।
7
पहिलो स्वर्गदूतले तुरही फुके अनि रगतसित मिसिएको असिना र आगो पृथ्वीमा बर्सियो। यसले गर्दा पृथ्वीको तेस्रो भाग, रूखहरूको तेस्रो भाग र सबै हरिया घाँसको तेस्रो भाग डढ्यो।
8
यसपछि दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आगो लागेको पर्वतजस्तो देखिने केही कुरा समुद्रमा फालियो अनि समुद्रको तेस्रो भाग रगतै भयो।
9
समुद्रको तेस्रो भागका सबै जीवित प्राणीहरू मरे र जहाजहरूको तेस्रो भाग पनि नष्ट भयो।
10
यसपछि तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आकाशबाट राँकोजस्तो जलिरहेको एउटा ठूलो तारा खस्यो। त्योचाहिँ नदीहरूको तेस्रो भाग र पानीको मुहानहरूमा खस्यो।
11
त्यो ताराको नाउँ “तिक्तता” भनियो र त्यसले पानीको तेस्रो भाग सबै तीतो बनायो र त्यो तीतो पानी खाएर धेरै मानिसहरू मरे।
12
त्यसपछि चौथो स्वर्गदूतले आफ्नो तुरही फुके अनि घाम, जून र ताराहरूको तीन भागको एक भागमाथि प्रहार पर्यो र तिनीहरूको एक तिहाइ ज्योति हरायो। यसरी दिन र रातको एक तिहाइ भाग अँध्यारो रहन्थ्यो।
13
त्यसपछि मैले हेरें र आकाशमा उडिरहेको एउटा ठूलो गरुडले यसो भनेको मैले सुनें, “हाय! कस्तो डरको कुरा! किनभने बाँकी रहेका तीन स्वर्गदूतले आफ्ना-आफ्ना तुरही फुकेको आवाज निस्कँदा पृथ्वीमा मानिसहरूलाई कस्तो विपद् आइपर्ने हो?”
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22